२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

नेपालमा पर्यटक बढि ल्याउन भिसा सहज बनाउनु पर्दछ– हङकङ डिष्ट्रिक्ट काउन्सिलर गुरुङ

पोखरा । हङकङकी डिष्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङले नेपालमा पर्यटक बढाउनका लागि भिजा प्रक्रिया सहज बनाउनु पर्ने बताएकी छन् । पोखरा पर्यटन परिषद्ले पोखरामा आयोजना गरेको स्वागत कार्यक्रममा गुरुङले नेपालले हङकङबाट पर्यटक बढाउने हो भने भिसा दिने प्रक्रिया सहज बनाउनु पर्ने बताइन् । उनले नेपाल आउनका लागि ६ हप्ता पहिल नै भिसा एप्लाई गर्नु पर्ने अहिलेको प्रक्रियालाई सहज बनाउनु पर्ने उनको भनाई छ । सके अनएराइभल भिसा दिए हुन्छ उनले भनिन् नभए एक हप्ता भन्दा लामो समय लाग्ने प्रक्रियालाई सहज बनाउनु पर्ने बताइन् ।

उनले हङकङ सरकारले पर्यटन क्षेत्रमा धेरै लागनी गरेको भन्दै नेपाल सरकार पनि लाग्नु पर्ने बताइन् । उनले नेपाल र पोखरामा पर्यटक बढाउन आफुहरुले विभिन्न योजना बनाएको बताइन् । पोखरा विमानस्थलबाट सिधै हङकङ उठानका लागि पहल गर्ने उनले बताइन् । हङकङमा ३० हजार नेपाली रहेकामा आधा गण्डकी प्रदेश कै भएको बताउदै पोखराबाट हङकङ सिधा उडान सम्भव भएको बताइन् । अहिले काठमाडौ दिनहु उडान भएका कारण पोखराबाट पनि हप्तामा एउटा उडान हुन सकने बताइन् ।

कार्यक्रममा एनआरएनए हङकङका कुल प्रसाद गुरुङले पोखरामा पर्यटक बढाउन आफुहरु लागेको बताए । पोखरा र नेपालका विभिन्न ठाउँको हङकङमा प्रचार प्रसार गर्ने गरेको बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले उनीहरुलाई स्वागत गर्दै नेपालमा हङकङबाट अन्य देशका पर्यटकहरु पनि आउने हुदाँ नेपाल बारे प्रचार प्रसार आवश्यक रहेको बताए ।

कार्यक्रममा पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेश भट्टराईले पोखरा विमानस्थल तयार भएका कारण हप्ता एक दिन भए पनि पोखराबाट हङकङ सिधा उडान हुनुपर्ने बताए । पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सुर्य बहादुर भुजेल, चिरञ्जीवि पोखरेल, परिषद्का उपाध्यक्ष चौ बहादुर गुरुङ, नाट्टा पोखरा अध्यक्ष किशोर दाहाल, परिषद्का महासचिब जीवनराम सापकोटा लगाएतले पोखराको प्रचार प्रसार हङकङमा हुन सके पर्यटक बढ्नेमा जोड्दिए । उनीहरुले पछिल्लो समय हङकङ र चीनबाट आउने पर्यटक घट्दै गएकाले पनि प्रचार प्रसारमा ध्यान दिनु पर्ने बताए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…