२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

लायन्सद्वारा जीर्ण अवस्थामा रहेको प्रतिक्षालय मर्मत

पोखरा भ्यूज

सूर्य बास्तोला । लायन्स क्लब पोखरा आदर्श सेन्चुरीले जीर्ण अवस्थामा रहेको प्रतिक्षालय मर्मत गरी नयाँ संरचना बनाई समुदायलाई हस्तान्तरण गरेको छ । क्लबले शनिवार एक कार्यक्रमका बीच पोखरा–२०, भलाम जोड्ने झोलुङ्गे पुल छेउमा रहेको प्रतिक्षालयलाई आकर्षक साजसज्जासहित पुनर्निर्माण गरी रेलिङ्ग निर्माण, सिडि मर्मत तथा फुल रोप्ने क्यारी हस्तान्तरण गरेको हो ।

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाको प्रमुख आतिथ्यता, पोखरा महानगरपालिका वड़ा नं.२० का वडाध्यक्ष गंगा बहादुर खत्रीको बिशेष आतिथ्यता, डिष्ट्रिक्ट ३२५ आई नेपालका सिनियर लायन्स लिडर र वडामा क्रियाशील विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिको रोहवरमा पुनर्निर्माण गरिएको प्रतिक्षालयसहित रेलिङ्ग निर्माण, सिडि मर्मत तथा  फुल रोप्ने क्यारी हस्तान्तरण गरेको लायन्स क्लब पोखरा आदर्श सेन्चुरीका पूर्व अध्यक्ष एवं क्लस्टर ४ का क्लस्टर को–चिफ शोभा बानियाँले जानकारी दिईन् ।

उनका अनुसार नेपाल लायन्स फाउन्डेसनबाट प्राप्त रकम ५० हजार, क्लब अध्यक्ष भगवती (बिना) थापाका ससुरा स्व. हवल्दार यज्ञ बहादुर बस्नेतको स्मृतिमा उहाँका धर्मपत्नी मायादेवी बस्नेतबाट १ लाख ५५ हजार आर्थिक सहयोगले उक्त कार्य सम्पन्न गरिएको थियो ।

कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर ढुंगानाले लायन्सले जहाँ आवश्यकता तहाँ लायन्स भन्ने लायन्सको मूल उद्देश्य अनुरूप क्लबले सदैव सेवालाई प्राथमिकतामा राखेर कार्य गर्ने गरेको बताउदै आगामी दिनमा पनि यस्ता मानविय समबेदनालाई प्रत्यक्ष छुने कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

त्यस्तै, वडा नं.२० का वडाध्यक्ष गंगा बहादुर खत्रीले सेवाका क्षेत्रमा लायन्सले धेरै कार्य गर्ने गरेको सुनेको र आज प्रत्यक्ष रुपमा कार्यक्रममा उपस्थित भई देख्न र सुन्न पाएकोमा लायन्स परिवारप्रति आभार ब्यक्त गर्दै लायन्स क्लबसँग सामाजिक कार्यमा सहकार्य गर्न इच्छुक रहेको बताए ।

प्रतीक्षालय निर्माण पश्चात ब्यक्ति बस्नका लागि सहज होस भन्ने विश्वास लिएको क्लबका अध्यक्ष बिना थापाको भनाई छ । उनले भनिन्,–‘प्रतीक्षालय निर्माण पश्चात यस क्षेत्रको सौन्दर्यता संगै आवातजावत गर्ने व्यक्तिलाई बस्नमा सहज हुनेछ ।’ त्यस्तै क्लव मार्फत रेलिङ्ग निर्माण, सिडि मर्मत तथा  फुल रोप्ने क्यारीसहितका फुलहरु सजाइएकोले सौन्दर्यता थप्ने विश्वास उनको थियो ।

क्लबका सचिव पवित्रा थापाको संचालन रहेको कार्यक्रममा स्थानीय जग्गादातासहित नयाँ संरचना बनाउनमा सहयोग गर्नु हुने विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…