२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

नागरिक मैत्री सिडिओलाई स्याङ्जावासीले आयोजना गरे ‘फेरी भेटौला’

स्याङ्जा । कर्मचारीको सरुवा नियमित प्रक्रिया हो । कर्मचारी सरुवा हुँदा फेरी भेटौला कार्यक्रम मार्फत बिदाई गर्ने सामान्य प्रचलन छ । तर स्याङ्जामा प्रमुख जिल्ला अधिकारीको भुमिकामा आएकी सुनिता नेपालको बिदाईमा भने जिल्लाका एकदर्जन संघसंस्था, सरकारी कार्यालय, राजनीतिकदल लगायतको सहभागितामा भब्य बिदाई गरिएको थियो ।

प्रजिअ नेपालले झण्डै १७ महिना जिल्लाको शान्तिसुरक्षा, विकास निर्माण लगायतका सेवामा उनले खेलेको समन्वयकारी भुमिकाकै कारण उनको बिदाई अहिलेसम्मकै अविस्मरणीय रहन पुगेको छ ।
जिल्ला समन्वय समिति स्याङ्जाको समन्वयमा कर्मचारी मिलन केन्द्र सहित जिल्लाका ११ ओटै पालिका, सामाजिक संघसंस्था, नागरिक समाज, पत्रकार महासंघ, राजनीतिकदल लगायतको सहभागितामा उनलाई बिदाई गरिएको थियो ।

प्राय एकबर्ष सम्म जिल्लाको प्रशासनिक कार्यसम्पादन गर्ने प्रावधान भन्दा बढी समय नेपालले प्रजिअको कार्यभार सम्हालेकी थिइन् । जिल्लामा आएका प्रमुख जिल्ला अधिकारीहरु मध्ये सबैभन्दा धेरै कार्यसम्पादन गर्ने सूचीमा नेपाल पर्छिन ।

उनको बिदाईमा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद घर्ति, उपप्रमुख खडगराज सुवेदी, भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्य, जिल्ला न्यायधीश सरिता रायमाझी, कर्मचारी मिलन केन्द्रका अध्यक्ष अर्थातं कोष तथा लेखा नियन्त्रक ठमनारायण शर्मा, सचिव अर्थात शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका शाखा अधिकृत सुरेश सुवेदी लगायतले सरुवा भई जान लाग्नु भएका प्रजिअ नेपालले जिल्लाका लागि पुरयाउनु भएको सेवाका बारेमा चर्चा गर्दै शुभकामना ब्यक्त गरेका थिए । नेपालले जिल्लामा रहदा प्रशासनिक निकायबाट खेलेको भुमिका निकै अतुलनिय रहेको उनीहरुले बताएका थिए ।

’फेरी भेटौला’ मार्फत बिदाईमा रहेकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जिल्लाबासी सबैको साथ र सहयोगले स्याङ्जा बसाई सुखद रहेको बताइन् । आउदा दिनहरुमा पनि स्याङ्जाका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता नेपालको थियो । प्रजिअ भएर आउने र जाने भन्ने नियमित प्रक्रिया हो उनले भनिन्,‘राष्ट्रसेवक कर्मचारीले जनताप्रति उत्तरदायीत्व रहेर काम गर्नुपर्छ ।’ कर्मचारी र जनप्रतिनिधिलाई कानूनले दिइएका जिम्मेवारी अनुसार काम गरेमा कोही कसैलाई पनि अफ्‌ठयारो पर्र्दैन उनले भनिन् ।

सेवाभावले काम गरे पुण्य कमाउन सकिने हुदा सबै कर्मचारीलाई सेवाभावले काम गर्न नेपालको सुझाव थियो । आफु रहदा बस्दा गरेका केही उल्लेखनीय कामका बारेमा प्रजिअ नेपालले जानकारी गराएकी थिइन् । प्रजिअ नेपालले सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेललाई कार्यसम्पादनमा उत्कृष्ट काम गरेको भन्दै कदरपत्रले सम्मान गरेकी थिइन् ।

बिशेष गरी प्रजिअ नेपालले नागरिकताबाट बन्चित नागरिक र बालवालिकाको क्षेत्रमा बिशेष कार्ययोजना बनाएर काम गरेकी थिइन् । प्रक्रिया नपुगेर नागरिता पाउनबाट बन्चित नागरिकलाई आफै प्रक्रिया पुराएर नागरिकता दिलाईदिने काम गरेपछि उनको प्रशंसा भएको थियो ।

त्यस्तै गएको बर्षादको समयमा प्राकृतिक विपद्मा उनले महत्वपुर्ण भुमिका खेलेकी थिइन् । नागरिकको कामलाई नजिकबाट समन्वयकारी भुमिका खेलेर समस्या समाधानमा उनको भुमिका राम्रो देखिएपछि स्याङ्जावासीको प्रिय प्रजिअको रुपमा परिचित बन्न सफल भएकी थिइन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…