132Shares
पोखरा । लियो जिल्ला परिषद ३२५ आई, नेपालको तेस्रो जिल्ला अधिवेशन शनिबार पोखरामा सम्पन्न भएको छ । अधिवेशनले वर्ष २०२५/२६ का लागि अभिषेक सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
जसको उपाध्यक्षमा आमोद नेपाल, सचिवमा उत्सव ढुङगाना र कोषाध्यक्षमा विश्व पौडेल चयन भएका छन् ।

अध्यक्षमा निर्वाचित भएपछि आफ्नो संक्षिप्त मन्तव्य राख्दै सुवेदीले आफ्नो कार्यकालको थिम युथ पावरिंग चेन्ज (शक्ति परिवर्तनका लागि युवा) सार्वजनिक गर्दै लायन्स क्लबसँग सहकार्य र समन्वय गर्दै समाजमा रचनात्मक कार्य गर्ने प्रतिबद्वता व्यक्त गरेका थिए भने उपाध्यक्ष आमोद नेपालले अध्यक्षले ल्याएका कार्यक्रमलाई सफल बनाउन पूर्ण समय खर्चिने बताएका थिए ।




132Shares




© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।