22Shares

पोखरा लायन्स क्लब अफ पोखरा अभियानले शनिवार पोखरा१७, महतगौडास्थित फिस्टेल ड्रिम पार्कमा वनभोज कार्यक्रम सम्पन्न गरेको

क्लबका अध्यक्ष दिनेश भण्डारीको अध्यक्षतामा क्लबका संस्थापक अध्यक्ष एवं लायन्स डिष्ट्रिक्ट ३२५ आईनेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाको प्रमुख अतितथ्यमा सम्पन्न उक्त कार्यक्रममा अभियानद्वारा स्पोन्सर क्लब सामाजिक अभियानको चार्टर हस्तान्तरण गरिएको थियो । सामाजिक अभियानमा संस्थापक अध्यक्ष भवानी अर्याल रहेका छन् ।

कार्यक्रममा विभिन्न खेलहरु म्युजिकल चेयर, हाँडी फुडाउने, खुला नृत्य, तातो आलु, घैटो फ़ुटाउने, कपलडान्स जस्ता खेलको आयोजना गरिएको थियो सो खेलमा प्रथम, दोस्रो तेस्रो हुनेलाई डिष्ट्रिक्ट गभर्नर ढुंगानाले सम्मान सहित पुरस्कार वितरण गरेका थिए

बनभोज कार्यक्रमका खेल संयोजक बुद्व कार्कीका अनुसार कपल डान्स बिनोदराज आचार्य/पद्मा आचार्यको जोड़ी, एकल डान्स सुमित्रा दाहाल, म्युजिकल चियर प्रमिसा दाहाल, घैटो फुटाईमा प्रशंसा दाहाल र कल्पना भण्डारी बिजेता बन्न सफल भएका थिए । कार्यक्रममा उपस्थितले नाचगाँन गरेर कार्यक्रमलाई भव्य तथा सभ्य रुपमा समापन गरेका थिए ।

सो अवसरमा बोल्दै डिष्ट्रिक्ट गभर्नर ढुंगानाले हिजोको खेतको गह्रामा बसेर कराई खाने परम्परालाई विकसित रूप दिदैं बनभोज नामकरण गरिएको प्रसंग निकाल्दै यस्ता खालका कार्यक्रमले संस्कृतिको जगेर्ना समेत गर्ने बताए । उनले भने, ‘बनभोजका कार्यक्रमले आत्मीयता बढ़ाउछ, परिवारिक सम्बन्ध बढ़ाउछ, जस्ले गर्दा समाजमा सेवाका कार्य गर्न सघाउँछ र संस्कृतिलाई पनि बढ़वा दिन्छ

सचिव बलबहादुर केसीको संचालन रहेको कार्यक्रममा क्याविनेट सेक्रेटरी अमृत प्रसाद तिवारी, चिफ डिष्ट्रिक्ट एडभाईजर एवं द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार शैलेन्द्र मोहन भट्टराईले शुभकामना मन्तव्य राखेका थिए

क्लबका प्रथम उपाध्याक्ष बिनोदराज आचार्यको स्वागत मन्तव्य रहेको कार्यक्रम क्लबका अध्यक्ष दिनेश भण्डारीले धन्यवादसहित औंपचारिक कार्यक्रमको समापन गरेका थिए भने कार्यक्रमको संयोजन दिपेश रानाभाटले गरेका थिए

22Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected