२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

वैदिक गुरुकुलीय पद्धति अनुसारको शिक्षाका लागि आकर्षण बन्दै राधाकृष्ण गुरुकुल

पोखरा, २१ चैत । पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय वैदिक गुरुकुलीय पद्धति अनुसारको शिक्षाका लागि विद्यार्थी तथा अभिभावककको आकर्षण बन्दै गएको छ ।

कक्षा ६ देखि १० सम्म निशुल्क आवास र भोजनको व्यवस्था गर्दै आएको विद्यालयमा हाल देशका विभिन्न जिल्लाबाट आएका २९ जना विद्यार्थी अध्ययनरत छन् ।

गुणस्तरीय शिक्षामा जोड दिदै आएको यस विद्यालयलाई वैदिक गुरुकुलीय पद्धति अनुसारको गुणस्तरीय शिक्षाका लागि महत्वपूर्ण केन्द्रका रुपमा विकास गर्ने लक्ष्य राखिएको विद्यालयका प्रधानाचार्य प्रकाश उपाध्याय(रेग्मी)ले जानकारी दिनुुभयो ।

उहाँका अनुसार विद्यालयले निशुल्क आवाश एवम् भोजनको व्यवस्था सहित विद्यार्थीलाई विभिन्न अतिरिक्त कृयाकलापमा पनि संलग्न गराउँदै आएको छ ।

विद्यालयले साप्ताहिक अतिरिक्त कृयाकलाप अन्तर्गत संस्कृतभाषा सम्भाषण, बक्तृत्कला, हाजिरीजवाफ, प्रवचन, वादविवाद, कविता, खेलकुद आदि सञ्चालन गरेको छ भने योगाभ्यास, संगीत शिक्षा आदि सञ्चालन गरिरहेको छ ।

वार्षिक रुपमा शैक्षिक अवलोकन भ्रमण, बनभोज जस्ता विभिन्न कृयाकलापका साथै अनुशासित तथा जेहेन्दार विद्यार्थीलाई विशेष छात्रबृत्तिको व्यवस्था समेत गरिएको उहाँले जानकारी दिनुुभयो ।
प्रधानाचार्य रेग्मीका अनुसार विद्यालयमा नेपाली, अंग्रेजी, गणित, सामाजिक, वेद, व्याकरण, संस्कृत भाषा, कर्मकाण्ड, गीत कम्प्युटर आदि विषय पठपाठन हुँदै आएका छन् ।

विद्यालयले यस शैक्षिक वर्षका लागि पनि सिमित सिटका लागि कक्षा ६, ७, ८ र ९ मा आवेदन फारम आह्वान गरेको सहायक प्रधानाचार्य प्रविण पौडेलले जानकारी दिनुुभयो । आगामी फागुन ८ गतेसम्म फाराम आह्वान गरिएको र प्राप्त आवेदन अनुसार वैशाख ९ गते प्रवेश परीक्षा गरिने भएको उहाँले जानकारी दिनुुभयो ।
निम्बार्क सम्प्रदायको विस्तार गर्ने लक्ष्यका साथ विसं २०२२ मा राधाकृष्ण मन्दिर स्थापना भएपछिको महत्वपूर्ण उपलब्धिका रूपमा यहाँस्थित वृद्धाश्रम र गुरुकुल संस्कृत विद्यालयलाई लिने गरिएको स्थानीयवासी बताउँछन् ।

मन्दिर स्थापनाको पाँच दशकपछि विसं २०७० मा स्वीकृति प्राप्त गरी २०७१ सालबाट राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय सञ्चालनमा ल्याइएको हो । शुक्लागण्डकीको पावन तट पोखरा र मुक्तिनाथको प्रवेशद्वार गगन, च्यवन आदि ऋषिहरूको तपस्थलिमा रहेको यस विद्यालयलाई महत्वपूर्ण शैक्षिक गन्तव्यका रुपमा विकास गर्न खोजिएको छ । संस्कृत माध्यमिक विद्यालयको पाठ्यक्रममा आधारित रही गुणस्तरीय शिक्षाका लागि विद्यालय निरन्तर कृयाशिल रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मीले बताउनुुभयो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…