19Shares

पोखरा । बाबा फाउन्डेशन नेपालले पोखरा-७, मासबारमा रहेको श्री कृष्ण माविमा शैक्षिक सामाग्री तथा डस्टवीन वितरण गरेको छ ।
बिहिवार बिद्यालयमा आयोजित एक कार्यक्रमका बीच फाउन्डेसनका अध्यक्ष दिलिपराज श्रेष्ठले विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष शोभाचन्द्र बराल र प्रधानाध्यापक प्रेम प्रसाद चपाईलाई उक्त शैक्षिक सामग्री, बिधालय पोशाकसहित डस्विन हस्तान्तरण गरेका हुन ।

शैक्षिक सामाग्रीमा १०० दर्जन कापी, ७० प्याकेट पेन, १५ दर्जन सिसा कलम, कटहर, इरेजर सहित १५ थान ड्रेस र ३ वटा डस्टविन रहेको छ ।

बालबालिकाको सुन्दर भविष्य र वातावरणका लागि शैक्षिक सामग्रीले सहयोग पुग्ने धारणा राख्दै फाउन्डेसनका अध्यक्ष श्रेष्ठले अति विपन्न, गरिब तथा जेहन्दार विद्यार्थीका लागि फ़ाउण्डेशनले निरन्तर काम गर्दै आएको बताए ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष शोभाचन्द्र बरालले सहयोग प्रति फाउन्डेशनलाई धन्यवाद दिदै निस्वार्थ भाव भएका व्यक्ति र संस्थाहरुको सहयोगले विद्यालयको शैक्षिक एवम भौतिक प्रगती क्रमशः हासिल गर्दै जाने विश्वास प्रकट गरे ।

विद्यालयका शिक्षक दिनेश बरालले विद्यालयका गतिबिधि बारे प्रकाश पार्दै कार्यक्रम संचालन गरेका थिए ।

वि.सं. २०६५ सालमा पोखरामा स्थापित बाबा फाउन्डेसन नेपाल बालबालिका र वातावरणको क्षेत्रमा काम गर्दै आएको नाफारहित संस्था हो । नेपाली मन, नेपाली पन र नेपाली धन’ को भावनाले ओतप्रोत संस्थाले बालबालिकाका लागि शैक्षिक वातावरण बनाउन प्रतिवद्ध रहेको छ । फाउन्डेसनले ‘सबैको लागि समान शिक्षा’ कार्यक्रम अन्तर्गत स्कुले बालबालिकाको शैक्षिक विकासमा जोड दिँदै आएको छ ।

19Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected