२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

ट्राफिकलाई मापसे परीक्षण गर्ने ब्रेथलाइजर मसिन प्रदान

पोखरा । पोखरा महानगरपालिकाले सडक सुरक्षाको फ्रन्टलाइनमा खटिने ट्राफिकलाई मापसे परीक्षण गर्ने ब्रेथलाइजर मसिन प्रदान गरेको छ ।
नगर प्रमुख धनराज आचार्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीकी प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेयलाई ३ थान ब्रेथलाइजर मसिन हस्तान्तरण गरेका हुन् ।
मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउँदा हुनसक्ने दुर्घटना न्यूनीकरणमा यो मसिनको प्रयोगले महत्त्वपूर्ण सहयोग पुग्ने ट्राफिक प्रहरीको विश्वास छ । यस मसिनको सहायतामा चालकले मापसे गरे वा नगरेको थाहा पाइने भएकाले सडक सुरक्षामा यो उपयोगी हुने गरेको हो ।
ट्राफिक व्यवस्थापनका लागि मुख्यचोकहरुमा ट्राफिक लाइट, सिसिटिभी क्यामेरा, स्मार्ट सडक बत्तीहरू जडान लगायत कार्यमा सहयोग गरिरहेको महानगरपालिकाले पछिल्लो पटक भने ३ लाख ५० हजार बढीका ३ थान ब्रेथलाइजर मसिन प्रदान गरेको हो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…