
पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको सल्लाहकार परिषदको बैठक चितवनमा हुने भएको छ ।
असार २० र २१ गते (शुक्रवार र शनिवार) चितवन भरतपूर–१०, स्थित होटल सिराईचुलीमा सम्पन्न हुने बैठकमा लायन बर्ष २०२५/२६ का डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेद्वारा मनोनित डिष्ट्रिक्टका सिनियर लायन्स लिडरहरूको उपस्थिति रहनेछ ।
आगामी बर्षका मनोनित डिष्ट्रिक्टका प्रमुख सल्लाहकार बिष्णुप्रसाद भण्डारीको अध्यक्षतामा हुने बैठकमा सल्लाहकार परिषदका सदस्यले आफ्नो राय, सल्लाह तथा सुझाव पेस गर्ने छन् ।
परिषद बैठकमा डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, लायन्स अन्तर्राष्ट्रिय डाईरेक्टर (इन्डोर्सी) राजन लम्साल, डिष्ट्रिक्ट गभर्नर (निवर्तमान हुदै गर्नु भएका) बिनोद ढुङगाना, प्रथम र द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नरद्वय सूर्यकुमार केसी, शैलेन्द्र मोहन भट्टराई, पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन मन बहादुर रोका, पूर्व डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, राम बहादुर बसेल, इन्दु लम्साल, डिष्ट्रिक्ट गभर्नर खरेलद्वारा मनोनित डिष्ट्रिक्टका सिनियर लिड़रको उपस्थिति रहने प्रमुख सल्लाहकार भण्डारीले बताए ।
कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर पाण्डेले आफ्नो बार्षिक कार्यक्रम, डिष्ट्रिक्ट र अन्तर्राष्ट्रिय अध्यक्षका महत्त्वपूर्ण भावी योजना साथै आगामी बर्ष डिष्ट्रिक्टमा लागू हुने नीति नियम तथा पालना गर्नुपर्ने नयाँ निर्देशन बारे जानकारी गराउने कार्यक्रम रहने भण्डारीले बताए ।
फर्मल ड्रेस कोडमा सहभागितका रहने सहभागिलाई समन्वय गर्न बागमती एरिया मेनका लामा र रामहरि सिलवाल साथै गण्डकी एरियामा ऋषि गिरी, अमृता शोभा खत्री र युवराज खनाललाई जिम्मेवारी तोकिएको छ ।








