२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

महायज्ञबाट संकलित रकमको सदुपयोगसहित कोटीहोम स्थलको संरक्षण र अभिलेखीकरण गर्न यज्ञका संकल्पकर्तालाई सह-संयोजक पराजुलीको आग्रह

पोखरा । पोखरामा आयोजित शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञानमहायज्ञको मूल आयोजक समितिका सहसंयोजक गंगाधर पराजुलीले महायज्ञबाट संकलित रकमको सदुपयोग गर्न, महायज्ञमा संकलित रकम र खर्चको विवरण सार्बजनिक गर्न, पोखरामा आयोजित कोटीहोमको बारेमा भावी सन्ततिले समेत सहज रुपमा जानकारी पाउन सक्ने किसिमले कोटीहोम स्थलको संरक्षण र अभिलेखीकरण गर्न महायज्ञका संकल्पकर्ता बालयोगेश्वर बिजयकृष्ण मुर्ती र महायज्ञको आयोजना सहित ब्यबस्थापन गर्ने संस्था मानव सेवा फाउन्डेसनलाई आग्रह गरेका छन ।

कोटीहोम बिराट ज्ञानमहायज्ञमा शुक्रबारसम्ममा करिब ९ करोड रुपैया नगद र पोखरा लगायत विभिन्न स्थानबाट करिब ४० रोपनी जग्गा दान स्वरूप प्राप्त भएको जानकारी सोहि समारोहमा महायज्ञका संकल्पकर्ता बालयोगेश्वर बिजयकृष्ण मुर्तीले गराएका थिए ।

शनिबार संकलित रकम र केहि व्यक्ति र संस्थाबाट प्रतिबद्दता गरिएको रकम समेत गर्दा करिब १० करोड पुग्ने अनुमान आयोजकले गरेका छन । यसका साथै अन्य जिन्सी सामग्री समेत संकलन भएको मानव सेवा फाउन्डेसनले जनाएको छ । यसरी संकलित रकम सहित खर्चको विवरण सार्बजनिक गर्न, संकलित रकमको दुरुपयोग हुन नदिन र संकलित रकम पहिले प्रतिबद्दता गरिए अनुसारका काममा  गर्नुपर्ने कुरामा महायज्ञ मूल आयोजक समितिका सहसंयोजक पराजुलीले जोड दिएका छन ।

महायज्ञ समापनको दिन आयोजित बिशेष धार्मिक सभामा आयोजक समितिको तर्फबाट बोल्दै सहसंयोजक पराजुलीले विषम परिस्थितिको बिचमा गरिएको कोटीहोममा ३० लाख भन्दा बढी सर्बसाधारण र भक्तजनको सहभागिता रहनु र करोडौं रुपैया नगद सहित करोडौं मूल्य पर्ने जग्ग्गा दान स्वरूप प्राप्त हुनुलाई महायज्ञको अपार सफलताको रुपमा ब्याख्या गरे । उनले भने. “महायज्ञमा लाखौं सर्बसाधारण एबम भक्तजनको सहभागिता हुनु,  करोडौं रुपैया सहित दर्जनौं रोपनी जग्गा दान हुनु र विभिन्न किसिमको जिन्सी सहयोग जुट्नु चानचुने कुरा हैन । यसले महायज्ञ प्रति पोखरेली सहित गण्डकी प्रदेशका बासिन्दाको अपार समर्थन रहेको पुष्टि हुन्छ  ।

महायज्ञको पुर्ब निर्धारित स्थान परिबर्तन हुँदा, महायज्ञको प्रभावकारी ब्यबस्थापन गर्दा र विभिन्न किसिमका प्रतियोगिता र सम्मान जस्ता कार्यक्रम सहित महायज्ञ स्थलको साजसज्जा समेतका काममा मोटो रकम खर्च गरिएको महशुस मलाई पनि भएको छ । तर, विषम र प्रतिकुल परिस्थितिमा आयोजना गरिएको महायज्ञबाट जे जति संकलन भयो, जे जति भक्तजनहरु आउनुभयो, यो नै ठुलो र महत्वपुर्ण कुरा हो भन्ने मलाई लागेको छ।” आँफु संचार र राजनीतिक क्षेत्रबाट समाजमा परिचित भएपनि यो महायज्ञमा सहभागी भएका कारण धार्मिक क्षेत्रमा समेत क्रियाशील रहने चाहना जागेको भन्दै उनले लाखौ मानिसको सहभागितामा महिनौं दिन चलेको यस किसिमको कार्यक्रममा कुनै पनि अप्रिय घटना नहुनु सबै पोखरेलीको लागि सुखद पक्ष भएको जनाए । “पोखरा भ्रमण बर्षको घोषणा गर्न भनि आयोजना गरिएको छोटो समयको कार्यक्रममा बेलुन पड्किएर संघिय सरकारका मन्त्री र पोखरा महानगरका प्रमुख समेत घाइते हुने गरि दुखद घटना भयो तर लाखौँ भक्तजनको सहभागितामा महिनौसम्म संचालन भएको कोटीहोम कार्यक्रम कुनै बिघ्न बाधा र दैबीबिपत्ति बिना सहजता पुर्बक सम्पन्न हुन सक्यो यो पोखरेलीहरुको लागि गौरबको कुरा मात्र नभएर भगवानको कृपा समेत हो भन्ने मलाई लागेको छ” उनले स्पष्ट पारे ।

उनले पोखरामा आयोजित कोटीहोम महायज्ञ ऐतिहासिक बनेको बताउंदै महायज्ञका कारण धार्मिक सनातन धर्म र संस्कृति सम्बन्धमा धार्मिक जागरण र चेतना जागृत गर्ने, पोखरामा धार्मिक एबम अन्य पर्यटकहरुलाई भित्र्याउने गरि पोखराको प्रबर्दन भएको, जस्तो सुकै कठिन परिस्थितिमा पनि पोखरेली सर्बसाधारणहरुको सहयोग र समर्थन प्राप्त हुन्छ भन्ने सन्देश फैलिएको, पोखराको आर्थिक गतिबिधि चलायमान भएको र विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरु र संघसंस्थाले सम्मानित भएको महशुस गरेको साथै वक्तृत्वकला र भजन प्रतियोगिता सहित भजनकृतन र प्रवचनजस्ता कार्यक्रमका कारण थुप्रै व्यक्तित्वहरुको प्रतिभा उजागर हुनपुगेको स्पष्ट पारे।

बिधिसम्मत तरिकाले पोखरामा आयोजना हुने कार्यक्रममा पोखरेली संघसंस्था र सरकारको समेत सहयोग हुनुपर्ने खाँचो पनि सहसंयोजक पराजुलीले औंल्याए । कोटीहोमको शुरुवातसंगै अनेकन बजारहल्ला चलाइयो, महायज्ञ शुरु हुन सक्दैन, शुरु भएपनि कोहि मान्छे वा भक्तजन आउँदैनन्, अनि महायज्ञको बिचमा नै आयोजकहरु पोखरा छोडेर बाहिरिन्छन र केहि स्वार्थ पुरा गर्न चाहनेहरु मात्र आर्थिक लाभ लिएर महायज्ञको समितिमा बसेको छन भन्ने जस्ता निकृष्ट बजारहल्लाहरु समेत धेरैबाट चलाइयो । तर म स्पष्ट पार्न चाहन्छु, म सहित समितिमा रहने अधिकांश साथीहरुले पनि आफ्नो समय मात्र नभएर आर्थिक रुपमा महायज्ञलाई सहयोग गर्नुभएको छ ।

उनले कोटीहोम पोखराको प्रबर्दन गर्न, सनातन धर्म र संस्कृति सम्बन्धि धार्मिक एबम आध्यात्मिक जागरण फैलाउन सहयोगी बन्ने महशुस भएकोले नै आँफु आयोजक समितिमा जोडिएको उनले स्पष्ट पारे । मैले महायज्ञ आयोजक समितिको जिम्मेवारी नलिंदा पनि नागरिक समाज, राजनीतिक दल र जनप्रतिनिधि सहित बिभिन्न क्षेत्रका व्यक्तित्वहरु समक्ष यस किसिमको धार्मिक अनुष्ठानलाई बिबादित बनाएर अबरोध गर्नु उपयुक्त नहुने बरु ब्यबस्थित र विधिसम्मत रुपमा गर्न लगाउनुपर्ने भन्ने धारणा राख्दै आएको थिए । उनले भने, शुरुवातमा महायज्ञको बिरोध गर्नेहरु पनि पछिल्लो समय महायज्ञको सहयोगी बन्न पुगे,  पोखरा महानगरपालिकाले पनि महायज्ञ संचालन भएपछि सहयोगी भूमिका निर्बाह गरेको र समयाबधि थप गर्न सहज ढंगले अनुमति दियो, यो खुसीको कुरा हो ।

महायज्ञको समापनका अबसरमा बोल्दै महायज्ञका संकल्पकर्ता बालयोगेश्वर बिजय कृष्णमुर्तीले महायज्ञमा संकलित रकम अनाथ बालबालिकाको आश्रम निर्माण सहित पोखराका केहि धार्मिक स्थल र मठ मन्दिरको लागि पुर्ब प्रतिबद्दता अनुसार नै खर्च गरिने स्पष्ट पारे । महायज्ञमा केहि दाताहरुले प्रतिबद्दता गरे अनुसारको रकम संकलन हुन बाँकी रहेको र खर्चको पनि सम्पूर्ण विवरण आउन बाँकी रहेकोले असार महिनासम्ममा कोटीहोम महायज्ञको आम्दानी खर्चको विवरण सार्बजनिक गरिने उनले सुनाए । संकलित रकमको दुरुपयोग हुनेमा शंका नगर्न आग्रह गर्दै उनले पूर्व प्रतिबद्दता अनुसार नै रकम खर्च हुने स्पष्ट पारे ।

उनले महायज्ञमा सहयोग र समर्थन गर्ने पोखरेली सहित सबै प्रति आभार प्रकट गर्दै नेपाल र बाहिरबाट धर्मगुरुहरु र प्रशिद्द कथाबाचकहरु आएर प्रवचन र आशिर्बचन दिएकोले मात्र नभएर १ सय वटा कुण्डमा गरिएको करोडौं हवन सहित अन्य धार्मिक अनुष्ठानबाट हजारौँ पोखरेलीहरु लाभान्वित बनेको बताए  आगामी दिनमा देशका अन्य स्थानमा हुने महायज्ञमा पनि सबैको सहयोग र समर्थनको उनले अपेक्षा गरे ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…