
पोखरा भ्यूज
पोखरा । पोखरास्थित लायन्स क्लबहरूले शनिवार एक कार्यक्रमका बीच लायन्स फलोसिप तथा बनभोज कार्यक्रम–२०८१ सम्पन्न गरेका छन् ।
सामाजिक सेवाका कार्यमा क्रियासिल लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल क्लस्टर दुई अन्तर्गत रिजन ३ र ४ जोन ५–८ सम्मका १९ वटा क्लबको संयुक्त आयोजनामा शनिवार पोखरा–१७, महतगौंडास्थित फिस्टेल ड्रिम पार्कमा बनभोज कार्यक्रम सम्पन्न गरेको हो ।
क्लस्टर दुईका क्लस्टर प्रमुख भावना बसेलको अध्यक्षता डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन मन बहादुर रोका, डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम र द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नरद्वय पार्वती खरेल पाण्डे, सूर्य कुमार केसी, पूर्व डिष्ट्रिक्ट गभर्नरद्वय रामबहादुर बसेल, इन्दु लम्साल, डिष्ट्रिक्टका सिनियर लिडर, १९ वटै क्लबका सदस्यहरूको उपस्थिति रहेको थियो ।
डिष्ट्रिक्ट गर्भनर विनोद ढुंगानालाई सम्मान

कार्यक्रम कै अवसरमा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल लायन्स अन्तर्राष्ट्रिय अन्तर्गत रहेका विश्व भरिका डिष्ट्रिक्ट मध्ये डिष्ट्रिक्ट आई लाई सर्वोत्कृष्ट स्थानमा पुऱ्याई भारतको हैदरावादमा सम्पन्न इसामे फोरममा डि.जी. एक्सिलेण्ट अवार्डबाट सम्मानित भई नेपालका सम्पूर्ण क्लव तथा समस्त लायन्सहरुलाई गौरार्वान्वित तुल्याएकोमा डिष्ट्रिक्ट गर्भनर विनोद ढुंगानालाई बधाई एवम् उत्तरोतर प्रगतिको शुभकामना सहित सम्मान–पत्रबाट सम्मान गरिएको थियो ।
सम्मान ग्रहण पश्चात बोल्दै प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर ढुंगानाले क्लस्टर २ र यस अन्तर्गतका क्लब अति सक्रिय रहेको बताए ।ढुंगानाले फेलोशिप एवं बनभोज कार्यक्रमले पुरानो संस्कृतिलाई जगेर्ना गर्ने बताउदै यस्ता कार्यक्रमले आपसी सद्भाव एवं भाईचाराको सम्बन्ध प्रगाढ़ बन्ने भनाई राखेका थिए ।
प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले फेलोशिपका कार्यक्रम एक आपस बीच आत्मीयता अभिबृदी हुने हुदाँ यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिदैं कार्यक्रमको पूर्ण सफलताको कामना ब्यक्त गरेकी थिईन् ।
जोन ५ का जोन चेयर पर्सन दामोदर आचार्यको संचालन रहेको कार्यक्रममा क्लस्टर २ का क्लस्टर को–चिफ शुशील पौडेलले उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य राखेका थिए ।
क्लस्टर अन्तर्गत रिजन ३ र ४ मा रिजन चेयरपर्सन ज्ञान बहादुर राना र जिवन प्रकाश श्रेष्ठ रहेका छन् भने २ वटा रिजनमा जोन ५–८ सम्मका जोन चेयरपर्सनहरू क्रमशः दामोदर आचार्य, केसी माया नेपाली, विपिन सुवेदी र सिता पौडेल रहेका छन् । त्यस्तै क्लबहरूमा पोखरा आदर्श चौतारी, समर्पित, गृहलक्ष्मी, पुष्प बाटिका, पिसटाउन, पेन्गुईन, महालक्ष्मी, आँधीखोला, गुडविल, तालवाराही, पिपल चौतारी, कोरिया रिटर्नी, साधना, फ़र्निसिंग, प्रोफेशनल, ढुगेसाँघु, हवाईट हाउस, महाशिला र पोखरा स्मार्ट गरी १९ वटा क्लब रहेको क्लस्टर दुईका क्लस्टरचिफ भावना बसेलले बताईन् ।
फलोसिप तथा बनभोज कार्यक्रमलाई मनोरंजनात्मक बनाउन ग्रुप डान्स, म्यूज़िकल चेयर, घैटो फुटाउने, बलपास लगाएत खेल खेलाईएको जोन चेयरपर्सन दामोदर आचार्यले जानकारी गराए ।












