आईडि इन्डोर्सी उम्मेदवार लम्सालद्वारा प्रचार अभियान सुरु, चार डिष्ट्रिक्ट गभर्नरद्वारा समर्थन
- May 19, 2025
- 243


नेपालगन्ज : लायन्स अन्तर्राष्ट्रियको निर्देशक पदका उम्मेदवार राजन लम्सालले आफ्नो प्रचार अभियान सुरु गरेका छन् । गत वैशाख २४ गते काठमाडौंमा आईडि इन्डोर्सीको उम्मेदवारी घोषणा गरेका लम्सालले नेपालगन्जबाट आफ्नो चुनावी अभियानको सुरुवात गरेका हुन् ।
आउँदो जेठ २४ गते काठमाडौंमा हुने लायन्स अन्तर्राष्ट्रिय मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालको निर्वाचनसँगै आईडि इन्डोर्सीको पनि निर्वाचन हुनेछ ।
आईडि इन्डोर्सीका उम्मेदवार लम्सालले चुनावी अभियान कै क्रममा सोमबार लायन्स डिष्ट्रिक्ट ३२५ एन नेपालको एरिया नं. ४ का लायन्सकर्मीसँगको भेटघाट कार्यक्रममा आफूलाई मतदान गर्न आग्रह गरेका छन् ।

नेपालगन्ज क्षेत्र सन् २०१२ मा डिष्ट्रिक्ट विभाजन हुन अघि ३२५ बी अन्तर्गत थियो भने लम्साल तत्कालीन समय लायन वर्ष २०१०/२०११ का गर्भनर थिए । उनले त्यतिबेला ६५ वटा नयाँ क्लब स्थापना गरेर त्यस समयमा विश्व रेकर्ड राखेका थिए । भेटघाटका क्रममा अग्रज लायन्सकर्मीहरुले पूर्व गभर्नर लम्सालसँगका ती दिन स्मरण गर्दै क्लब अध्यक्षहरुलाई मतदान गर्न आग्रह गरेका छन् ।

सोही क्रममा डिजी इलेक्टसहित चार जना पूर्व डिष्ट्रिक्ट गर्भनरहरूले आईडि इन्डोर्सीका उम्मेदवार लम्साललाई आईडि इन्डोर्सी पदमा मत मागेका छन् ।
अभियानका क्रममा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एन नेपालका डिष्ट्रिक्ट गर्भनर इलेक्ट ज्ञानेन्द्र श्रेष्ठसँगै पूर्व डिष्ट्रिक्ट गर्भनर मुकुट ढकाल, शेमराज शाक्य, मधुसूधन शर्मालगाएतले उम्मेदवार लम्सालका लागि भोट मागेका थिए। उनिहरूले डिष्ट्रिक्ट ३२५ एनका सदस्यहरुले आफ्ना पूर्व गर्भनरलाई एकताबद्ध भइ मतदान गर्ने प्रतिबद्धता जनाउँदै प्रचार अभियानमा पनि साथ दिने प्रतिबद्वता व्यक्त गरेका थिए ।





