२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

होटल पौवाको साँस्कृतिक साँझमा झुमे पाहुना

पोखरा भ्यूज

पोखरा, १८ पुस । मिसन १०० को लक्ष्या लिएर सेवा दिइरहेको होटल पौवा प्रालिले आयोजना गरेको पौवा साँस्कृतिक साँझमा पाहुनाहरु गीतसंगित र नृत्यसँगै रमाएका छन् ।
अंग्रेजी नयाँ वर्षको अवसरमा पुस १६ गते पौवा अन्तर्गतका पोखरा, भैरहवा, भालुवाङ, घोराही र गैडाकोटमा साँस्कृति कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम भएका पाँचै स्थानमा करिब ३० हजार पाहुना सहभागी भएको होटल पौवा प्रालिका प्रमुख सञ्चालन अधिकृत कृष्ण गौतमले जानकारी दिए । दर्शकहरु साँस्कृतिक साँझको मनोरञ्जन लिदै खानाका परिकारसँग रमाएको उनले बताए ।
उनका अनुसार पोखरामा सुरज थापा एण्ड ब्यान्ड, भैरहवामा अस्मिता अधिकारी र महेश काफ्ले, भालुवाङमा रामजी खाँड र सुविन सिंह एण्ड ब्यान्ड, घोराहीमा पशुपति शर्मा र एन्जिला रेग्मी, गैडाकोटमा अभि एण्ड अवसर ब्यान्डले प्रस्तुति दिएको हो । सबै कार्यक्रममा स्थानीय जातजातिका मौलिक नृत्य पनि प्रस्तुत गरिएको उनले बताए ।
सोही अनुसार पोखरामा पनि होटलले साँझ ७ बजेदेखि १२ बजेसम्म बृहत साँस्कृतिक कार्यक्रम गरिएको होटल पौवा पोखराका प्रवन्धक केशव भण्डारी जानकारी दिए । पोखराको कार्यक्रममा गायक सुरज थापा एण्ड ब्याण्डमा गायक थापासँगै रिता केसी, तबला मादल बादक रिसु नेपाली, गितारिस्ट प्रविन श्रेष्ठ र बिजय बज्राचार्यका साथमा बाँसुरी बाधक किरण बरालको प्रस्तुति थियो ।
‘जहाबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मूल नारासहित नेपाली हस्पिटालिटी सहितको सेवा दिने उद्देश्यले देशभर शाखा बिस्तारमा तिब्रता बनाएको होटल पौवाले नेपालीहरुको चाडपर्वमा पनि विशेष कार्यक्रम गर्दै आएको छ । पौवामा तीजको दर खाने देखि मागी, शिवरात्री जस्ता चाडपर्वमा सोही अनुसार कार्यक्रम गर्दै आएको र आगामी वर्ष पनि त्यसलाई निरन्तरता दिइने अधिकृत गौतमले बताए ।
होटल पौवाको अहिले देशभर १७ शाखा रहेको अधिकृत गौतमले जानकारी दिए । होटल पौवाको शाखाहरु कर्णाली प्रदेशको जुम्ला, सुदूरपश्चिमको धनगढी, लुम्बिनी प्रदेशमा दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिंगे, रुपन्देहीको योगीकुटी, भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुंगामा रहेको छ । गण्डकी प्रदेशको पोखरा र नवलपुरमा होटलले शाखा विस्तार गरिसकेको छ । बाग्मती प्रदेशमा काठमाडौंको गौशाला, सिन्धुलीको मुलकोट, चितवनको भरतपुरमा पौवाको शाखा छ । कोशी प्रदेशमा खोटाङको हलेसीमा यसले सेवा विस्तार गरेको छ । छिट्टै बाँकेको नेपालगन्जमा पाँच तारे स्तरको होटल पौवा सञ्चालनको तयारीमा रहेको अधिकृत गौतमले बताए ।
होटल पौवाले नेपाल मै रोजगारी सिर्जना गरी युवा जनशक्ति पलायन रोक्ने लक्ष्य लिएर अघि बढेको अधिकृत गौतमले सुनाए । होटलको अर्को उद्देश्य भनेको रैथाने खाना र नेपाली मौलिक परम्परा जोगाउनु रहेको उनले बताए । सोही अनुरुप होटलले नेपालीहरुले परम्परादेखि मनाउँदै आएको चाडपर्वमा विशेष कार्यक्रम गर्दै आएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…