२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

फेवा महोत्सवलाई आमा समूह र संघसंस्थाको साथ

पोखरा, १९ चैत ।  होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव बर्ष महोत्सव २०८२ लाई पर्यटनसँग सम्वन्धित विभिन्न संघसंस्था र आमा समूहहरुले सघाउने प्रतिवद्धता जनाएका छन् ।

उल्लेखित संस्थाका अध्यक्ष तथा पदाधिकारीसँग संघले सोमबार र मंगलबार दुई अन्तरक्रिया तथा छलफल कार्यक्रम राखी महोत्सव सफल बनाउन सल्लाह र सुझाव मागेको थियो । छलफल कार्यक्रममा संघसंस्था र आमा समूहका पदाधिकारीले फेवा महोत्सव आफ्नै घरगाउँको महोत्सव भएको र यसले नेपाली कला र संस्कृतिको जगेर्नामा सघाउने भन्दै एक भएर सहयोग गर्ने भनाई राखेका थिए ।

संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले फेवा महोत्सवको तयारी द्रुत गतिमा अगाडि बढ्दै गरेको जानकारी गराए । विगतका कमिकम्जोरी सच्याउँदै सबैको सल्लाह र सुझाव अनुसार महोत्सव संचालन गरी भव्य रुपमा सम्पन्न गरिने अध्यक्ष सुवेदीले बताए । उनले हरेक वर्ष फेवा नव वर्ष महोत्सव परिस्कृति रुपमा संचालन गर्दै आइएको स्मरण गराउँदै यसपटक पनि महोत्सव भव्य हुने भनाई राखे ।

नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले महोत्सवलाई सफल पार्न बोर्डले लामो समयदेखि सघाउँदै आएको स्मरण गराउँदै यसपटक पनि संस्थाको तर्फबाट सक्दो सहयोग गरिने भनाई राखे । बोर्डको मुख्य जिम्मेवारी पर्यटन प्रवद्र्धन भएको भन्दै उनले निजी क्षेत्रको सल्लाह र सुझाव अनुसार नै बोर्ड अगाडि बढ्ने बताए ।

होटल संघ नेपालका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले फेवा नव वर्ष महोत्सव नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले आयोजना गरिएको स्मरण गराउँदै यसको सफलताका लागि सबैले सकारात्मक सहयोगको खाँचो औंल्याए । आयोजक संघका प्रथम उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक दीपक श्रेष्ठले पनि कार्यक्रममा आफ्नो भनाई राखेका थिए ।

महिला सञ्जाल वडा नम्बर ६ का अध्यक्ष वविता मल्लले महोत्सवको उद्घाटनका अवसरमा आयोजना हुने झाँकी तथा र्यालीमा सहभागी हुने महिलाका सुझाव र गुनासो सुनेर अगाडि बढ्न संघलाई सुझाव दिइन् । संघका द्वितीय उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक गणेशराज पहारीले केही चुनौति मोलेर भए पनि संघ महोत्सवलाई सफल पार्न लागि परेको जानकारी गराए । सोमबारको कार्यक्रममा पोखरा पर्यटन परिषद् अन्तर्गतका विभिन्न संघसंस्थाका अध्यक्षहरुले महोत्सव सफल पार्न आफ्नो तर्फबाट सक्दो सहयोग रहने वचनवद्धता प्रकट गरेका थिए ।

महोत्सवमा अवसरमा संघ अन्तर्गतका सदस्य होटलमा रात बिताउने पाहुनालाई प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गरिने घोषणा यसअघि नै गरिसकिएको छ । संघले महोत्सवकै प्रचारका लागि हालै पूर्वी नेपालमा जाउँ है पोखरा अभियान सम्पन्न गरेको थियो ।

स्थानीय ड्यामसाइडदेखि खहरेसम्म सडकमा नै संचालन हुने महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने मुख्य उद्देश्य सहित पर्यटन, संस्कृति र खाना भन्ने नारासहित यो महोत्सव हुन लागेको हो । लेकसाइड स्थित अम्मटमा महोत्सवको उद्घाटन कार्यक्रम हुने छ । महोत्सवलाई पोखरा महानगरपालिका, होटल संघ नेपाल, गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्डले सघाउने छन् । छलफल तथा अन्तरक्रिया कार्यक्रमको संचालन संघका महासचिव राजेन्द्र ढकालले गरेरका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…