
कोशिश गर अवश्य हल निस्किन्छ !
आज नभएं पनि भोलि निस्किन्छ!!
अर्जुनको लक्ष्य राख निशाना खोज !
मरुभुमिबाट पनि त पानी निस्किन्छ!!
मेहनत गर फूललाई पानी देऊं!
सुक्खामा पनि फेरि फल निस्किन्छ!!
तागत जुटाउं हिम्मतलाई आगो देऊं!
कमजोरको पनि फेरि बल निस्किन्छ!!
शिरमा उम्मीदलाई ज्यूंदै राख्ने गर!
समुन्दरबाट पनि त गंगाजल निस्किन्छ!!
कोशिश गर्दै जाऊं केहि गर्दै जाऊं!
जे रोकेको छ अहिले भइ निस्किन्छ!!
कोशिश गर अवश्य हल निस्किन्छ!
आज नभएं पनि भोलि निस्किन्छ!!
(पूर्व राजा ज्ञानेन्द्र शाहको साहित्यिक नाम जि शाह हो ।)











