२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

मेलमिलापकर्ताहरूका लागि मेलमिलाप सम्बन्धी आधारभूत तालिम

पोखरा । पोखरामा मेलमिलापकर्ताहरूका लागि मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिको आयोजना तथा सामुदायिक मेलमिलापकर्ता समाजको सहजिकरणमा सुरु तालिमको नगरप्रमुख धनराज आचार्यले शुभारम्भ गरेका छन् ।

तालिमको शुभारम्भ गर्दै नगरप्रमुख आचार्यले सामाजिक अनुशासन र मर्यादा कायम राख्न मेलमिलाप नै महत्त्वपूर्ण हुने बताए । वार्ता र शालीन संवादको माध्यमबाट सामाजिक एकता, शान्ति र अनुशासन कायम राख्दै भयमुक्त वातावरण तयार गर्न सकिने उनले  बताए । संसारमा भएका भयानक युद्धहरू समेत वार्ता र छलफलको माध्यमले मेलमिलाप र समझदारीमा गएर टुङ्गिएको दृष्टान्त उल्लेख गर्दै उनले सामाजिक रूपमा देखिने कुनै पनि प्रकारका विवादहरूको समाधानमा मेलमिलापकर्ताले खेल्ने भूमिका निष्पक्ष र न्यायोचित हुनुपर्ने बताए ।

न्यायिक समिति संयोजक एवम् उपप्रमुख मन्जुदेवी गुरुङले अदालत, अख्तियार र अस्पताल सकेसम्म जान नपर्ने अवस्थाको सृजना गर्नुपर्नेमा जोड दिएकी छन् । मानिसहरूले सास्ती खेप्नु पर्ने यस्ता झन्झटिला प्रक्रिया र अवस्थाहरूको सामना गर्न नपर्ने गरी सामाजिक मेलमिलाप र अनुशासन कायम गर्न इमानदार हुनुपर्ने बताईन् । आफूहरू सहिष्णु महानगरपालिका निर्माणको अभियानमा रहेको समेत बताईन् । महानगरमा आउने विवादहरूलाई शान्तिपूर्ण र न्यायोचित ढङ्गले समाधान गर्ने प्रयत्न गर्ने गरिएको उनले बताईन् ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना, वडा नम्बर १७ की वडाध्यक्ष राधिका कुमारी शाही योगी, न्यायिक समिति सदस्य रजनी परियार, कालिदास पोखरेल, कानुन अधिकृत नारायणप्रसाद शर्मा र मेलमिलापकर्ता संयोजक सोम लम्साल लगायतले विवादहरूको समाधानमा मेलमिलापकर्ताको भूमिकाका बारे बोलेका थिए ।

१७ ज्येष्ठसम्म सञ्चालन हुने तालिममा ३३ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…