२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

विन्ध्यवासिनी माविको ७८औं वार्षिकोत्सव सम्पन्न

पोखरा भ्यूज
पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको ७८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष एवं संस्थापक विद्यार्थी  ईन्द्र   वहादुर बानियाँले विद्यालयको शैक्षिक सफलतामा सबैको भुमिका महत्वपुर्ण रहेको बताउदै, यसको गरिमालाई थप उच्च बनाउन आग्रह गर्नुभयो। कार्यक्रममा उत्कृष्ट बर्ष शिक्षकका रूपमा शारदा शर्मा बराल, अनिता कोईराला,निरू भण्डारी,सिमा थापा, एच ओ डि ईन्चार्ज तर्फ खेमराज पौडेल, विशेष योगदान तर्फ निर्मल भण्डारी र कर्मचारी तर्फ महेन्द्र गुफाका सुरक्षा गार्ड राजु बहादुर सार्की, विद्यालय कर्मचारी  विष्णुमाया घले सम्मानित भए । त्यस्तै २५ बर्ष दिर्घ सेवाबाट सह प्रधानाध्यापक रामबहादुर बानियाँ र ईन्दु भट्टराई, १० बर्ष सेवा सम्मानबाट पुनम शर्मा, शारदा बराल र पुनम आचार्य सम्मानित भए।
विद्यालयले उत्कृष्ट अभिभावकको रूपमा चनमाया राना, उत्कृष्ट वर्ष मनिटर लिमन राई र सुदिक्षा थापा, उत्कृष्ट बर्ष विद्यार्थीको रूपमा गणेश शर्मा सम्मानित भए। उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि ईन्द्र वहादुर बानियाँ, वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, वडा सदस्य राजकुमारी बानियाँ, विद्यालयका पुर्व अध्यक्ष चन्द्रा अधिकारी थापा, नरनाथ भट्टराई, प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले नगद , सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरे। कार्यक्रमको अवसरमा कक्षा ८ महानगर स्तरीय परीक्षामा ४ जिपिए ल्याउने र एस इ इ परीक्षामा ३.६ देखि ४ जिपिए ल्याउन सफल  विद्यार्थी र विषयगत शिक्षकहरू सुशील देवकोटा सहितका शिक्षकलाई  सम्मान गरिएको छ।
त्यस्तै तोयानाथ श्याम तारा उत्कृष्ट शिक्षक सम्मान राम वहादुर बानियाँ र ईन्दु भट्टराईलाई प्रदान गरिएको विद्यालयले जनाएको छ। विद्यालय व्यवस्थापन समितिका सदस्य ईन्द्र प्रसाद सुवेदीको अध्यक्षता भएको कार्यक्रममा पुर्व मन्त्री कुमार खड्का, प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख गोविन्द प्रसाद पोख्रेल, वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, शिक्षक अभिभावक संघका अध्यक्ष भीम प्रसाद पौडेल, पुर्व अध्यक्ष चन्द्रा अधिकारी थापा, विद्यार्थी सदिक्षा अधिकारी    लगायतले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए । विद्यालयका प्रअ आचार्यले बार्षिक प्रतिवेदन पेस गर्नुभएको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक रामबहादुर बानियाँले गर्नुभएको थियो।
विभिन्न छात्रवृत्ति वितरण गरिएको   कार्यक्रममा विद्यार्थीले तामाङ सेलो, सखिया नाच, कौडा नृत्य, मारूनी, टप्पा नृत्य सहित झ्याउरे र भुमे नाच प्रस्तुत गरेका थिए।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…