२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

१५ औं वार्षिकोत्सवको अवसर पारी युनाईटेड क्लबद्धारा पोखरा बृद्धाश्रममा खाद्यान्न वितरण

पोखरा । युनाईटेड क्लब पोखराले १५ औं वार्षिकोत्सवको अवसर पारी पोखरा १७ मा रहेको पोखरा बृद्धाश्रममा खाद्यान्न वितरण गरेको छ । सामाजिक काम मार्फत छुट्टै पहिचान बनाउन सफल युनाईटेड क्लबले वैशाख ७ गते आफ्‌नो वर्षिकोत्सव मनाउने योजना अनुसार त्यसको अवसरमा वैशाख १ गते पोखरा १७ सितापाइलामा रहेको पोखरा बृद्धाश्रममा खाद्यान्न सहयोग गरेको हो ।

सो अवसरमा वोल्दै युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लब पोखराले पोखरामा पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहेकाले पोखरा महोत्सवलाई सवै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताए ।

त्यस्तै पोखरा बृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले बृद्धाश्रमलाई राज्य र सरकारी संस्थाबाट सोचेजस्तो साथ र सहयोग नभइरहदा युनाईटेड क्लब जस्तै संघ संस्थाको सहयोबाटनै आश्रममा आश्रितहरुलाई सहयोग पुगेको बताए । युनाईटेड क्लबले अहिले मात्र नभइ यसअघिपनि सहयोग गर्दै आइरहेको बताउदै युनाईटेड क्लबले सामाजिक क्षेत्रमा आफुलाई अब्बल बनाएको बताए । समाज बिकास र समुन्नतिका लागि महिला युवा र जेष्ठ नागरिकले आ आफ्‌नो ज्ञान शीप र अनुभवलाई प्रयोग गर्नुपर्ने बताउदै उनले जेष्ठ नागरिकको हेरचाह स्याहार गर्ने शीप र ज्ञान सिकाउनका लागि पोखरा बृद्धाश्रमले जापानी प्रबिधिको तालिम पोखरामा भित्रयाउन लागेको बताए । स्वदेश तथा विदेशमा रोजगारी बढ्दै जाने क्रम भएकाले उक्त तालिम उपयोगी हुने उनको भनाइ थियो ।

क्लबका द्धितिय उपाध्यक्ष एवं खाद्यान्न वितरण कार्यक्रम संयोजक सूर्य बहादुर बानियाँले सामाजिक काम गर्दै आइरहेको युनाईटेड क्लबले नयाँ वर्ष २०८२ को पहिलो दिन पोखरा बृद्धाश्रममा आश्रितहरुलाई खाद्यान्न सामाग्री वितरण गरी शुरुवात गर्न पाउदा खुसी लागेको बताउदै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने बताए ।

युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लब विशुद्ध सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहदा बिगतमा जस्तै यो वर्षपनि सामाजिक कामबाटै बार्षिकोत्सव कार्यक्रमको थालनी गरिएको बताए । पोखरा बृद्धाश्रम जस्ता संस्थाहरुलाई सम्पूर्ण संघ संस्थाहरुले साथ र सहयोग गर्नुपर्नेमा जोड समेत जोड दिए । क्लबले वार्षिकोत्सवको अवसर पारि वैशाख ३ गते वृहत रक्तदान कार्यक्रमका साथै छिट्टै नै बृहत स्वास्थ्य शिविरको आयोजना गर्ने बताए ।

उक्त अवसरमा क्लवका संस्थापक सदस्य रेशम बहादुर थापाले आश्रमलाई ५ हजार ५ सय नगद प्रदान गरेका थिएभने आश्रममा आश्रित १०९ वर्षिय नन्दलाल दाहाल र ९२ वर्षिय पार्वती पौडेललाई क्लबका अध्यक्ष लोक बहादुर थापाले दोशल्ला ओढाइ सम्मान गरेका थिए ।

१५ औं वार्षिकोत्सव कार्यक्रम संयोजक तथा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन क्लबका महासचिव दिनेश सुनारले गरेका थिए । उक्त अवसरमा क्लबका सल्लाहकार, आजीवन सदस्य र पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…