२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

काठमाडौंवासिलाई फेवा महोत्सवको निम्ता

काठमाडौं, २३ चैत । होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म लेकसाइडमा आयोजना गर्न लागेको २० औं फेवा नव वर्ष महोत्सवमा सहभागि हुन काठमाडौंवासीलाई आमन्त्रण गरेको छ ।

होटल संघ नेपाल र होटल संघ पोखरा नेपालले शुक्रबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यकावासीलाई महोत्सवमा भाग लिई नेपाली नयाँ वर्ष भव्य रुपमा मनाउन निम्ता प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै हानका केन्द्रिय अध्यक्ष विनायक शाहले फेवा महोत्सव पोखराको स्थापित कार्यक्रम मध्ये एक हुन पुगेको बताउँदै शहरलाई चयायमान बनाउन महोत्सव सहयोगी भएको भनाई राखे ।

पोखरा महानगरपालिकाले घोषणा गरेको भिजिट पोखरा इयर २०२५ अन्तर्गत लक्ष्य लिइएको २० लाख पर्यटक पोखरा भित्र्याउन समेत महोत्सवले सघाउने विश्वास अध्यक्ष शाहले व्यक्त गरे । पोखराबाट चीनका विभिन्न शहरमा अन्तर्राष्ट्रिय हवाई उडान सुरु हुनु र विभिन्न शहरबाट पोखरा जोड्ने सडकहरु समेत सुधार हुँदै जानु सकारात्मक पक्ष भएको उनले बताए । नेपालको होटल क्षेत्रले ३५ लाख पाहुनालाई सेवा दिन सक्ने तथ्यांक सुनाउँदै उनले देशको समृद्धिको आधार पर्यटन हुन सक्ने भनाई राखे । ठूला शहरहरु प्रदूषणको चपेटामा परेको तर्फ सरकार गंभीर बन्नुपर्ने सुझाव पनि उनको थियो ।

कार्यक्रममा होटल संघ पोखरा नेपालका निवर्तमान अध्यक्ष विकल तुलाचनले फेवा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहने उनले बताए । पछिल्लो समय नेपाली नयाँ वर्षलाई पनि उल्लासपूर्ण रुपमा मनाउने प्रचलन बढ्दै गएको निवर्तमान अध्यक्ष तुलाचनले स्मरण गराए । महोत्सवका अवसरमा आयोजक संघले पोखरा आउने पाहुनालाई २० प्रतिशत छुट प्रदान गर्ने जानकारी पनि उनले दिए । संचारकर्मीले राखेका विभिन्न जिज्ञासाको उत्तर तुलाचनले दिएका थिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी कार्यालयका प्रमुख मणिराज लामिछानेले पोखरालाई भाइव्रेण्ट सिटिका रुपमा अगाडि बढाउन महोत्सव सहयोगी हुने विश्वास व्यक्त गरे । यही अभियानमा टेवा पुग्नेगरी बोर्डले महोत्सवलाई सघाइरहेको बताउँदै उनले पोखरा र चीन जोड्ने गरी हालै केही अन्तर्राष्ट्रिय उडानहरु पनि हुनु सकारात्मक पक्ष भएको भनाई राखे ।

आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले पोखराको खहरेदेखि ड्यामसाइडसम्मको सडकमा आयोजना हुने महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए । नेपाली संस्कृतिको जगेर्ना गर्दै पोखराको पर्यटन प्रवद्र्धन गर्ने र पर्यटकहरुको बसाई अवधि लम्ब्याउने महोत्सवको थप उदेश्य रहेको संयोजक सुवेदीले जानकारी दिए । कार्यक्रममा संघका प्रथम उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक दीपक श्रेष्ठले उपस्थित सबैप्रति धन्यवाद प्रकट गरे ।

प्रदेश स्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहने आयोजक संघका द्वितीय उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक गणेशराज पहारीले जानकारी दिए । व्याडमिन्टन कप, स्थानीय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवम् हस्तकलाका सामानहरुको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम पनि प्रस्तुत हुने उपाध्यक्ष पहारीले बताए ।

महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रा.ली, सह प्रायोजक वरुण वेभरेज लि.को पेप्सी, प्रायोजकहरुमा बन्दीपुर केवलकार लि. फोन पे, अन्नपुर्ण केवलकार लि, टोकला चिया रहेका छन् । इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स कम्पनी र प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिकका रहने छन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…