128Shares

धुलिखेल, काभ्रे  लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको लायन वर्ष २०२५/२६ का लागि क्याविनेट अफिसर्सहरुको स्कुलिङ कार्यक्रम सम्पन्न भएको  जेठ २-४  गते तीनदिनसम्म चलेको स्कुलिङ कार्यक्रममा डिष्ट्रिक्टका विभिन्न पदमा मनोनित सय ३३ क्याविनेट अफिसरहरुको सहभागीता रहेको थियो

लायन वर्ष २०२५/२६ का लागि क्याविनेट अफिसर्सहरूले समाज सेवामा नागरिकको दायित्व, समाज सेवाका कार्यमा क्षमता अभिबृद्धी लगायत आफ्नो पदिय जिम्मेवारीसहित लायन्सको विबिध बिषयमा केन्द्रित भएर तीन दिनसम्म प्रशिक्षण लिएका थिए

उक्त प्रशिक्षणमा लायन्स अन्तराष्ट्रियका डाईरेक्टर बालकृष्ण बुर्लाकोटी, पूर्व डाइरेक्टर संजय खेतान, पूर्व डिष्ट्रिक्ट गभर्नर एवं पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, आईड़ि ईन्ड्रोसीका उम्मेदवार राजन लम्साल, पूर्व डिष्ट्रिक्ट गभर्नरहरू इन्दु लम्साल, मन बहादुर रोका, राम बहादुर बसेल, चन्द्र कुमार केसी, वर्तमान डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानालगाएतले लिडरशिप सम्बन्धि प्रशिक्षण दिएका थिए

कार्यक्रममा मोटिभेशनल स्पिकरद्वय सुगारिका केसी बिपि रेग्मीले आउँदो बर्षका लागि डिष्ट्रिक्ट गभर्नरको नारा सर्भ, लिड, राईज को मूल मर्मसहित मोटिभेशनल क्लाससँगै लिडरशिप सम्बन्धि, साथै योगा एण्ड मेडिटेसन गुरू डा. आचार्य प्रकाशले योगा एण्ड मेडिटेसन गराएको डेजिक्नेटेड क्याविनेट सेक्रेटरी राम बहादुर श्रेष्ठले जानकारी दिए

कार्यक्रममा डिष्ट्रिक्टका अति महत्वपूर्ण पद क्याविनेट सेक्रेटरी, ट्रेजरर, चिफ एडभाईजर, पिआरओ ईन चिफ, डिष्ट्रिक्ट चिफ अफ काउन्सिलर, चिफ एडमिनिट्रेटर, एडमिनिट्रेटर्स र चिफ एम्बासडरसम्मकोलाई डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले प्रशिक्षण दिएका थिए ।

त्यस्तै, डिष्ट्रिक्ट चिफ, डिष्ट्रिक्ट एक्जुकेटिभ को–अर्डिनेटरको समुहलाई पिडिजी राम बहादुर बसेल र प्रथम भाइस  डिष्ट्रिक्ट गभर्नर इलेक्ट सुर्य कुमार केसी,  डिष्ट्रिक्ट को–अर्डिनेटर, एडिशनल को–अर्डिनेटर र एरिया को–अर्डिनेटरलाई पिएमसिसी मन बहादुर रोका, डिपार्टमेन्ट चिफ, डिष्ट्रिक्ट एम्बासडर, डिष्ट्रिक्ट पिआरओ  डिपार्टमेन्ट अफिसरलाई पिडिजी इन्दु लम्साल र द्वित्तीय भाइस  डिष्ट्रिक्ट गभर्नर इलेक्ट शैलेन्द्र मोहन भट्टराईले सहजीकरण गरेका थिए ।

यसैगरी, रिजन चेयरपर्सनका लागि निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी र  जोन चेयरपर्सनहरूको लागि लायन्स अन्तर्राष्ट्रिय एरिया लिडर एवं आईड़ि इन्डोर्सी उम्मेद्वार राजन लम्सालले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा इलेक्ट डिष्ट्रिक्ट गभर्नर पाण्डेले आफ्ना भाबी कार्यक्रम रणनितीका बारेमा जानकारी गराउदै लायन बर्ष २०२५ /२६ को स्लोगन सर्भ, लिड राइज नाराको मर्म भावना अनुसार सम्पुर्ण लायनहरुले आफुलाई समाज सेवाका लगि बिशिष्ट खालका सामाजीक कार्यहरुमा लगाउन आग्रह गरिन् बिशेष गरी मानविय सेवा क्षेत्रको नेतृत्व गर्नका लागि नेतृत्व उत्पादनमा प्रेरित गर्न  लक्ष्यहरू प्राप्त गर्न उनीहरूलाई पूर्ण क्षमतावान बनाउन मद्दत गर्नको लागि मनोनित पदाधिकारीहरुसँग सहयोगको प्रतिबद्धता माग गरेकी थिईन्

उनले भनिन्, ‘सेवा हाम्रो पहिलो प्राथमिकता हो, नेतृत्व बिना कही पनि पुग्न सकिदैन, नेतृत्वले विश्वास निर्माण गर्छ समाजमा चिनिने मौक़ा पाउँछ आफ्नो मात्र सेवा गर्ने जो कोही पनि सफल नेता बन्न सक्दैन हामी जति धेरै अरूको आवश्यकता पूरा गर्न सक्षम हुन्छौं, त्यति नै धेरै नेतृत्व गर्ने अवसरहरू प्राप्त हुन्छ र समाजमा हाम्रो प्रभाव बढ्छ।

पाण्डेले आफ्नो कार्यकालमा गरिने योजना कामका बारेमा प्रस्तुति राख्दै डिष्ट्रिक्टले आउँदो बर्ष बिशेष गरी महिला युवालाई प्राथमिकतामा राखेर कार्य गरिने बताउदै यसका अलवा लायन्स लाईब्रेरी, लायन्स बिल्डिंग, मिसन . लाई प्राथमिकतामा राखिएको बताईन् उनले सेवा सुबिधाबाट बञ्चित सर्बसाधारणलाई स्वास्थ्य, शिक्षा, वातावरण, जनचेतना अभिबृद्धी सामाजीक जागरण ल्याउने खालका कार्य योजनाहरु सञ्चालन ल्याईने पनि उनले बताईन् बिगतका बर्षका कार्यलाई निरन्तरता दिदै नवीनतम ढंगले समाजमा लायन्सलाई ब्रान्डिंग हुने कामहरू गरिने बताउँदै मनोनित पदाधिकारीहरुसँग सहयोगको प्रतिबद्धता माग गरेकी थिईन्

साथसाथै लिड़रशिप, फेलोसिप  सामाजिक सेवाका कार्यसँगै स्वास्थ्य शिविर, सरसफाइ, रक्तदान, बृक्षारोपण, स्कुल एडप्ट कार्यक्रम, विभिन्न तालिम, खेलकुद, खानेपानी तथा सरसफाइ लगायतका कार्य पनि उच्च प्राथमिकतामा रहेको जनाएकी थिईन्

सो अवसरमा सहभागी क्याविनेट अफिसर्सहरूले गभर्नरले ल्याएका कार्यक्रमलाई पुर्णरुपमा सहयोग गर्ने भन्दै प्रतिबद्धता जनाएका थिए

128Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected