लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको डिष्ट्रिक्ट गभर्नरमा पाण्डेको उम्मेदवारी दर्ता

पोखरा भ्यूज
पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले लायन बर्ष २०२५/२६ का लागि डिष्ट्रिक्ट गभर्नर पदको उम्मेदवारमा आफ्नो मनोनयन दर्ता गराएकी छन् ।
आगामी फागुन २४ गते पोखरा सभागृह हुने डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो डिष्ट्रिक्ट कन्भेन्सनका लागि लायन्स क्लब अफ काठमांडौ परोपकारका संस्थापक अध्यक्ष समेत रहेकी पाण्डेले डिष्ट्रिक्ट गभर्नर पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेकी हुन् ।
पोखरामा सुक्रवार सम्पन्न मनोनयन दर्ता कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका उम्मेदवार मनोनयन समितिका संयोजक एवं डिष्ट्रिक्ट ३२५ आई नेपालका संस्थापक डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल समक्ष उनले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनिसँगै प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पदमा हालका द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर लायन्स क्लब अफ काठमांडौं साकुराका संस्थापक प्रथम उपाध्यक्ष सूर्य केसी र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदमा हालका चिफ डिष्ट्रिक्ट एडभाईजर लायन्स क्लब अफ लेखनाथका संस्थापक सदस्य शैलेन्द्र मोहन भट्टराईले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

मनोनयन गराएका उम्मेदवारहरू डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेको परिचय लायन्स क्लब अफ काठमांडौका परोपकारका पूर्व अध्यक्ष सुवाष चन्द्र जोशी, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार सूर्य केसीको परिचय लायन्स क्लब अफ काठमांडौ साकुराका पूर्व अध्यक्ष राज कुमार थापा क्षेत्री र द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार शैलेन्द्र मोहन भट्टराईको परिचय लायन्स क्लब अफ लेखनाथका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले गराएका थिए ।

पाण्डे भाइस डिष्ट्रिक्ट गभर्नर हुँदा होस् अथवा अन्य जिम्मेवारीमा रहँदा होस् उनले लायन्स मार्फत सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएकी छन् । लायनवादमा विगत १३ वर्षदेख़ि अनवरत रूपमा सक्रिय रहदै डिष्ट्रिक्टका विभिन्न पदमा रहेर सफलताका साथ आफ़ना ज़िम्मेवारी सम्हाल्दै आउँनु भएकी पाण्डेलाई डिष्ट्रिक्ट ३२५ आई नेपालको भाईस डिष्ट्रिक्ट गभर्नर पदमा लायन्स क्लब अफ काठमांडौं परोपकारले दुई बर्षअघि प्रस्तुत गरेको थियो ।
कुनै पनि कार्य सम्पादनमा उनमा रहेको योजनाबद्वता, स्पष्टवादिता, पारदर्शिता, लगनशीलता, विषयगतको ज्ञान एवं क्षमता र दृढ़संकल्पले डिष्ट्रिक्टलाई आशातित उचाईमा पुर्रयाउन सक्ने क्षमता रहेको पाण्डेको होम क्लब लायन्स क्लब अफ काठमांडौं परोपकारका अध्यक्ष नवराज पाण्डेको दावी छ ।
पाण्डेले विभिन्न सामाजिक संघ संस्थामा कुशल नेतृत्व प्रदान गरिसक्नुभएको छ । पाण्डे लायन्स डिष्ट्रिक्टको महत्वपूर्ण पदमा रही सेवा, सक्रियता र योगदानका हिसाबले पनि एउटा छुट्टै पहिचान र अस्तित्व बनाउनु भएकी उनि लायन्सका विभिन्न तालिम तथा सेमीनारमा सहभागी भई लायनवादको मुल्य र मान्यतामा समर्पित रही एक सफल समाजसेवीका रूपमा चिनिन्छिन् । लायन्सको हरेक सदस्यहरु माझ भिजेर काम गरेकी उनि लायन्स सदस्यहरुको मन र विश्वास जित्नेमा आफु ढुक्क रहेको बताउँछिन् ।
लायन्स अन्तर्राष्ट्रियका एलसीआईएफ एरिया लिडर राजन लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न मनोनयन दर्ता कार्यक्रममा लायन वर्ष २०२५/२६ लागि उम्मेदवारी दर्ता गराउनु भएका उम्मेदवारहरुलाई प्रमुख अतिथि लम्सालसहित डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगाना, मल्टिपल को–अर्डिनेटर एवं पूर्वमल्टीपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका, निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, डिष्ट्रिक्ट एल का निवर्तमान डिष्ट्रिक्ट गभर्नर परमेश्वर बराल, पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल लगाएतले माला लगाई सम्मान गर्दै बधाई सहित सफलताको शुभकामना दिएका थिए ।

नोमिनेशन कमिटी चेयरपर्सन एवं पूर्व डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलको अध्यक्षतामा सम्पन्न उम्मेदवारी दर्ता कार्यक्रममा क्याविनेट अफ़िसरको तर्फबाट डिष्ट्रिक्ट को–चिफ एडभाईजर शान्ता थापा भण्डारी, लायन्स क्लब अफ काठमांडौं परोपकारका पूर्व अध्यक्ष तुलसा गौतम, लायन्स क्लब अफ पोखरा अर्घौका अध्यक्ष प्रकाशलाल श्रेष्ठ लगाएतले आ–आफ्नो भनाई राखेका थिए ।
डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट क्लस्टर को–चिफ रामबहादुर श्रेष्ठले कार्यक्रमको सहजीकरण गरेका थिए भने उपस्थित सम्पूर्णलाई काठमांडौं परोपकारका अध्यक्ष नवराज पाण्डेले स्वागत साथै लायन्स क्लब अफ लेखनाथका पूर्व अध्यक्ष हरि लामिछाने धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा डिष्ट्रिक्टका सिनियर लिडरसहित क्लबका प्रेसिडेन्ट, सेक्रेटरी, ट्रेजर, लियो क्लबका पदाधिकारीलगायत लायन्स क्लबका अन्य सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
मनोनयन दर्ता पश्चात मन्तव्य राख्दै लायन बर्ष २०२५/२६ का डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले आफ्नो कार्यकालमा सर्भिसलाई प्राथमिकतामा राखि कार्यसम्पादन गरिने उल्लेख गरिन् भने प्रथम र द्वित्तिय भाईस गभर्नरद्वय केसी र भट्टराईले डिष्ट्रिक्ट गभर्नरले ल्याएका कार्यक्रम संगठित तरिकाले उत्कृष्ट बनाउन मुख्य भूमिका खेल्ने बताए ।










