
विराटनगर । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे चयन भएका छन् ।
बिराटनगरमा सम्पन्न अधिवेशनबाट गणेश पाण्डे सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
यसैगरी, यस्तै उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी चयन भएका छन् । महासचिवमा हिरामान लामा नै दोहोरिएका छन् । महाधिवेशनबाट ९९ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको हो ।











