२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

पढाइसँगै कमाइको पाठ: हिमाल कलेजले सुरु गर्‍यो विद्यालय तहमै व्यावहारिक कृषि र व्यवसायिक अभियान

पोखरा । पढाइ मात्र हैन, सिकाइ र कमाइलाई पनि सँगै अघि बढाउनु पर्ने अवधारणालाई व्यवहारमा उतार्दै  हिमाल कलेज अफ म्यानेजमेन्ट तथा डाइनामिक एकेडेमीले ले यस  वर्षदेखि “हेरौं, सिकौं र कमाऔं” भन्ने मूल नारासहित विद्यालय तहमै व्यावहारिक तथा व्यवसायिक शिक्षाको अभियान सुरु गरेको छ।

यस अभियानअन्तर्गत कक्षा ११ देखि नै विद्यार्थीहरूलाई कृषि तथा साना व्यवसायसँग सम्बन्धित स्व–लगानीमा आधारित प्रोजेक्टहरू सञ्चालन गराइँदैछ। विद्यार्थीहरूले तीन महिनादेखि एक वर्षसम्म प्रतिफल दिने योजनामार्फत बासमति खेती, औषधीय वनस्पति उत्पादन, अर्गानिक मल निर्माण, बिरुवा संरक्षण र फलफूल व्यवस्थापन जस्ता विभिन्न तालिम तथा व्यवहारिक ज्ञान लिइरहेका छन्।

कृषि विज्ञ डा. विश्वास सुवेदीको प्राविधिक सुपरिवेक्षणमा सञ्चालन भएको यस कार्यक्रमले विद्यार्थीहरूलाई श्रम, लगानी, उत्पादन, बजार अनुसन्धान (मार्केट रिसर्च), मार्केटिङ आदिका कुराहरूमा दक्ष बनाउन मद्दत गरेको छ।

विद्यालय निर्देशक कृष्ण गुरुङ भन्छन्, “पुस्तकमा सिमित नभई व्यवहारमा आधारित ज्ञान नै विद्यार्थीको भविष्य बनाउँछ भन्ने मान्यताले हामीले यस अभियानको थालनी गरेका हौं।”

स्कुल इन्चार्ज एलिना पराजुलीले थपिन्, “हामी विद्यार्थीहरूलाई सानो उमेरदेखि नै लगानी र आत्मनिर्भरता सिकाउने प्रयासमा छौं। १२ कक्षा सकिएपछि उनीहरू रोजगारका लागि मात्र होइन, आफैं सानो व्यवसाय सञ्चालन गर्न सक्ने योग्य बनिसकेका हुन्छन्।”

विद्यालय अनुशासन इन्चार्ज सुरेश लामाले यस कार्यक्रमबाट विद्यार्थीमा आएको परिवर्तन देखेर आफू उत्साहित भएको बताए।

कार्यक्रमका बारेमा कलेज अध्यक्ष चेतनाथ भण्डारी भन्छन्, “यो एक नयाँ पुस्तालाई आत्मनिर्भर र व्यवहारिक बनाउने अभियान हो। यसबाट विद्यार्थीको आत्मविश्वास, कार्यकुशलता र नेतृत्व क्षमता अभिवृद्धि भएको छ।”

यसैबीच स्नातक तहमा पनि यसै किसिमका कार्यक्रमहरू सन्चालित छन्। BBS तहमा Banking Training, Industrial Field Visit लगायतका कार्यक्रमहरू समावेश गरिएको छ। यसले गर्दा TU अन्तर्गतको परीक्षामा हिमाल कलेजले दुईपटकसम्म देशकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो।

हिमाल कलेजको यो कार्यक्रमले विद्यालय र कलेज तहमा व्यवहारिक शिक्षा आवश्यक छ भन्ने सन्देश दिएको छ। अन्य विद्यालय तथा कलेजहरूले पनि यस्तो नमुना कार्यक्रम अवलम्बन गर्नुपर्ने आवश्यकता देखिएको छ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…