नेपालमा पहिलो पटक बहुसेवा सर्च इन्जिन अनलाइनसेवा डटकमको औपचारकि सुरुवात — पोखराबाट विश्व बजारतर्फको यात्रा सुरु
- April 24, 2025
- 3060

पोखरा । डजिटिल युगमा व्यवसाय, सेवा, र सूचना प्रवाहलाई एउटै प्लेटफर्ममार्फत एकीकृत गर्ने लक्ष्यसहित नेपालमा पहिलो पटक बहु सेवा सर्च इन्जिन अनलाइन सेवा डटकमको औपचारिक सुरुवात भएको छ। पोखरामा आयोजित पत्रकार सम्मेलनमा अनलाइन सेवा डटकमको सुरुवातको घोषणा गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत राम अधकिारीले यस प्लेटफर्मले नेपाललाई ड़िजिटल युगतर्फ लैजान महत्वपूर्ण भूमकिा खेल्ने विश्वास व्यक्त गरे ।

अमेरिका बसोबास गर्दै आएका अधिकारीको स्थायी घर पोखरामा भएको र अब नेपाली सेवाहरू र उत्पादनलाई अनलाइनको माध्यमबाट स्वदेश एवं विश्व बजारमा पुर्याउन अनलाइन प्लेटफर्मको भूमिका अत्यन्त महत्वपूर्ण छ भन्ने चेतनाले उनलाई यस अभियानतर्फ प्रेरित गरेको बताए । ‘नेपाल सानो देश हो, तर ड़िजिटिल सम्भावनाले भरिपूर्ण छ। अनलाइन सेवा डटकम त्यही सम्भावनालाई वास्तविकतामा बदल्ने एउटा ढोका हो’, उनले भने।

सबै सेवा एउटै ठाउँमा, अनलाइन सेवा डटकमको कदम
अनलाइन सेवा डटकम केवल वेबसाइट नभई, व्यवसाय, पेशा, सूचना, र सेवाहरूलाई एउटै ड़िजिटिल छातामुनी ल्याउने प्रयास हो। यहाँ व्यवसायिक सूचीकरण, पेशागत प्रोफाइल, जागिरी सूचना, अफरहरू, कार्यक्रम जानकारी, युट्युब तथा वेबसाइट लिंक, हराएको र फेला परेको सामग्री, र सरकारी र गैरसरकारी सेवाको विवरण एकै ठाउँमा सहज रूपमा उपलब्ध छन्।
पोखरा र काठमाडौंबाट सेवा विस्तार सुरु गरिएको यस प्लेटफर्म अब छिट्टै देशभरका मुख्य शहरहरूमा फैलाउने योजना रहेको साथै चाँडै नै यसको शाखा अमेरिकामा पनि खुल्ने तयारीमा रहेको अधिकारीले बताए । कम्पनीले बिशेष गरी डिजिटिल मार्केटिंग इवेन्ट प्रमोशन, टुरिजम प्रोमोशन, र दक्ष जनशक्ति प्रोफाइल व्यवस्थापन जस्ता सेवा प्रदान गर्नेछ ।

नेपाल–अमेरकिा व्यापारिक सम्बन्धमा डिजिटिल पुल
नेपालमा उत्पादित वस्तु तथा सेवाहरूलाई अनलाइनमार्फत अमेरिका लगायतका मुलुकमा पुर्याउने हाम्रो लक्ष्य हो। हामी नेपाल र अमेरिका बीचको व्यापारिक सम्बन्धलाई डिजिटिल माध्यमबाट सहज बनाउने प्रयास गर्दैछौं।”
त्यसै सन्दर्भमा, कम्पनीले नेपाली युट्युबर, कलाकार, उद्यमी, र डिजिटिल सेवाप्रदायकहरूलाई एउटै मञ्चमा ल्याएर उनीहरूको कार्यलाई प्रवर्द्धन गर्ने योजना पनि अघि सारेको छ। आजको प्रतिस्पर्धात्मक डिजिटिल संसारमा नेपाली युवाहरूका लागि आफनो सीप प्रदर्शन गर्ने उपयुक्त डिजिटिल प्लेटफर्म अत्यावश्यक छ, र अनलाइनसेवा डटकमले त्यो ग्याप भरिरहेको छ।” अधिकारीले भने । 
डिजिटिल व्यापार बिस्तारको भरपर्दो साथी — onlinesewa.com

सूचना प्रविधिको तीव्र बिकाससँगै व्यवसायहरूका लागि डिजिटिल उपस्थति अव बिलासी विकल्प हैन अनिवार्य आवश्यकता बनि सकेको छ । यसै पृष्ठभूमिमा, अनलाइनसेवा डटकम व्यवसाय र सेवाप्रदायकहरूका लागि सस्तो, छिटो, र प्रभावकारी प्रचार गर्ने एक भरपर्दो माध्यमको रूपमा स्थापित भइरहेको छ। यस प्लेटफर्मले व्यवसायको डिजिटिल पहिचान निर्माण गर्नुका साथै, व्यवसायहरूलाई स्थानीय देख़ि अन्तर्राष्ट्रिय ग्राहकहरूसम्म पुर्याउने लक्ष्य लिएको छ। चाहे साना उद्यमी हुन् वा ठूला कम्पनीहरू, अनलाइनसेवा डटकम सबैका लागि उपयोगी बन्न सक्ने सम्भावना बोकेको छ।
अनलाइनसेवा डटकममा उपलब्ध बिशेष सेवाहरू यसप्रकार छन् ।
Offer Section: व्यवसायहरूले प्रदान गरेका विभिन्न अफरहरूको एकीकृत सूची।
Event : कार्यक्रम र इभेन्टहरूको जानकारी।
Job : रोजगारीका अवसरहरू ।
Lost and Found : हराएका वा फेला परेका वस्तुहरूको विवरण।
Professional Profiles : सिपयुक्त व्यक्तिहरूको प्रोफाइल।
youTube & Web Link : आफ्ना भिडियो र वेबसाइट लिंक सार्वजनकि गर्ने सुविधा ।
Online Redio : नेपाली भाषामा विभिन्न कार्यक्रम, समाचार र गित संगीत सुन्न मिल्ने अनलाइन रेडियो सुविधा ।
Online Service : अनलाइन फारम भर्ने, प्यान कार्ड दर्ता, ब्लुबुक नवीकरणजस्ता डिजिटिल सेवाहरूको सरल र छिटो पहुँच।








