२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

नवआदर्श सामुदायिक विकास समाजको अध्यक्षमा दिनेश भण्डारी

पोखरा भ्यूज

पोखरा । नवआदर्श सामुदायिक विकास समाज पोखराको अध्यक्षमा दिनेश भण्डारी निर्वाचित भएका छन् ।

संस्थाको शनिबार २८औँ साधारणसभा तथा १५औं अधिवेशनले भण्डारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

संस्थाको प्रथम उपाध्यक्षमा अर्जुन भण्डारी, द्वितीय उपाध्यक्षमा हरिबहादुर थापा, सचिवमा शोभा बानिया, कोषाध्यक्ष विष्णुमाया बानिया, सहसचिव राजकुमार पौडेल र सहकोषाध्यक्ष निर्मल पौडेल छन् ।

यस्तै कार्यसमिति सदस्यमा निराजन बस्नेत, प्रकाश थापा, गीता भण्डारी र लक्ष्मी छन्त्याल चयन भए ।

विष्णुप्रसाद शर्मा निर्वाचन अधिकृत रहेको निर्वाचन समिति सदस्यमा होमबहादुर बानियाँ र रामचन्द्र आचार्य सदस्य थिए ।

अधिवेशन उद्घाटन गर्दै पोखरा-१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले नवआदर्श सामुदायिक विकास समाजले सामाजिक क्षेत्रमा गरेको योगदान उदाहरणीय रहेको बताए ।

यस्तै, पोखरा-१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, संस्थाका मानार्थ सदस्य बाबुराम आचार्य, पूर्वअध्यक्ष रेश्मा अधिकारीलगायतले बोलेका थिए ।

सो अवसरमा तीज महोत्सव संरक्षण कोषका दातालाई सम्मान गरिएको संयोजक नवीन भण्डारीले बताए ।

संस्थाका अध्यक्ष स्वागतमान सिंह भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष दिनेश भण्डारी र संचालन सचिव हरिबहादुर थापाले गरेका थिए ।

पोखरा लामाचौरस्थित नवआदर्श सामुदायिकले बर्सेनि तीज महोत्सवलगायत विविध कार्यक्रम गर्दै आएको छ ।

संस्थाले एम्बुलेन्स, शवबाहनसमेत संचालन गरेको छ । गोस्तेघाट खेल मैदान बनाएको संस्थाले खेलकुद, शिक्षा, स्वास्थ्य, लोक तथा कलासंस्कृति जगेर्नालगायत क्षेत्रमा कार्य गर्दै आएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…