4Shares
पोखरा । पोखराको बाटुलेचौरमा आयोजित एकल महिलाको लागि उनी धागो कपडा बुनाई तालिम सम्पन्न भएको छ।
वडा कार्यालय पोखरा १६ को सहयोगमा मानव अधिकारका लागी महिला एकल महिला समुहको आयोजनामा ५ दिनसम्म चलेको तालिममा त्यस क्षेत्रका एकल महिला सहभागि थिए। उनीहरूलाई प्रशिक्षक कमला थापा र गिता तिमिल्सिनाले प्रशिक्षण दिएका थिए । तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले एकल महिला लक्षित यस  तालिमले उनीहरूको दैनिक जीवनचर्यालाई सहज र सिपमुलक बनाउने बताए ।
कार्यक्रममा वडा सदस्य मञ्जु नेपाली, हिमालय क्लवका अध्यक्ष मोहन थापा, परोपकार महासंघका अध्यक्ष होमनाथ पौडेल, समाजसेवी पार्वती तिमिल्सिना, कोत मामलियतका सचिव नारायण देवकोटा लगायतकाले तालिम फलदायी रहेको बताउँदै, सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गरे ।
समुहका अध्यक्ष दुर्गा केसी थापाको अध्यक्षतामा भएको समापन कार्यक्रममा स्वागत उपाध्यक्ष अञ्जना अधिकारी र  कोषाध्यक्ष मनमाया नेपालीको संचालन रहेको थियो  ।
4Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected