60Shares

पोखरा भ्यूज

पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोगमा पोखराकी दुर्गा लामिछाने र पर्वतका योगेन्द्रराज रिजाल नियुक्त भएका छन् ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । लामिछाने कांग्रेस र रिजाल एमालेको कोटाबाट नियुक्त भएका हुन् ।

कास्कीको लेखनाथकी लामिछाने नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् । काुननकी विद्यार्थी उनी इन्टरनेसल रिलेसन र डिप्लोमेसीमा पिएचडी स्कलर हुन् ।

रिजालको क्षेत्र समाज विज्ञान हो । उनी गण्डकी प्रदेश सरकारले गठन गरेको कालीगण्डकीको सम्भाव्यता अध्ययन समितिको सदस्य रहेर काम गरेका थिए ।

60Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected