२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबरस्वास्थ्य

लाहाचोकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

पोखरा भ्यूज

माछापुछ्रे, कास्की । दर्शन फाउण्डेशन र पोखरा नर्सिङ क्याम्पसको संयुक्त आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं.४ स्थित लाहाचोक स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य सेवाको पहुँच बढाउँदै समुदायमा स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले आयोजित शिविरमा १३० जना बिरामीको परीक्षण गरिएको थियो ।

सो शिविरमा डा. नेहा न्यौपानेले महिलाहरूको पाठेघर सम्बन्धी जाँच गर्नुभएको थियो । जाँचको क्रममा ६५ जनामा महिला प्रजनन अंग संक्रमण पाइएको, भिआइए (भिजुअल इन्स्पेक्सन विथ एसिटिक एसिड) १ जना महिलामा पोजिटिभ देखिएको, २ जना सम्भावित जोखिममा रहेको र आङ खसेको समस्या ३ जनामा पाइएको डा. न्यौपानेले बताउनुभयो ।

महिलाको स्वास्थ्यलाई लक्षित गर्दै गरिएको यो प्रयासले उनीहरूको समस्या पहिचान गरी आवश्यक उपचार र परामर्श प्रदान गरिएको थियो ।

उक्त शिविरमा अन्य स्वास्थ्य समस्या भएका ८० जना बिरामीलाई आवश्यक औषधि  वितरण गरिएको थियो  ।

कार्यक्रमका प्रमुख अतिथि एवं माछापुच्छ्रे« गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले कार्यक्रममा बोल्नुहुदै स्वास्थ्य शिविरले गाउँवासीलाई प्रत्यक्ष रूपमा लाभ र्पुयाउने र स्वास्थ्य सेवाको पहुँचलाई सहज हुने बताउदै “आजको शिविरले देखाएको उत्साहजनक सहभागिताले यस्ता प्रयासलाई निरन्तरता दिन अझ ऊर्जा मिलेको बताउनुभयो र हामी गाउँपालिकाको तर्फबाट यस्ता कार्यक्रमको आयोजनामा सधैं प्रतिबद्ध छौं।”

कार्यक्रममा पोखरा नर्सिङ क्याम्पसकी सामुदायिक विभाग प्रमुख रिता पाठक, माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सिता अधिकारी, माछापुच्छ्रे गाउँपालिका वडा नं.४ का अध्यक्ष मधुसुदन अधिकारी र फाउण्डेशनका सल्लाहकार कृष्णबहादुर क्षेत्रीले बोल्नुभएको थियो ।

दर्शन फाउण्डेशनका अध्यक्ष पितमबहादुर सेनको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन फाउण्डेशनका सचिव मदन मल्लले गरेका थिए भने पोखरा नर्सिङ क्याम्पसका वि.एन. तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी दिपिका धितालले स्वागत मन्तव्य राखेका थिए ।

महिलाहरूको पाठेघर सम्बन्धी स्वास्थ्य परीक्षण र त्यससँग सम्बन्धित समस्याहरूको पहिचान गर्दै समाधानका उपाय प्रदान गर्ने यो शिविरले ग्रामीण क्षेत्रका महिलाहरूलाई स्वस्थ जीवनतर्फ अभिप्रेरित गर्दै भविष्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने आयोजक संस्थाहरुले प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…