6Shares

काठमांडौं । लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको मल्टिपल कन्भेन्सनले मिलन थापालाई काउन्सिल चेयरपर्सनमा निर्वाचित गरेको छ । शनिवार प्रज्ञा भवन काठमांडौमा सम्पन्न कन्भेन्सनले मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको मल्टिपल काउन्सिल चेयरपर्सनमा थापालाई निर्विरोध निर्वाचित गरेको हो 

डिष्ट्रिक्ट ३२५ जे नेपालका हालका डिष्ट्रिक्ट गभर्नर थापा लायन वर्ष २०२५/२६ को लागि काउन्सिल चेयरपर्सनमा निर्विरोध निर्वाचित भएकी हुन्। त्यस्तै, मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको भाइस काउन्सिल चेयरपर्सनमा भाईस मल्टिपल काउन्सिल चेयरपर्सनमा बिधान जोशी, काउन्सिल सेक्रेटरीमा बबरजंग थापा  काउन्सिल टेजररमा नवराज सापकोटा निर्वाचित भएका छन्  भने जोईन्ट सेक्रेटरी  मनोनयनन परेकोले नवनिर्वाचित टिमले पछि चयन गर्ने

मल्टीपल काउन्सिल चेयरपर्सन रमेश कुमार लामाको अध्यक्षता  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्सका अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटी, पूर्व अन्तरराष्ट्रिय डाइरेक्टर सञ्जय खेतानको बिशेष आतिथ्यतामा कन्भेन्सन सम्पन्न भएको थियो ।

6Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected