२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

पोउवा संघमा सिन्धुपाल्चोकको प्रतिनिधिमण्डल, सुस्ताएको अर्थतन्त्रलाई गति लिने बजेट आओस् : अध्यक्ष कार्की

पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले आउँदो आर्थिक वर्ष २०८२÷०८३ को बजेट निजी क्षेत्र तथा लगानीमैत्री होस् भन्ने कामना गरेका छन् । सुस्ताएको अर्थतन्त्रलाई गति दिने खालका नीति तथा कार्यक्रमले मात्र निजी क्षेत्र उत्साहित हुने उनको धारणा छ ।
पोखरा भ्रमणमा रहेको  सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलसँग बुधबार भएको अन्तक्र्रियामा बोल्दै अध्यक्ष कार्कीले पोखराको पर्यटन उद्योगलाई चलायमान बनाउने खालका कार्यक्रमको अपेक्षा राखिएको पनि बताए । पोखरा उद्योग वाणिज्य संघले यहाँको शिक्षा,स्वास्थ्य,पर्यटनको विकास तथा कृषिको व्यावसायिकरणका निम्ति निरन्तर पैरवी गर्दै आइरहेको बताउँदै उनले अगाडि भने,‘हामी निजी क्षेत्रको हितमात्र हेर्दैनौँ, समग्र पोखराको विकासका निम्ति पनि उत्तिकै क्रियााशिल छौँ ।’
सिन्धुपाल्चोकका व्यवसायीहरुसँग रहेको हिमालपार व्यापारको अनुभव र त्यसको महत्वबारे. संक्षिप्त चर्चा गर्दै अध्यक्ष कार्कीले गण्डकी प्रदेशको कोरोला नाका सुचारु हुँदा समग्र गण्डकी क्षेत्रका व्यवसायीहरुको निम्ति नयाँ सम्भावनाको ढोका खुल्ने धारणा राखे. । ‘कोरोलामा नेपालतिर खासै भौतिक संरचना बनेका छैनन् तर चीनसँग आयात र निर्यातको काम गर्ने अवसर आउँदै छ ।’
कार्यक्रममा बोल्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले अहिले खासा र रसुवा नाकाबाट निर्यातभन्दा बढी आयातमात्र हुने गरेको जानकारी दिँदै आयातमा आधारित अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्ने धारणा राखे । उनले नेपाल उद्योग वाणिज्य महासंघले .जिल्ला तथा नगर उद्योग वाणिज्य संघका समस्याहरुपं्रति बढी ध्यान देओस् भन्ने पोउवा संघका अध्यक्षको भनाइमा समर्थन जनाए । नेपाल उद्योग वाणिज्य महासंघमा जिल्ला नगर उद्योग वाणिज्य संघको समस्या बुझेको व्यक्ति नेतृत्वमा आउनुपर्ने अध्यक्ष बस्नेतको धारणा थियो ।
पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापतिले देशैभरका उद्योगी÷व्यवसायीहरु अहिले एउटै समस्याले पीडित भएको बताउँदै सुस्ताएको बजार चलायनमान बनाउन सरकारलाई निरन्तर दबाब दिनुपर्ने धारणा राखे । उनले नेपाल उद्योग वाणिज्य महासंघलाई मोफलसका समस्याप्रति गम्भीर बनाउनका निम्ति जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरु एकजुट हुनुुपर्ने पनि बताए ।
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यको धन्यवाद तथा संघका उपमहासचिव सुदीप प्रधानाङ्गको संचालन रहेको कार्यक्रममा संघका वाणिज्यतर्फका उपाध्यक्ष बलराम आचार्य, कोषाध्यक्ष मनोजकुमार श्रेष्ठ, कार्यसमिति सदस्यहरु जीवनकुमार श्रेष्ठ,नविन नापितलगायतको उपस्थिति रहेको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…