२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

राजन लम्सालद्धारा लायन्स अन्तर्राष्ट्रिय निर्देशक पदको इन्डोर्शी उम्मेद्वारी दर्ता

काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय निर्देशक इन्ड्रोर्सीमा राजन लम्सालले मनोनयन दर्ता गरेका छन् । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ नेपालका पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन एवं लायन्स अन्तर्राष्ट्रिय फाउण्डेशनका एरिया लिडरसमेत रहेका लम्सालले आगामी जेठ २४ गते प्रज्ञा भवन, कमलादी, काठमाडौँमा हुने लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको तेस्रो मल्टिपल कन्भेन्सनमा अन्तर्राष्ट्रिय निर्देशक इन्ड्रोर्सीको लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् ।

बुधवार होटल बेस्ट वेस्टर्न प्लसमा आयोजित एक कार्यक्रमका बीच लम्सालले तेस्रो मल्टिपल कन्भेन्सन मनोनयन समितिका चेयरपर्सन पूर्व डिष्ट्रिक्ट गर्भनर नवराज न्यौपानेलाई आफ्‌नो मनोनयन पत्र हस्तान्तरण गरेका हुन् । मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालबाट अन्तर्राष्ट्रिय डाइरेक्टर पदमा इन्डोर्सी भएमा सन् २०२६ मा हुने लायन्सको अन्तर्राष्ट्रिय सम्मेलनबाट दुई वर्षका लागि अन्तर्राष्ट्रिय डाइरेक्टर पदमा चुनिने छन् ।

लम्साल सन् १९९७ मा लायन्स क्लब अफ सङ्खुवासभा खाँदबारीको सदस्य भई लायन्सवादमा आबद्ध  भएका हुन् ।  २७ वर्षको उमेरदेखि नै सामाजिक सेवाभावका कामहरूमा जोडिएका लम्सालले सन् २०१०–११ मा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी को डिष्ट्रिक्ट गभर्नर बनेका थिए । डिष्ट्रिक्ट गभर्नर हुँदा ६५ वटा नयाँ क्लब स्थापना गरेर त्यस समयमा विश्व लायनवादको इतिहासमा नै नयाँ रेकर्ड कायम गर्न सफल भएका थिए ।

उनी सन् २०११– १२ मा मल्टिपल काउन्सिल चेयर पर्सन हुँदा रि-डिष्ट्रिङ्गको प्रपोजल तयार पारी  पारित समेत गराएका थिए । उनी सन् २०१२–१४ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ को एसएफएमडी चेयरपर्सन, सन् २०१४–१७, २०१७–१९ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ को जीएलटी को–अर्डिनेटर, सन् २०१७–१९ स्पेसियालीटी क्लब कन्ट्री को–अर्डिनेटर, सन् २०१९–२२ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ को जीएमटी को–अर्डिनेटर हुँदै लायन वर्ष २०२२–२३, २०२३–२४ र २०२४–२५ मा एलसीआईएफ एरिया लिडरको रुपमा निरन्तरता क्रियाशील भई नेतृत्व गरी रहेका छन् ।

लायन्स अन्तर्राष्ट्रियले प्रदान गरेको विभिन्न भूमिका कुशलतापूर्वक बहन गरिसकेका लम्सालले थुप्रै आर एल एल आई को–अर्डिनेटर साथै लायन्स अन्तर्राष्ट्रियले नेपालमा गर्ने एफडीआई र एलसीएफआईको लोकल को–अर्डिनेटरको भूमिका समेत निर्वाह गरिसकेका छन् ।

सन् २०१०–११ मा गभर्नर हुँदा डिष्ट्रिक्टका कार्यक्रमहरू काठमाडौँदेखि महेन्द्रनगर, नेपालगञ्ज र वीरगञ्जसम्म बिस्तार गरेका थिए । लायन्स क्लबको केन्द्रीकृत कार्यक्रमलाई विकेन्द्रीकृत गर्ने कार्यमा उनको ठूलो योगदान रहेको छ । आफ्नो गभर्नरको कार्यकालमा डिष्ट्रिक्ट ३२५ बी को भवन निर्माण अभियान शुरु गरी निर्माण सम्पन्न गरेर हस्तान्तरण समेत गरेका लम्सालले आफूले लिएको जिम्मेवारी सफलताको साथ सम्पन्न गर्दै आएका छन् ।

मनोनयन पत्र हस्तान्तरण पश्चात बोल्दै लम्सालले भने, ‘नेपालमा लायनिजमको विकास र विस्तारमा मेरो सक्रियता निरन्तर छ,’ आगामी दिनमा यो सक्रियतालाई अझ बढाउँदै नेपाललाई लायन्स मार्फत संसारभर चिनाउन अभियानमा रहने बताउदै लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टर बनेर संसारभर नेपालको झण्डा र राष्ट्रिय गानलाई चिनाउने अभियानमा लाग्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले भने-तपाईंहरू सबैको प्रेरणा, उत्साह र निरन्तर साथले लायन्स अन्तर्राष्ट्रियका लागि आज अन्तर्राष्ट्रिय निर्देशक इन्डोर्शी पदको मनोनयन पत्र औपचारिक रूपमा दर्ता गराएको छु, लायन्स अन्तर्राष्ट्रिय मल्टिपल कन्भेन्सनमा तपाईहरुको अमूल्य मत, समर्थन र साथको अपिल गर्दै विश्वास र साथले मलाई यो यात्रामा थप सफल र प्रेरित बनाउनेछ भन्ने पूर्ण विश्वास लिएको छु ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…