२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

नेपाली काँग्रेस केन्द्रीय प्रचार बिभागको प्रदेश स्तरीय कार्यक्रम चैत २ गते पोखरामा हुने

पोखरा । नेपाली काँग्रेस केन्द्रीय सूचना, संचार तथा प्रचार बिभागको आयोजनामा चैत २ गते शनिबार पोखरामा हुने कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय नेताहरु सहित प्रदेश अन्तर्गतका जिल्लाका नेताहरुको सहभागिता रहने भएको छ । कांग्रेसको केन्द्रीय प्रचार विभागले मुलुकका सातवटा प्रदेशमा राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान भन्ने नारा सहित प्रदेश स्तरीय कार्यक्रम आयोजना गर्ने क्रममा गण्डकी प्रदेश स्तरीय कार्यक्रम शनिबार पोखरामा हुने भएको हो ।

पोखराको महेन्द्रपुल, बांस्तोलाथरस्थित पोखरा पार्टी प्यालेसमा बिहान साढे एघार बजेबाट हुने कार्यक्रममा गण्डकी प्रदेशबाट पार्टीको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने अधिकांश केन्द्रीय सदस्यहरु सहित गण्डकी प्रदेशका सभापति सहित पदाधिकारीहरु र विभिन्न जिल्लाका सभापतिहरु, गण्डकी प्रदेशको प्रचार बिभागका सबै सदस्यहरु र विभिन्न जिल्लाका प्रचार बिभाग प्रमुखहरु सहित विभिन्न भात्री र शुभेक्षुक संस्थाका सदस्यहरुको सहभागिता रहने प्रचार बिभागका प्रमुख समेत रहेका कांग्रेस केन्द्रीय सदस्य मिन बिश्वकर्माले जानकारी दिए ।

कार्यक्रमका संयोजक एबम केन्द्रीय सूचना, संचार तथा प्रचार बिभागका सदस्य गंगाधर पराजुलीका अनुसार तथ्यमा आधारित भएर कांग्रेसको प्रचार अभियानलाई कसरि जनस्तरमा पुर्याउन सकिन्छ भन्ने बिषयमा हरिबहादुर थापा र डा. जगत नेपालको छुट्टाछुट्टै प्रस्तुति रहनेछ । नेपाली काँग्रेसको नीतिका कारण मुलुक र नागरिकले प्राप्त गरेको उपलब्धि सहित समसामयिक राजनीतिक सवालमा उनीहरुले आफ्नो प्रस्तुति दिनेछन। थापा लामो समय पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका छन् भने लेखक एबम पत्रकारकै रुपमा परिचित डा. नेपाल काठमाडौँको रत्नराज्य क्याम्पसमा पत्रकारिता विभागको प्रमुखको भूमिकामा छन ।

कार्यक्रममा नेपाली काँग्रेसका विभिन्न तहका नेता कार्यकर्ताहरु अन्तरक्रियामा सहभागी बन्ने र पार्टीका केन्द्रीय नेताहरुले समेत आआफ्नो भनाई राख्नेछन ।  कार्यक्रममा नेपाली काँग्रेसका भात्री एबम शुभेच्छुक संघसंस्थाका सदस्यहरूलाइ समेत सहभागिताको लागि आमन्त्रण गरिएको छ ।  कार्यक्रममा सहभागी बन्न नेपाली काँग्रेसका प्रबक्ता एबम पुर्ब सहमहामन्त्री डा. प्रकाश महत, विभागका प्रमुख मिन बिश्वकर्मा, सचिब गोपाल झा, थापा र डा. नेपाल शुक्रबार नै पोखरा आउने कार्यक्रम रहेको गण्डकी प्रदेश प्रचार बिभागका उपप्रमुख शिरोमणी बरालले जानकरी दिए।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…