पोखरा । पोखरा–२१, निर्मल पोखरीस्थित जनचेतन माबिमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शुक्रवार लायन्स क्लब अफ पोखरा अभियानको आयोजना हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा २०० जनामा निःशुल्क आँखाको परीक्षण गरिएको क्लबका अध्यक्ष दिनेश भण्डारीले जानकारी दिए।
शिविरमा आँखा परीक्षण गराउनेलाई निःशुल्क चश्मा र औषधीको व्यवस्था मिलाइएको क्लबका निवर्तमान अध्यक्ष एवं जोन चेयरपर्सन मात्रिका पोखरेलले जानकारी दिए ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एवं लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट को–अर्डिनेटर प्रेम दाहाल, क्लस्टर तीनका क्लस्टर चिफ बिष्णु श्रेष्ठ, क्लबका पदाधिकारी एवं सदस्यलगायतको उपस्थिति रहेको थियो ।



कार्यक्रममा बोल्ने वक्ताहरूले राज्यले स्वास्थ्यमा नागरिकको पहुँच बढाउन भूमिका खेल्नुपर्नेमा जोड दिए ।लायन्स क्लब अफ पोखरा अभियानले सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आएको छ ।





