२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

क्लबको स्थापना दिवसमा पूर्व अध्यक्षलाई सम्मान

पोखरा भ्यूज

पोखरा । लायन्स क्लब अफ पोखरा पिस टाउनको चार्टर डे(स्थापना दिन)मा पूर्व अध्यक्षलाई सम्मान ग़रिएकोछ । महिला मात्रको क्लब पिस टाउनले बुधवार दियालो रेष्टुरेन्ट, मुस्ताङचोक पोखरामा क्लबको ११औं स्थापना दिवसमा पूर्व अध्यक्षलाई सम्मान गरेको हो ।

क्लबका अध्यक्ष कान्ती अधिकारी पौडेलले क्लबका पूर्व अध्यक्षहरू सिता कोईराला, सरला तिमिल्सिना, शोभा अधिकारी पौडेल र केसी माया नेपाली साथै क्लबका सचिव कल्पना रावत, कोषाध्यक्ष सृष्टी पोखरेल र सदस्य नम्रता लामिछानेलाई दोसल्ला ओढाएर सम्मान गरेकी हुन् । क्लबमा कान्ती ११औं अध्यक्ष हुन् ।

क्लबका अध्यक्ष कान्ती अधिकारी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट एक्जुकेटिभद्वय एवं पिस टाउनको स्पोन्सर क्लब लायन्स क्लब अफ पोखरा पिस सिटीका संस्थापक अध्यक्ष एवं एक्सटेन्सन चेयरपर्सन  सुदीपराज ढुङगाना, पिस सिटीका पूर्व अध्यक्ष एवं क्लबका गाईड़िङ लायन्स टंकराज अधिकारी, क्लस्टर २ का क्लस्टर चिफ भावना बसेल, जोन ५ का जोनचेयर पर्सन दामोदर आचार्यलगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरूले महिला मात्रको क्लब पोखरा पिस टाउन सामाजिक कार्यमा सशक्त क्लबको रुपमा रहेको बताउदै ११ वर्षदेखि निरन्तर रूपमा संस्थालाई दिगो रुपमा राख्न सक्षम रहेकोमा क्लबको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

क्लबका पूर्व अध्यक्ष शोभा अधिकारी पौडेलको संचालन रहेको कार्यक्रममा पूर्व अध्यक्षहरू सिता कोईराला, सरला तिमिल्सिना, निवर्तमान अध्यक्ष एवं क्लबका जोन चेयरपर्सन केसीमाया नेपालीले
क्लबले स्थापना कालदेख़ि समाजमा गर्दै आएको सेवाका कार्यका बारेमा चर्चा गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…