
पोखरा । लायन्स अर्न्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको रिजन ८ अन्तर्गतको रिजन कन्फ्रेन्स बैठक बुधवार एक समारोहका बीच सम्पन्न भएको छ । कन्फ्रेन्समा सामाजिक अभियन्ता एवं ॐ शिव शक्ति कल्याणी बाल आश्रमका व्यवस्थापक भगवती खत्रीलाई सम्मान गरिएको थियो ।
रिजन चेयर पर्सन निरा कोईरालाको अध्यक्षता लायन्स अर्न्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गर्भनर विनोद ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रिजन अर्तगतका क्लबले हालसम्म सम्पादन गरेका सामाजिक कार्य र त्यसले सामाजिक क्षेत्रमा पारेका प्रभाबका बारेमा छलफल र अर्न्तक्रिया गरिएको थियो ।
रिजन अन्तर्गतका ८ बटा क्लबको सहभागितामा रहेको उक्त कार्यक्रममा ३२५ आई नेपालका डिष्ट्रिक्ट गर्भनर विनोद ढुंगाना, पूर्व डिष्ट्रिक्ट गर्भनर राम बहादुर बसेल, क्लस्टर ४ का क्लस्टर प्रमुख डिल बहादुर थापाले लायन्सले समाजमा छोडेको सकारात्मक छापका बारेमा वर्णन गरेका थिए ।
पोखरा ६, लेकसाईडस्थिति रोजमेरी किचनको सभाहलमा सम्पन्न कार्यक्रममा क्लस्टर ४, रिजन ८, ज़ोन १५ र १६ अर्न्तगतका क्लबकाका अध्यक्ष एवं सदस्य, क्याबिनेटका सिनियर लायन लिडर, सामाजिक व्यक्तित्व, आमा समूह तथा रिजन चेयरपर्सन निरा कोईरालाका आफ्नो परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो ।









