२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

हिमाल कलेज अफ म्यानेजमेन्ट र डाइनामिक एकेडेमीको अभूतपूर्व उचाइ : कृषि, उत्पादन, व्यापार, नवप्रवर्तनदेखि शिक्षामा नयाँ इतिहास

पोखरा, वैशाख ३० – छोटो समयमै गुणस्तर र संख्यात्मक रूपमा उल्लेखनीय सफलता हासिल गर्न सफल हिमाल कलेज अफ म्यानेजमेन्ट र डाइनामिक एकेडेमीले कृषि, उत्पादन, विक्रि तथा नवप्रवर्तनमा आधारित कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्। नेपालकै शिक्षा क्षेत्रलाई नयाँ आयाम दिनेतर्फ अग्रसर यी संस्थाहरूले अब परम्परागत पठनपाठनमा मात्र सीमित नरही विद्यार्थीलाई विश्व प्रतिस्पर्धा, व्यवहारिक ज्ञान र नेपाली मौलिकता बुझाउने उद्देश्यसहित अध्यापन गराइरहेका छन्।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शैक्षिक कार्यक्रममा लगातार दुईपटक उत्कृष्ट हुन सफल हिमाल कलेजले राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गतको परीक्षामा पनि उल्लेखनीय नतिजा दिँदै कीर्तिमान कायम गरेको छ।

कलेज र एकेडेमीको संयुक्त पहलमा हालैदेखि विद्यालय तहको शैक्षिक कार्यक्रम पनि सञ्चालनमा ल्याइएको छ। ‘पढाइ भनेको पाठ्यपुस्तक मात्रै होइन, बाहिरी संसार बुझ्न र आफूभित्रको सिर्जनशीलतालाई उजागर गर्न सक्ने माध्यम हो’ भन्ने ध्येयका साथ यहाँका विद्यार्थीहरू स्वयं विभिन्न व्यवसायिक र आविष्कार सम्बन्धी परियोजनामा संलग्न हुँदै आएका छन्।

कलेजका अध्यक्ष चेतनाथ भण्डारी भन्छन्, “अबको शिक्षा केवल डिग्रीको होइन, संस्कार, सीप र सिर्जनशीलता विकासको हुनुपर्छ। हामीले विद्यार्थीलाई आत्मनिर्भर बनाउने दिशामा लागेका छौं।”

क्याम्पस प्रमुख बिकल पौडेलका अनुसार, “हामीले पढाइलाई व्यवहारसँग जोड्ने काम गरिरहेका छौं। नेपालमा यस्तो शिक्षा प्रणाली आवश्यक छ जसले विद्यार्थीलाई पुस्तकमात्र होइन, जीवन बुझ्न सहयोग गरोस्।”

स्कूल निर्देशक कृष्ण गुरुङले भने, “शिक्षा भनेको अनुकरण होइन, नवप्रवर्तन हो। हाम्रो विद्यालयले विद्यार्थीलाई नेपालीपनको भावनासहित वैश्विक प्रतिस्पर्धाका लागि तयार पार्दैछ।”

स्कूल इन्चार्ज अलीना पराजुलीले थपिन्, “अबको शिक्षाले बालबालिकामा कल्पनाशीलता र समस्या समाधान गर्ने क्षमता विकास गर्नुपर्छ। हामी यही दिशामा काम गर्दैछौं।”

निवर्तमान क्याम्पस प्रमुख जनक पौडेलले भने, “शिक्षा क्षेत्रमा यस्तो बहुआयामिक पहल निकै दुर्लभ छ। डाइनामिक र हिमालको संयुक्त अभियानले भविष्यका नेतृत्वकर्ता तयार गर्नेछ।”

आउँदो असारको पहिलो साता ‘युवा र व्यवसाय’ शीर्षकमा युवासँग प्रत्यक्ष संवाद गर्ने विशेष कार्यक्रम पनि आयोजना हुँदैछ, जसमा विद्यार्थीले आफ्नै व्यावसायिक आइडिया र आविष्कार प्रस्तुत गर्नेछन्।

नेपालमा अब परम्परागत शिक्षा प्रणालीले मात्र पुग्दैन। बदलिँदो विश्व, उन्नत प्रविधि, र आफ्नै कला-संस्कृतिलाई जोगाउने उद्देश्यका साथ अगाडि बढेको हिमाल कलेज अफ म्यानेजमेन्ट र डाइनामिक एकेडेमीको यो पहल देशकै लागि उदाहरणीय बन्ने देखिन्छ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…