२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

छेन्दु–पोखरा चार्टर उडानका निर्देशक पोउवा संघमा, पोखरामा चिनियाँ पर्यटकको रोजाइमा पर्ने विश्वास

पोखरा,१२ चैत । चीन सरकारको तर्फबाट पोखरा चार्टर उडानको नेतृत्व गरेका सीटीएस कम्पनीका प्रबन्धक यानले निजी क्षेत्रले देखाएको उत्साहका कारण पोखरा–छेन्दु नियमित उडान हुने विश्वास व्यक्त गरेका छन् । उनले अहिले तय भएका चार्टर उडानले चालु अंग्रेजी वर्षको वर्षायाममा चिनियाँ पर्यटक पोखरा ल्याउन सजिलो हुने पनि बताएका छन् ।

चीनमा अंग्रेजी महिनाको जुन–जुलाइमा विद्यालय बन्द रहन्छन् । अभिभावकहरु त्यो बेला नानीबाबु लिएर भ्रमणमा निस्कन्छन् । छोटो दूरीमा जान रुचाउने चिनियाँहरुको त्यो बेलाको रोजाइ हङकङ वा थाइल्याण्ड हुने गरेको उनले बताए । थाइल्याण्डकै दूरीमा रहेको पोखरा चिनियाँहरुले रुचाउने र सिचुवान प्रान्तले त्यही अनुरुप पोखराको प्रचार गरिरहेको पनि उनको भनाइ थियो ।
सीटीएस सिचुवान प्रान्तको उडानसम्बन्धी काम गर्ने सरकारी निकाय हो । सिचुवानले पोखरामा १० वटा चार्टर उडान गर्ने प्रतिवद्धता जनाइसकेको छ भने पहिलो उडानमार्फत् चीन गएका नेपाली प्रतिनिधिमण्डल पनि पोखरा फर्कीसकेका छन् ।
सीटीएसका निर्देशक यान पोखरा उद्योग वाणिज्य संघमा आयोजित छलफल कार्यक्रममा बोल्दै थिए । उनलाई स्वागत गर्दै आउँदो अप्रिल १ मा छेन्दुको लागि निजी क्षेत्रको तर्फबाट हुने चार्टर उडानकी संयोजक तथा पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले द्विपक्षीय भ्रमणबाट पर्यटन तथा व्यवसाय प्रवद्र्धनमा सघाउने धारणा राखेपछि जवाफमा यानले अब हुने भ्रमण दलमा संहभागी हुनेहरुलाई अझ राम्रो आतिथ्यता प्रदान गर्ने घोषणा पनि गरे ।
कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर बी पौडेल, लेखनाथ उद्योग वाणिज्य संघको तर्फबाट चार्टर उडान संयोजक वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, पोखरा पर्यटन परिषदका निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यद्वय सूर्यराज घिमिरे र रामचन्द्र तिमिल्सिनाको पनि उपस्थिति रहेको थियो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आउँदो अप्रिल एकमा हुने पोखरा–छेन्दु भ्रमणको चाँजोपाँजो मिलाउने जिम्मा पोखरा र लेखनाथ उद्योग वाणिज्य संघलाई सुम्पेका थिए । पोउवा संघले त्यो दायित्व महासचिव गौतमलाई सुम्पेको हो । पोउवा संघकी महासचिव शोभा गौतमका अनुसार दोस्रो चार्टर उडानको तयारी अन्तिम चरणमा पुगेको छ ।
चिनियाँ प्रतिनिधिमण्डलाई स्वागत गर्दै महासचिव गौतमले पोखरा उद्योग वाणिज्य संघको संक्षिप्त परिचय र गतिविधिबारे जानकारी पनि गराइन् ।
‘सिचुवान एयरलाइन्समार्फत् पोखराको एउटा प्रतिनिधिमण्डलले मित्रराष्ट्र चीनको छेन्दुको उडान गरिसकेको छ,’उनले भनिन्,‘ आउँदो भ्रमणले आपसी मित्रता बढाउन, दुई पक्षीय व्यापार तथा पर्यटन प्रवद्र्धनमा सघाउने मेरो विश्वास छ ।’
कार्यक्रममा बोल्दै पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर बी पौडेलले पछिल्लो समय पर्वत साहसिक पर्यटनको केन्द्र भएको जानकारी दिँदै चिनियाँ पर्यटकलाई सो क्षेत्रमा भ्रमण गराउने योजना सुनाए । लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले पोखरामा विमानस्थल निर्माणको लागि निजी क्षेत्रले दिएको दबाबमूलक आन्दोलनको स्मरण गर्दै यसको दिगो संचालनको लागि पनि पहल गर्ने प्रतिवद्धता जनाए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…