२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
अर्थ र वाणिज्यखबर

माघ १० गतेदेखि ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला हुने

पोखरा भ्यूज

पोखरा, १ माघ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले यही माघ १० गतेदेखि सुरु हुने ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रथम आइटी महोत्सवलाई विशुद्ध रुपले प्रवद्र्धनात्मक हुने बताएका छन् ।
मेलाको तयारीको क्रममा मंगलबार आयोजना गरिएको बस्तुगत संघ/संस्थाका प्रतिनिधिहरुसँगको बैठकमा उनले मेला उद्यमशिलता विकासको उद्देश्यले आयोजना गरिएको र त्यसमा व्यापारभन्दा पनि प्रवद्र्धन र नयाँ सम्भावनाका खोजीमात्र गरिने जिकिर गरेका हुन् ।
‘संघले नेपालमै पहिलोपटक मेला आयोजना गर्दा जे उद्देश्य बोकेको थियो, अहिले हामी त्यही बिन्दुबाट अगाडि बढ्ने जमर्को गर्दैछौँ,’उनले भने,‘मेलामा सूचना प्रवधि,महिला उद्यमी र उद्योगहरुका उत्पादन प्रदर्शनी हुनेछ,’उनले भने,‘मेला सिक्ने ठाउँ हो,मनोरञ्जन पनि चाहिएला तर अब हामी मनोरञ्जनात्मक गतिविधि कम र प्रवद्र्धनात्मक कार्यक्रम बढी गर्नेछौँ ।’
उनका अनुसार मेला सम्पन्न गर्न ५ सय १ सदस्यीय मूल आयोजक र २७ वटा उपसमितिसहित कार्यसम्पादन समिति गठन भइसकेको छ । समग्र नेपालका औद्योगिक,हस्तकला तथा खाद्य परिकारहरुको प्रदर्शनका निम्ति आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले गण्डकीसहित सातवटै प्रदेश सरकारसँग समन्वय गरिरहेको छ ।
‘मेलामा गण्डकीसहित सातवटै प्रदेशका सरकारसँग त्यहाँका उत्पादनहरु प्रदर्शनको व्यवस्थाका लागि अनुरोध गरेका छौँ,’उनले भने,‘सांस्कृतिक समूह पनि हरेक प्रदेशबाट आउँदै हुनुहुन्छ । हाम्रँे मेला पूर्व मेचीदेखि पश्चिम महाकालीका उत्पादन, संस्कृति र खानाको त्रिवेणी हुनेछ ।’
आइटी महोत्सवअन्तर्गत सूचना प्रविधि क्षेत्रका पछिल्ला उत्पादन एवं त्यससँग सम्बन्धित नयाँ जानकारीहरु पस्कने व्यवस्था मिलाइएको पनि उनले बताए ।
बैठकमा बोल्दै संघका वाणिज्य उपाध्यक्ष बलराम आचार्यले उद्घाटनको दिन नजिकिँदै गर्दा आन्तरिक तयारी तीव्र पारिएको बताए । संघका महासचिव शोभा गौतमका अनुसार मेलामा कम्प्यूटर एसोसियसन पोखरा, मोवाइल बितरक संघ एवं पोखरा औद्योगिक क्षेत्र उद्योग संघसँगको सहकार्यमा हुन लागेको मेलालाई सिर्जनशिलतासँग जोड्नका लागि विशेष पहल गरिएको छ ।
बैठकमा सहभागी बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरुले संघको आयोजनामा हुने मेलालाई हर तरहले सघाउने प्रतिवद्धता जनाएका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…