
पोखरा । पोखरा-८ निवासी समाजसेवी प्रेम बहादुर जिसीले आफ्नो जन्मदिनमा केदारेश्वर महादेवमणि गुरुकुल विद्याश्रमको अक्षयकोषमा रकम जम्मा गरेका छन् ।
जिसीले मंगलवार आफ्नो ६९औं जन्मदिनको अवसरमा श्री केदारेश्वर महादेवमणि सेवा आश्रम समितिद्वारा संचालित श्री केदारेश्वर महादेवमणि वैदिक गुरुकुल विद्याश्रमका विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने हेतुले १ लाख ८ हजार ११ रूपैयाको चेक विद्याश्रमको अक्षयकोषमा रकम जम्मा गरेका हुन् ।
सराङकोट धार्मिक एवं पर्यटन विकास समितिका अध्यक्ष समेत रहेका जिसीले श्रीमतीद्वय चन्द्रकला जिसी र शर्मिला जिसीको उपस्थितिमा श्री केदारेश्वर महादेवमणि मन्दिर एवं केदारेश्वर वैदिक गुरूकुल बिधाश्रमका पिठाधिस डा. लेखनाथ आचार्यलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरण गर्दै जिसीले वैदिक गुरूकुल बिधाश्रम व्यवस्थित र दीर्घकालीन रूपमा संचालन गर्न सहयोग पुगोस् भन्ने हेतुले जन्मदिनको अवसर पारी बिधाश्रमद्वारा संचालनमा रहेको अक्षयकोषमा रकम जम्मा गर्न पाउँदा गर्व महशुष भएको प्रतिक्रिया दिएका छन्।











