
लमजुंग । पोखरा बाबा फाउन्डेसन नेपालले लम्जुङको सुन्दर बजार नगरपालिका परेवाडाँडास्थित महेन्द्र मन्दिर मावि मा शैक्षिक सामग्री वितरण गरेको छ ।

शुक्रवार बिधालयमा आयोजित एक कार्यक्रमका वीच फाउन्डेसनका अध्यक्ष दिलिपराज श्रेष्ठले विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष रामचन्द्र सेढाई र प्रधानाध्यापक हरिकृष्ण कोइरालालाई उक्त शैक्षिक सामग्रीसहित डस्विन हस्तान्तरण गरेका हुन।
बालबालिकाको सुन्दर भविष्य र वातावरणका लागि शैक्षिक सामग्रीले सहयोग पुग्ने धारणा राख्दै फाउन्डेसनका अध्यक्ष श्रेष्ठले अति विपन्न, गरिब तथा जेहन्दार विद्यार्थीका लागि फ़ाउण्डेशनले निरन्तर काम गर्ने बताउदै आफ्नै जन्मथलो लम्जुङमा आएर बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गर्न पाउँदा गौरवबोध भएको श्रेष्ठको भनाइ थियो ।
वि.सं. २०६५ सालमा पोखरामा स्थापित बाबा फाउन्डेसन नेपालले बालबालिका र वातावरणको क्षेत्रमा काम गर्दै आएको नाफारहित संस्था हो ।’नेपाली मन, नेपाली पन र नेपाली धन’ को भावनाले ओतप्रोत संस्थाले बालबालिकाका लागि शैक्षिक वातावरण बनाउन प्रतिवद्ध रहेको छ। फाउन्डेसनले ‘सबैको लागि समान शिक्षा कार्यक्रम अन्तर्गत स्कुले बालबालिकाको शैक्षिक विकासमा जोड दिँदै आएको छ ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राम चन्द्र सेढाईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिकृष्ण कोइरालाले विद्यालयका गतिबिधि बारे प्रकाश पारेका थिए ।














