२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

चारतारे मान्यता लिने प्रक्रियामा रहेको ‘टेम्पल बेल बुटिक’ होटल संचालनमा

पोखरा । पोखरामा सोमवारदेखि नयाँ होटल ‘टेम्पल बेल बुटिक’ सञ्चालनमा आएको छ । चारतारे श्रेणीमा पर्ने उक्त होटल पूर्ण रूपमा बुटिक अवधारणामा तयार पारिएको होटलका सञ्चालक विश्वराज पौडेलले बताए । पौडेलका अनुसार होटलमा दुई प्रकारका सुइट कोठा समेटिएका छन् ।

जसअन्तर्गत एउटा प्रेसिडेन्टल सुइट र एउटा जुनियर सुइट रहेका छन् । साथै, होटलमा पाँच वटा सुपर डिलक्स र ४७ वटा डिलक्स कोठा समेत रहेका छन् । सबै कोठा गरेर होटलमा जम्मा ५५ वटा कोठा रहेका छन् ।

रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान)का अध्यक्षसमेत रहेका पौडेलले आफ्ना भाइ भीष्मराज पौडेलसँगको संयुक्त लगानीमा सञ्चालनमा ल्याएको ‘टेम्पल बेल बुटिक’ चारतारे बुटिक श्रेणीको मान्यता लिने प्रक्रियामा रहेको बताए ।

नयाँ बर्ष २०८२ लाई लक्षित गर्दै स्वदेशी र विदेशी पाहुनाको लागि बिशेष छुटका साथ प्याकेजको पनि ब्यवस्था गरिएको होटलका प्रबन्ध निर्देशक रहेका भीष्मराज पौडेलले जानकारी दिए ।

पौडेलले भने ‘हामी बिस्वास गर्छौं सकारात्मक सोच, साझा प्रयास  र पारदर्शी सहकार्यले मात्र दिगो र समृद्ध पर्यटन सम्भव छ चिल्ली ग्रुप र टेम्पलबेल परिवारको तर्फबाट निरन्तर साथ र रचनात्मक सुझावको अपेक्षा गर्दछौं ।’

होटलका सञ्चालक रहेका पौडेल दाजुभाइ पर्यटन क्षेत्रमा करिब ३० वर्षदेखि सक्रिय छन् । लामो समयदेखि पर्यटन क्षेत्रमा अनुभवसहित सक्रिय रहँदै आएका पौडेलले सन् १९८८ बाट ’नारायणी ग्रुप अफ हस्पितालिटी’ बाट आफ्नो पर्यटन यात्रा सुरु गरेका थिए । २००८ मा ‘चिल्ली बार’ सञ्चालनमा ल्याएका थिए, जुन पोखराको लोकप्रिय रेस्टुरेन्टमध्ये एक हो । त्यसपछि ‘हिमालयन ग्लोरी’ नामक होटल सञ्चालनमा ल्याए, जहाँ १५ वटा डिलक्स कोठा र रेस्टुरेन्ट रहेका छन् । यी सबै व्यवसायमा दुईजनाकै लगानी रहेको छ ।

होटलमा पोखरामै पहिलो पटक पुरुष र महिलाका लागि छुट्टाछुट्टै स्पाको सुविधा प्रदान गरिएको छ । यसका साथै, स्विमिङ पुलसँगै जोडिएको हट जकुजी पनि उपलब्ध रहेको छ ।

होटलमा नेपाली हिमालयन हेरिटेज झल्काउने ‘भोजनाकक्ष’ नामक रेस्टुरेन्ट, एक सय ५० जना अट्ने सभा हल ‘बुद्ध सदन’ र करिब ३० जना क्षमताको ‘मधुशाला’ नामक बारसमेत होटलभित्र रहेको छ । साथै, होटेलको दोस्रो रेस्टुरेन्ट ‘आटी’ नामक फाइन डाइनिङ रेस्टुरेन्टमा ६० जनाको क्षमतासमेत रहेको सञ्चालक भिष्मराव पौडेलले बताए ।

साढे दुई रोपनी क्षेत्रफलमा फैलिएको १ अर्व २५ करोड़ लागत रहेको होटल पूर्ण रूपमा नेपाली थिममा तयार पारिएको छ भने प्रवेशद्वारबाटै ऐतिहासिक बुटिक शैली झल्कने सजावट देख्न सकिन्छ । होटलमा काठ र ढुङ्गाको विशेष प्रयोग गरिएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…