२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

गुफा पर्यटकीय विकास समितिको संयोजकमा महेन्द्र

पोखरा । महेन्द्र गुफा, चमेरे गुफा पर्यटकीय विकास समितिको संयोजकमा महेन्द्र खड्का चयन भएका छन् ।
पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको संरक्षण, व्यवस्थापन एवं स्वामित्वमा संचालित महेन्द्र तथा चमेरे गुफाको वृहत्तर विकास गर्ने हेतुले विद्यालयको मातहतमा रहने गरी गठित समितिमा खड्कालाई संयोजक चयन गरिएको हो ।
समितिमा निवर्तमान संयोजक ईन्द्र प्रसाद सुवेदी, सदस्यमा भरत वहादुर वस्नेत, प्रेम तिमिल्सीना, ओममाया नेपाली, एकराज नेपाली, विनोद पौडेल, मनकला नेपाली, विजय सापकोटा, पदेन सदस्यमा पुर्व संयोजक गुरुदत्त भट्टराई, गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्था र सदस्य सचिवमा शिशिर पौडेल रहेका छन् ।
समितिको सल्लाहकारमा पुर्व संयोजक सुवासवावु अधिकारी, गोविन्द वहादुर वस्नेत , यदुनाथ बञ्जरा, समाजसेवी पुष्पराज अधिकारी, केशव वहादुर वस्नेत र प्राविधीक सल्लाहकारमा ईन्जिनीयर भुवन वहादुर थापा चयन भएका हुन् ।
नवनियुक्त संयोजक खड्कालाई विहीवार महेन्द्र गुफा चमेरे गुफा सचिवालयमा स्वागत समेत गरिएको छ । संयोजक खड्का र विन्ध्यवासिनी माविका अध्यक्ष सन्दीप थापालाई समितिका सल्लाहकार पुष्पराज अधिकारीले खादा लगाएर सम्मान सहित स्वागत गरे ।
कार्यक्रममा संयोजक खड्काले सवै पक्षको सहकार्यवाट गुफा क्षेत्रको वृहतर विकासमा समिति क्रियाशील रहने वताए । उनले गुफाका कारण यस क्षेत्रको शैक्षिक, भौतिक र पर्यटकीय विकासमा ठुलो सहयोग पुगेको बताउँदै, यसको थप सौन्दर्यकरणमा ध्यान केन्द्रित गर्ने स्पष्ट पारे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाले गुफा जोगाउन र यसको संरक्षण गर्न सके मात्र यहाँको विकास र पर्यटकीय संभावना बढ्ने बताउँदै, यसको विकासमा कुनै कसर वाँकी नराख्ने जनाए । सहभागी सदस्य एवं सल्लाहकारले विद्यालयसँग समवन्य गर्दै अगाडी बढ्दा विद्यालय र गुफा क्षेत्र दुवैको हित हुनेमा जोड दिए ।
समितिले दुवै गुफाको प्रचार प्रसारका लागी आवश्यक तयारी गर्न सदस्य एकराज नेपालीलाई जिम्मा दिने निर्णय समेत गरेको छ । सो अवसरमा समितिले परिचयका आधारमा पोखरा १६ का वासिन्दालाई निशुल्क प्रवेशको व्यवस्था गर्ने जनाएको छ ।
समितिले आन्तरिक कार्यलाई व्यवस्थित गर्दै थप पर्यटकमैत्री वातावरण निर्माण गर्न आवश्यक योजना निर्माण गर्ने तयारी गरेको जनाईएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…