२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा बास्तोला

पोखरा भ्यूज

पोखरा । जिल्ला सहकारी संघ लिमिटेड कास्कीको अध्यक्षमा दिपकराज बास्तोला निर्वाचित भएका छन् ।संस्थाको शनिबार सम्पन्न ५१औँ साधारणसभाले बास्तोलालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा छविलाल लामिछाने, महिला उपाध्यक्षमा अम्बिका गौतम आचार्य, महासचिवमादीपक प्रकाश आचार्य, कोषाध्यक्षमा भोजराज घिमिरे छन् ।

यस्तै राष्ट्रिय प्रतिनिधि सदस्यमा विना लोहनी, सञ्चालक सदस्यमा आनन्द सुवेदी, धनराज पुरी, विमलाकुमारीथापा बस्नेत, मैनादेवी रावत, चन्द्रावती गैह्रे, सविना अधिकारी क्षेत्री, ईश्वरीप्रसाद लम्साल छन् ।

यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा रुद्रनाथ पौडेल, सदस्यमा शुष्मा पहारी, नारायण बजगाइँ छन् ।ईश्वरी ढकाल संयोजक रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।

यसअघि कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश सहकारी रजिष्ट्रार भेषराज रिजालले सहकारी संघले उत्कृष्टकाम गरेको बताए ।
उनले सहकारी सिद्धान्त, मूल्य मान्यता तथा ऐन नियमको परिधिभित्र रहेर सञ्चालन गरेमा कुनै समस्या नआउनेजिकिर गरे ।

कार्यक्रममा नेफ्स्कुनका सञ्चालक कमलादेवी गिरी, पोखरा महानगर सहकारी समितिका संयोजक रविरमणतिवारी, अधिवक्ता युवराज पराजुलीले पनि बोलेका थिए ।

कार्यक्रममा सहकारीका ११ जना ज्येष्ठ अध्यक्ष, पिपलबोट दुग्ध उत्पादक सहकारी संस्था, पत्रकार हरि पन्त, उत्कृष्ट कर्मचारी गुरुप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष सावित्रा कोइराला, कोषाध्यक्ष नवराज बराल र लेखासुपरिवेक्षण समितिका धर्मराज गुरुङले आआफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अध्यक्ष कोइरालाको अध्यक्षतामा भइको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष छविलाल लामिछानेले स्वागत, उपाध्यक्षअम्बिका गौतम आचार्यले सहकारीका सिद्धान्त वाचन, महासचिव दिपकराज बास्तोलाले सञ्चालन गरेका थिए ।

पोखरा–७ सहिदचोकस्थित संघमा हाल चार सय २४ सहकारी संघ र संस्था आवद्ध छन् ।

संघले दुग्ध सहकारीमार्फत दैनिक रुपमा संकलित करिब चार हजार लिटर दूध खरिद गरी प्रशोधन गरेर प्याकेटदूध, दही, नौनी, पनिर, खुवा र आइसक्रिम उत्पादन गरेर बजारमा बिक्री गर्दै आएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…