
पोखरा भ्यूज
धादिङ । लायन्स क्लब अफ पोखरा सिभिकद्वारा लायन्स क्लब अफ धादिङ हाईटलाई चार्टर हस्तान्तरण गरिएको छ ।
शुक्रवार गजुरी–६, धादिंङ त्रिशुली भ्यू रेष्टुरेन्टमा आयोजित कार्यक्रममा प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले चार्टर हस्तान्तरण गरेका हुन् । धादिङमा खोलिएको नयाँक्लब लायन्स क्लब अफ धादिङ हाईटमा सालिकराम तिमिल्सिना संस्थापक अध्यक्ष रहेका छन् भने क्लबमा उनीसहित संस्थापक सदस्य २० जना रहेका छन् ।
क्लबको प्रथम उपाध्यक्षमा रमेश अधिकारी, द्वितीय उपाध्यक्ष निर्मल राना, तृत्तिय उपाध्यक्षमा प्रकाश पोखरेल, सचिव धुर्व खतीवडा, कोषाध्यक्षमा पल्हाज भण्डारी रहेका छन् । त्यस्तै संस्थापक सदस्यमा ईश्वर अधिकारी, लक्ष्मण जमलकट्टेल, राजाराम खतीवडा, दीपक अधिकारी, प्रकाश तिमिल्सिना, मनोहर पण्डित, हर्कबहादुरजागरी, भुपाल श्रेष्ठ र दीपक अर्याल साथै सल्लाहकारमा सरोज खतीवडा रहेका छन् ।

चार्टर ग्रहण पश्चात आफ्नो मन्तव्य राख्दै धादिङ हाईटका संस्थापक अध्यक्ष सालिकराम तिमिल्सिनाले संसारको सबै भन्दा ठुलो सामाजिक संस्थाको सदस्य हुन पाउँदा गौरव महशुष गरेको बताए । उनले हामीले कुनै न कुनै माध्यमबाट सामाजिक सेवाका कार्य गर्दै आएका छौं । तरपनि, संगठित रूपमा सेवाका कार्य गर्दा छुट्टै आनन्द प्राप्त हुने भनाई राखेका थिए ।
सो अवसरमा प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर ढुंगानाले धादिङमा आयोजित अन्तर गाउँपालिका बिधालय स्तरीय कराते प्रतियोगितामा प्रथम द्वितीय र तृत्तिय स्थान प्राप्त गरेका छात्रछात्राहरूलाई बेल्टसहित प्रमाण पत्रले सम्मान गरेका थिए भने यसको संयोजन धादिङ हाईटका संस्थापक प्रथम उपाध्यक्ष रमेश अधिकारीले गरेका थिए ।
चार्टर हस्तान्तरण पश्चात आफ्नो मन्तव्य राख्दै डिष्ट्रिक्ट गभर्नर ढुंगानाले स्थानीय आवश्यकता पहिचानका लागि पनि यही नै क्लब स्थापना हुनु आवश्यक थियो त्यो धादिङ हाईटबाट पूरा हुन पाएकोमा ख़ुशी व्यक्त गरेका थिए । लायन्सले समाजमा शिक्षा, स्वास्थ्य, प्राकृतिक विपद् र मानवकल्याणका क्षेत्रमा पुर्याएको योगदानको बारेमा चर्चा गर्दै गभर्नर ढुंगानाले समाज परिवर्तनको लागि लायन्स क्लबहरुले सामूहिक रुपमा महत्वपूर्ण भुमिका खेलेको बताए । उनले समाजको हित हुने गरी सामाजिक सेवाका क्षेत्रमा कार्य गर्न अनुरोध गर्दै बाहिरबाट आएर गरेका सेवा अल्पकालिन हुने हुदाँ यहाँको आवश्यकता यहिकालाई बढ़ी थाह हुने हुदाँ सेवा दीर्घकालीन हुने भनाई राखेका थिए ।
हामी जन्म लिदा खालि आएका हौं र खालि नै जानेछौं । त्यसैले आफूले कमाएको केही अंश र जीवनको केही समय सामाजिक सेवामा लगाउनु पर्छ, दिने कहिल्यै सकिएर जाँदैन, सामाजिक क्षेत्रमा सहयोग गरी आत्मसन्तुष्टि लिनुर्ने बताउदै उनले सामूहिक रुपमा कार्य गर्दा ठूलो काम पनि सजिलै सम्पन्न गर्न सकिने जनाए ।
गजुरी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष भक्तबहादुर तामाङले लायन्सले समाजमा गरेका गतिबिधि सामाजिक संजालमा देखिने गरेको थियो । स्थानीय लेवलमा गठन भएका कलबसंग वडा साझेदारी गर्न सकिने भनाई राख्दै सेवाका कार्यमा सहकार्य गर्न सकिने बताएका थिए ।
लायन्स क्लब अफ पोखरा सिभिकका अध्यक्ष बिकास कँडेलको अध्यक्षता क्लबका सचिव हरिप्रसाद अधिकारीको संचालन रहेको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट एक्जुकेटिभ युवराज खनाल, जोन चेयरपर्सन सुरेश न्यौपाने, चेम्बर अफ कमर्स धादिङका कोषाध्यक्ष बिनोद भण्डारी, जनआकांक्षा साकोसका अध्यक्ष सिता दवादीलगाएतले आ–आफ्नो भनाई राखेका थिए ।











