13Shares

पोखरा,१८ माघ । सामाजिक सेवामा समर्पित माझठाना–पोखरा सम्पर्क समाजले बृहत स्वास्थ्य शिविरको आयोजना गरेको छ । पोखरा-२८, रैकरस्थित रत्नशोभा माविमा आयोजित शिविरमा ८५१ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।
शिविरमा विभिन्न रोगका विशेषज्ञहरुबाट आँखा, पेट, छाती तथा मुटु, हाडजोर्नी तथा नशा रोग, क्षेयरोज, दाँत, स्त्रीरोग, मानसिक रोगको परिक्षण गर्नुका साथै एक लाख ८० हजार मुल्य बरावरावरको औषधि निशुल्क वितरण गरिएको थियो ।
सो अवसरमा बरिष्ठ पेट छाती तथा मुटु रोग विशेषज्ञ डा. चन्द्र बहादुर पुन, बरिष्ठ मानसिक रोग विशेषज्ञ प्रा.डा.निर्मल लामिछाने, बालरोग विशेषज्ञ डा. गणेश विक, भिडियो एक्स रे डा. पुजन शर्मा लगायतले विरामीको स्वास्थ्य परिक्षण गर्नुभएको थियो । शिविरमा रक्तचाप, सुगर र पि.एफ.टी समेत परिक्षण गरिएको थियो ।
हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा दुई सय ६९ जनाको आँखा परिक्षण गरिएकोमा २८ जनामा मोतिया विन्दु देखिएको थियो । जसमा आठ जनाको तत्काल शल्यकृया गर्नुपर्ने देखिएको समाजका अध्यक्ष भोलानाथ ओझाले जानकारी दिए ।
उनका अनुसार शिविरमा पेट,छाती तथा मुटुका दुईसय ५५, हाडजोर्नी तथा नशारोगका १०५, दाँतका ११०, क्षयरोग ९१, स्त्रीरोग सम्वन्धि १७ र मानसिक रोगका चार जनाले स्वास्थ्य सेवा लिएका थिए ।
समाजका उपाध्यक्ष एवम् प्रचारप्रसार समिति संयोजक रामकृष्ण तिवारीका अनुसार शिविरमा आठजना मोतिया विन्दुका विरामीको तत्कालन शल्यकृया गर्नुपर्ने देखिएको छ । आर्थिक अवस्था कमजोर भएका उनीहरुको शल्यकृयाको लागि हिमालय आँखा अस्पतालसंग समन्वय गरिने उनको भनाई छ ।
पोखरा महानगरपालिका वडा नं. २८ का वडाअध्यक्ष एवम् समाजका संस्थापक श्रीकृष्ण लामिछानेले स्थानीय स्तरमा स्वास्थ्यको पहुँच पुर्‍याउन शिविरले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।
“विभिन्न रोगको परिक्षणका लागि आवश्यक उपकरण सहित १० जना चिकित्सकले सेवा दिनु भनेको शिविरले अस्पतालको झल्को दिएको छ” उनले भने, “सामाजिक क्षेत्रमा गरिने प्रत्येक कृयाकलापमा वडाकोतर्पmबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।”
कायक्रममा वरिष्ठ मानसिक रोग विशेषज्ञ प्रा.डा.निर्मल लामिछाने र सचिव नरेश तिवारीले विभिन्न अस्पताल र चिकित्सकहरुले पुर्‍याएको योगदानको उच्च कदर गर्दै समाजले शिविरको आयोजना गरेर सामाजिक उत्तरदायित्व पुरा गरेको स्पष्ट पारे ।

13Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected