20Shares

काठमांडौ लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको मल्टिपल कन्भेन्सनको तयारी पूरा भएको

लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालका मल्टिपल काउन्सिल चेयरपर्सन रमेश कुमार लामाले जेठ २४ गते शनिवार काठमाडौंको प्रज्ञा भवन हुने मल्टिपल कन्भेन्सनको तयारी पूरा भएको बताएका छन्

मन्टिपल कन्भेन्सन सम्पन्न गर्नका लागि पूर्व डिष्ट्रिक्ट गर्भनर धुर्व बहादुर थापा संयोजक रहेको सदस्यीय मूल आयोजक समिति विभिन्न २१ वटा उपसमिति गठन भएको थियो

मूल आयोजक समितिका संयोजक थापाका अनुसार समितिको सहसंयोजकमा डिष्ट्रिक्ट ३२५ पि नेपालका क्याविनेट सेक्रेटरी माधव प्रसाद खनाल, सदस्यहरुमा क्रमशः डिष्ट्रिक्ट ३२५ एमका डिष्ट्रिक्ट कोचिफ एडभाईजर गिता शर्मा चापागाई, डिष्ट्रिक्ट ३२५ आर का क्लस्टर चिफ सुशील मल्ल डिष्ट्रिक्ट ३२५ जी का एलसिआईएफ डिपार्टमेन्ट को-अर्डिनेटर गणेशमान मुश्याखो रहेका छन्

मन्टिपल कन्भेन्सन सम्पन्न गर्नका लागि डिष्ट्रिक्ट ३२५ जे नेपालले जिम्मेवारी पाएको थियो थापाका अनुसार मन्टिपल कन्भेन्सनको सम्पूर्ण तयारी अन्तिम पूरा भएको उनले जानकारी दिए

मन्टिपल कन्भेन्सनबाट लायन बर्ष २०२५/२६ का लागि नयाँ नेतृत्व समेत निर्विरोध भएको निर्वाचन समितिका संयोजक पूर्व डिष्ट्रिक्ट गभर्नर ड़ि.आर. खनालले जानकारी दिए खनालका अनुसार आधिकारिक घोषणा जेठ२४ हुने मन्टिपल कन्भेन्सनमा गरिने । समितिको सह-संयोजकमा किशोर बराल, मदन मुल्मी, निरन्जन श्रेष्ठ र शोभाकान्त बस्याल रहेका छन् । 

खनालका अनुसार कन्भेन्सनले नयाँ मल्टिपल काउन्सिल चेयरपर्सनमा मिलन थापा, भाईस मल्टिपल काउन्सिल चेयरपर्सनमा बिधान जोशी, काउन्सिल सेक्रेटरीमा बबरजंग थापा  काउन्सिल टेजररमा नवराज सापकोटा चयन भएका छन् भने जोईन्ट सेक्रेटरी ट्रेजररको मनोनयन नपरेकोले नवनिर्वाचित टिमले पछि चयन गर्ने  

त्यस्तैयस बर्षको मन्टिपल कन्भेन्सनले उक्त कन्भेन्सनले अन्तर्राष्ट्रिय डाइरेक्टर इन्डोर्सीको पनि चुनाव गराउने  मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालबाट अन्तर्राष्ट्रिय डाइरेक्टर पदमा इन्डोर्सी भएमा सन्२०२६ को लायन्सको अन्तर्राष्ट्रिय सम्मेलनबाट दुई वर्षका लागि चुनिने छन्  उक्त कन्भेन्सनमा १५ वटै डिष्ट्रिक्टका क्लबबाट क्रेड्रेन्सियल लिनु भएका लायन्स लिडरहरु भोटर रहनेछन् 

डिष्ट्रिक्ट ३२५ जे नेपालका डिष्ट्रिक्ट गर्भनर एवं आगामी बर्षका लागि निर्विरोध मल्टिपल काउन्सिल चेयरपर्सनमा चुनिनु भएकी मिलन थापाले मन्टिपल कन्भेन्सन होस्ट गर्ने अवसर प्रदान गर्नु भएकोमा मल्टिपल काउन्सिल चेयरपर्सन रमेश लामासहितको गर्भनर मल्टिपल काउन्सिल गर्भनर्स टिमप्रति आभार समेत ब्यक्त गरेकीछन्

20Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected