
पोखरा भ्यूज
पोखरा । लायन्स क्लब अफ पोखरा कोरिया रिटर्नीको लायन वर्ष २०२५/२०२६ का लागि प्रशन्न पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ ।
क्लबको आइतवार सम्पन्न पहिलो अधिवेशनले समितिको प्रथम उपाध्यक्षमा एसपि अधिकारी, द्वितीय उपाध्यक्षमा विष्णु गिरी, तृतीय उपाध्यक्ष अर्जुनप्रसाद पौडेल, सचिवमा रेवती सुवेदी, क्लब प्रशासकमा शिव क्षेत्री, सह सचिवमा प्रेमराज अधिकारी, कोषाध्यक्षमा शुसिल चापागाई र सह कोषाध्यक्षमा साजन पोखरेली चयन भएका छन् ।
यस्तै, क्लबको अधिकारिक पेज संचालनमा प्रदीप आले मगर, मार्केटिङ चेयरपर्सनमा दीपक पराजुली चयन भएका छन् भने एलसिआएफ चेयरपर्सन, सर्भिस चेयरपर्सन, कम्युनिकेसन चेयरपर्सन, मेम्बरशिप चियरपर्सनलगाएतका पदमा क्लबमा आपसी छलफलपछि चयन गरिने क्लबका संस्थापक अध्यक्ष ईश्वर बहादुर केसीले जानकारी दिए ।
यसैगरी क्लब सदस्यहरुमा डोल बहादुर आले, बिजनास पौडेल, नाम्जा नन्द, मिलन कार्की, घैलेन्द्र केसी, डिबी खत्री, लक्षु तमु, रमेश लोहनी, तुल्सी शर्मा, भरत पौडेल, कान्छा बहादुर गुरूङ, सुशिल आचार्य, टिकाराम पौडेल, प्रितम पौडेल र कमल मल्ल चुनिएका छन् ।
क्लबको सल्लाहकारमा संस्थापक अध्यक्ष ईश्वर बहादुर केसी, डिल पासा, कमल क्षेत्री, सर्वोदय ढकाल, घनश्याम न्यौपानेर र बलराम अधिकारी रहेका छन् ।
संस्थापक अध्यक्ष ई्रश्वर बहादुर केसीले क्लबका गतिविधिसहित लायन्सले समाजमा पारेको प्रभावका साथै स्थापनाको छोटो अवधिमा क्लबले उल्लेख्य कार्य गर्न सफल भएको क्लबका सम्पूर्ण सदस्यलाई आभारसहित धन्यवाद व्यक्त गरेका थिए ।








