माछापुछ्रे, कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८२÷८३ का लागि ६७ करोड ९९ लाख ५१ हजार वजेट प्रस्ततु गरेको छ । माछापुच्छ्रे गाउँपालिाकाकी उपाध्यक्ष सीता अधिकारीले आगामि आर्थिक वर्षका लागि ६७ करोड ९९ लाख ५१ हजार वजेट प्रस्तुत गरेकी हुन् ।
जस अन्तर्गत संघीय सरकार वित्तिय समानिकरण अनुदान ११ करोड २४ लाख, संघीय सरकार सर्शत अनुदान २७ कोरोड ९४ लाख, संघ समपुरक अनुदान तर्फ ८१ लाख, संघीय सरकार राजश्व वाँडफाँट १२ करोड १९ लाख, संघ रोयल्टी बाँटफाँट बाट ४३ लाख रुपैया मात्र अनुमान गरिएको छ ।
प्रदेश सरकार वित्तिय समानिकरण अनुदान रु १ करोड २६ लाख ५९ हजार, प्रदेश सरकार विशेष अनुदान ४० लाख र प्रदेश सरकार समपुरक अनुदान ६० लाख, प्रदेश सरकार शशर्त अनुदान २ लाख, प्रदेश राजश्व वाडँफाँड तर्फ १ करोड १२ लाख ४४ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
माछापुच्छ्रे गाउँपालिकाको आन्तरिक राजश्व अनुमान रु २ करोड ९५ लाख चालु वर्षको बैंक मौज्दात ५ करोड ६४ लाख ३३ हजार अनुमान गरिएको छ ।
यता विषयगत क्षेत्रगतको पुर्वधार विकास तर्फ रु ११ करोड ५० लाख ५० हजार, सामाजिक विकास तर्फ ४ करोड ९४ लाख ३३ हजार, आर्थिक विकास तर्फ २ करोड ४४ लाख ८ हजार, वातावरण तथा विपद् व्यवस्थापन तर्फ ९५ लाख, संस्थागत विकास सेवा प्रवाह तथा सुशासन तर्फ १ करोड ६४ लाख ५० हजार, गाउँपालिका कार्यालय तथा मातहत कार्यालय संचाल तथा व्यवस्थापनमा १० करोड ८० लाख १० हजार र अन्य फिर्ता गर्नुपर्ने रकमहरु २ करोड ३५ लाख र वडागत बजेट तर्फ ५ करोड ४० लाख र शशर्त अनुदानमा २७ करोड ९६ लाख ५१ हजार छुट्टाइएको छ ।
‘पर्यटन, कृषि, उर्जा र पूर्वाधारः समुन्नत माछापुच्छ्रे निमार्ण मूल आधार’ भन्ने मुल नारालाई साकार पार्ने योजनाका साथ आगामि आर्थिक वर्षको वजेट तय भएको उपाध्यक्ष अधिकारीले जानकारी दिइन् ।
यसैगरी माछापुच्छ्रे गाउँपालिकाको १७ औं गाउँसभाले अवको आर्थिका बर्ष देखि लागूहुने गरी नागरिकता सिफारिस शुल्क नलाग्ने निर्णय गरेको अध्यक्ष मिनबहादुर गुरुङले जानकारी दिए । गाउँसभाको सहजिकरण पालिकाका प्रमुख प्रशाशकीय अधिकृत केशव सुवेदीले गरेका थिए ।
आर्थिक वर्ष 208२/8३ को बजेट वक्तव्यको पूर्ण पाठ
सभाध्यक्ष ज्यू,
गाउँसभा सदस्यज्यूहरु,
आज हामी यस माछापुच्छ्रे गाउँपालिकाको आगामी आर्थिक वर्ष 208२/8३ को वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा यस गरिमामय सभामा उपस्थित भइरहेका छौँ। यस सम्मानित गाउँसभामा उपस्थित आदरणीय सभाध्यक्षज्यू, सभाका सदस्यज्यूहरु, सभाका सचिवज्यू, कर्मचारीतथा संचारकर्मीहरु लगायत सम्पूर्णमा स्वागत गर्न चाहन्छु । संघीयता कार्यान्वयनपछि सम्पन्न भएको दोस्रो स्थानीय तहको निर्वाचन पछिको चौथो वर्षमा हामी यो बजेट तथा कार्यक्रम प्रस्तुत गर्न गईरहेका छौँ । राष्ट्रिय स्वाधिनता, लोकतन्त्र, सुशासन र सम्बृद्धिको लागि नेतृत्व गर्नु हुने अग्रज नेतागण, नागरिक समाज, सञ्चार जगत तथा सम्पूर्ण जनमुदायमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहान्छु । नेपालमा लोकतन्त्र तथा गणतन्त्रको स्थापनाका खातिर विभिन्न कालखण्ड तथा आन्दोलनको क्रममा ज्यानको आहुति गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरु प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।
चालु आर्थिक वर्षमा गाउँसभा संचालनको लागि कानूनले निर्धारित गरेकोसमय सिमा भित्र नै माछापुच्छ्रे गाउँपालिकाको बजेटतथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा निकै खुशी लागेको छ। यस सुखद अवसरमा गाउँ सभा संचालनका लागि एकतावद्ध रहदै सहयोग गर्नुहुने सभाका सदस्यज्यूहरु, राजनैतिक दलका प्रतिनिधिज्यूहरु,माछापुच्छ्रे गाउँपालिकाबासी सम्पूर्ण आमा,बुवा, दाजुभाई, दिदीबहिनीहरु लगायत संबद्ध सबैमा हार्दिक आभार प्रकट गर्दै यसको कार्यान्वयनमा पनि सदैव साथ र सहयोगको पूर्ण अपेक्षा गर्दछु।
सभाध्यक्षज्यू,
चालु आर्थिक वर्ष 20८१।08२ को हालसम्मको आय र व्ययको संक्षिप्त विवरण प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
1. चालु आर्थिक वर्ष 20८१/8२ को असार ८ गते सम्मको कूल बजेटरु 6५ करोड ६५लाख २५ हजार ५ सय रहेकोमा वास्तविक आय रु 5४ करोड ३४ लाख २८ हजार ४१ रुपैया५८ पैसारहेको छ । जुन अनुमानित आयको ८२.७७ प्रतिशत हुन आउँछ।सो मध्ये चालु खर्च ७६.०१प्रतिशतर पूँजीगत खर्च ४९.५६प्रतिशत गरी समग्रमा ६७.३९ प्रतिशत प्रगति हासिल भएको छ ।
2. आर्थिक बर्ष २०८१/८२ को संघ सशर्त अनुदान चालु तर्फ रू २५ करोड ६९लाख २५ हजार ५ सयअनुमान गरिएकोमाचालु आ.व. को हाल सम्ममा रु २४ करोड ६९ लाख ४८ हजार ७ सय ८० रुपैया आम्दानी भएको छ । त्यसैगरी संघीय सरकारसशर्त अनुदान पुँजीगत तर्फ रु १ करोड ६८ लाख अनुमान गरिएकोमा रु १ करोड ६१ लाख २८ हजार मात्र आम्दानी भएको छ ।
3. संघीय सरकार समानीकरण अनुदान शिर्षकमा रु ९ करोड ७४ लाख मध्ये रु ८ करोड ७५ लाख ३९ हजार ४० रुपैया आम्दानी भएको छ ।
4. संघीय सरकारबाट आ.ब. २०८१/८२ मा समपुरक अनुदानतर्फ ३ करोड अनुमान गरिएकोमा १ करोड ५२ लाख ३५ हजार आम्दानी भएको छ ।
5. संघीय सरकारबाट राजश्व बाँडफाँडमार्फत ११ करोड ३ लाख अनुमान गरिएकोमा रु.८ करोड ८४ लाख ८ हजार ७ सय ६९ रुपैंया ४३ पैसा आम्दानी प्राप्त भएको छ ।
6. प्रदेश सरकारको समानीकरण अनुदानतर्फ रु. १ करोड १९ लाख ४० हजार अनुमान गरिएकोमा रु.८९ लाख ५५ हजार आम्दानी प्राप्त भएको छ ।
7. प्रदेश सरकारबाट राजश्व बाँडफाँड वापत रु.९९ लाख ८१ हजार अनुमान गरिएकोमा रु.५२ लाख ४७ हजार ९ सय ३१ रुपैया ८० पैसा आम्दानी प्राप्त भएको छ ।
8. त्यसैगरी आ.व. २०८१/८२ को हालसम्ममा प्रदेश सरकारबाट समपुरक अनुदान तर्फ रु ६० लाख मध्ये रु ३० लाख आम्दानी भएको छ भने विशेष अनुदान तर्फ रु ४० लाख मध्ये रु २० लाख मात्र आम्दानी प्राप्त भएको छ ।
9. संघीय सरकार र प्रदेश सरकारबाट हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान र राजश्व बाँडफाँट बाट प्राप्त हुने रकम सबै प्राप्त नहुने र आन्तरिक राजश्व लक्ष्य बमोजिम नहुँदा स्रोतमा चाप पर्न जाने देखिन्छ ।
अब म आर्थिक बर्ष २०८१/८२ को क्षेत्रगत बजेट तथा यथार्थ खर्च विवरण पेश गर्न चाहन्छु।
आर्थिक विकास क्षेत्र:
आर्थिक बिकास क्षेत्र अन्तर्गत कृषि, पर्यटन, सहकारी, जलश्रोत, पशुपन्छी विकास र भुमि व्यवस्थाका क्षेत्रमा आर्थिक बर्ष २०८१/८२ मा रु. ३ करोड ८९ लाख ४३ हजार विनियोजन गरिएकोमा हालसम्म रु. १ करोड ९५ लाख 2१ हजार ७ सय ५८ रुपैया ३० पैसामात्र खर्च भएको छ। जुन विनियोजित रकमको ५०.१३% हुन आउँछ ।
पुर्बाधार विकास क्षेत्रः
पुर्वाधार विकास क्षेत्र अन्तर्गतका उपक्षेत्रहरु. सडक पूर्वाधार, भवन तथा सहरी विकास, उर्जा, बिज्ञान तथा प्रबिधिमा आर्थिक बर्ष २०८१/८२ मा रु. १७ करोड ४५ हजार मात्र विनियोजन गरिएकोमा आ.व. २०८१/८२ को हालसम्ममा रु. ८ करोड ५८ लाख ६८ हजार ४ सय ६ रुपैंया३० पैसा मात्र खर्च भएको छ ।जुन विनियोजित बजेटको ५०.०५ प्रतिशत हुन आउँछ ।
सामाजिक विकास तर्फः
सामाजिक विकास क्षेत्र अन्तर्गतका विषयहरु जस्तै सामाजिक सुरक्षा तथा संरक्षण शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई,लैंगिक समानता तथा सामाजिक समावेशिकरण, भाषा तथा संस्कृति, युवा तथा खेलकुदमा आर्थिक बर्ष २०८१/८२ का लागि रु. ३१ करोड ८९ लाख ७ हजार ५ सय विनियोजन गरिएकोमा आ.व.२०८१/८२ को हालसम्ममा रु. २६ करोड ७५ लाख ८३ हजार ८ सय ४८ रुपैंया ५४ पैसा मात्र खर्च भएको छ ।जुन विनियोजित बजेटको ८३.९१ प्रतिशत हुन आउँछ ।
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रः
आर्थिक वर्ष २०८१/८२ मा सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा रु 2 करोड ११ लाख३० हजार विनियोजन गरिएकोमा आ.व. २०८१/८२को हालसम्ममा रु. ४६ लाख ४ हजार ६ सय ७९रुपैंया मात्र खर्च भएको छ ।
कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र
आर्थिक बर्ष २०८१/८२ मा कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा रु. १० करोड ७५ लाख विनियोजन गरिएकोमा आ.ब २०८१/८२ को हालसम्ममा रु.६ करोड ४८लाख, ५४ हजार ५ सय ३० रुपैंया ४४ पैसाखर्च भएको छ। जुन विनियोजित बजेटको ६०.३३प्रतिशत हुन आउँछ ।
सभाध्यक्षज्यू,
अव म आगामी आर्थिक वर्ष 208२/8३ को बजेटको सोच, लक्ष्य, उद्देश्य, अपेक्षित उपलब्धी र बजेट तथा बजेटका स्रोतहरुको अनुमान पेश गर्न अनुमति चाहान्छु ।
8. विकास प्रकृयालाई द्रुततर तुल्याउन अन्तर सरकार, सहकारी, निजी क्षेत्र, समुदाय र नागरिक समाजसँगको समन्वय, साझेदारी र सहकार्यलाई प्रभावकारी बनाउने।
9. जनमुखी सेवा प्रवाह, आयोजना व्यवस्थापन क्षमता र जवाफदेहिताको अभिवृद्धि गर्दै सुशासनको प्रवर्द्धन गर्ने ।
समग्र आधारहरु.
1. बजेट तर्जुमा गर्दा मूलत: नेपालको संविधान र कानूनहरु, संघीयसरकार तथा प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेट वक्तव्य, विनियोजन विधेयक, आ.व. 208२/8३ को सिद्धान्त र प्राथमिकता, निर्मित विविध कानूनहरु, गाउँपालिकाकानिर्णयहरु तथा दीगो विकास लक्ष्यहरुलाई मुख्य आधार बनाएको छु साथै विभिन्न क्षेत्रका सरोकारवालाबाट प्राप्त हुन आएका महत्त्वपूर्ण राय सुझावलाई समेत बजेट निर्माण गर्दा विशेष ध्यान दिएको छु ।
2. स्थानीय सरकारको आन्तरिक स्रोत, संघीय सरकार र प्रदेश सरकारबाट हस्तान्तरित अनुदान तथा राजश्व बाँडफाँडलाई मूल आधार मानी यो बजेट तथा कार्यक्रम तर्जुमा गरेको छु साथै यस बजेटमा गाउँपालिकाको आफ्नो क्षेत्राधिकारभित्र कर तथा गैरकर राजश्व परिचालन र व्यवस्थापनलाई प्राथमिकतामा राखेको छु ।
3. अनुत्पादक तथा अनावश्यक खर्च घटाउने, पूँजीगत बजेटका प्राथमिकता र चालु खर्चमा मितव्ययीता अपनाउने गरी बजेट प्रस्ताव गरेको छु साथै कार्यक्रमको छनौट, साधन स्रोतको बाँडफाँड र विनियोजनमा देखिने दोहोरोपनलाई न्यूनीकरण गर्न प्रशासनिक तथा प्राविधिक क्षमता, स्रोत तथा विनियोजनका वीचमा सन्तुलन कायम हुने गरी स्रोत व्यवस्थापन गर्ने व्यवस्था मिलाएको छु ।
4. समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण, परिपूरक कानून तर्जुमा, भौतिक पूर्वाधारको निर्माण र व्यवस्थापन, आन्तरिक स्रोतको आधार विस्तार, उत्पादन र उत्पादकत्व अभिबृद्धि, आयोजनाको प्राथमिकीकरण, असल शासन प्रबर्द्धन तथा अन्तर सरकारी सहकारीता, सह-अस्तित्व र समन्वय हाम्रो सरकारका प्रमुख जिम्मेवारी रहेका छन् ।
श्रद्घेय सभाध्यक्ष ज्यू,
अब म, आगामी आर्थिक वर्ष २०8२/८३ कोबजेटतथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु ।
1. आर्थिक वर्ष 208२/8३ को अनुमानित कुल बजेटरु. 6७ करोड ९९ लाख५१ हजाररहेको छ । जसमा संघीय सरकार वित्तिय समानिकरण अनुदान रु. ११ करोड २४ लाख, संघीय सरकार सर्शत अनुदान रु. 2७ करोड ९४ लाख, संघ समपुरक अनुदान तर्फरु. ८१ लाख, संघीय सरकार राजश्व बाँडफाँटरु. १२करोड १९ लाख, संघ रोयल्टी बाँटफाँट बाट रु ४३ लाख रुपैंया मात्र अनुमान गरेको छु।
2. प्रदेश सरकार वित्तिय समानिकरण अनुदान रु. 1 करोड २६ लाख ५९हजार, प्रदेश सरकार विशेष अनुदान रु. ४0 लाख रप्रदेश सरकार समपुरक अनुदान रु. ६0 लाख, प्रदेश सरकार शशर्त अनुदान रु.२ लाखप्रदेश राजश्व बाँडफाँड तर्फ रु. १ करोड १२ लाख ४४ हजार प्राप्त हुने अनुमान गरेको छु ।
3. माछापुच्छ्रे गाउँपालिकाको आन्तरिक राजश्व अनुमान रु २करोड ९५ लाख चालु वर्षको बैँक मौज्दातरु. ५ करोड ६४लाख ३३ हजारअनुमान गरेको छु । यसमा अन्तर सरकारी अख्तियारी बाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता, सडक बोर्डबाट प्राप्त हुने बजेट तथा कार्यक्रम र अन्य निकायबाट थप प्राप्त हुने कार्यक्रमलाई वार्षिक बजेट तथा कार्यक्रममा समावेश गरिएको छैन ।
सामाजिक विकास
शिक्षा, युवा तथा खेलकुद
1. बालविकास शिक्षक, विद्यालय कर्मचारी तथा सामुदायिक सिकाईकेन्द्रका परिचालकहरुको थप पारिश्रमिक सुविधाको लागि रु.१ करोड २ लाख रुपैयाँ विनियोजन गरेको छु ।
2. गाउँपालिकाको शिक्षा शाखा मार्फत करार शिक्षक छनौट र व्यवस्थापनको लागि आवश्यक बजेट छुट्याएको छु।
3. शिक्षकहरुको आवश्यक तालिम सञ्चालन तथा व्यवस्थापनको लागि रकम छुट्याएको छु।
4. मातृभाषा शिक्षक अनुदानलाई निरन्तरता दिएको छु ।
5. विद्यालयको भौतिक पूर्वाधार मर्मत, स्तोरोन्नति तथा घेराबारको लागि रकम विनियोजन गरेको छु ।
6. स्थानीय कला, संस्कृति, साहित्य, धर्म तथा अन्य सामाजिक तथासांस्कृतिक धरोहर, पहिचान र विशिष्टतालाई आधारभूत विद्यालय तहमा नै जानकारी गराउने उद्देश्यले निर्माण गर्न लागिएको स्थानीय पाठ्यपुस्तक छपाइको लागि रु. ६ लाखविनियोजन गरेको छु।
7. विद्यार्थीको सिकाई उपलब्धि तथा शिक्षकको बार्षिक कार्यसम्पादनको आधारमाउत्कृष्ट शिक्षक तथा विद्यालयलाई प्रोत्साहन र सम्मानको लागि आवश्यक बजेट विनियोजन गरेको छु।
8. सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार निर्माण तथा सुधार कार्यक्रम साथै शैक्षिक सुधारका लागि अभिभावक शिक्षाकार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु।
9. शिक्षक सुत्केरी विदामा रहँदा पठनपाठनमा वाधा नहोस् भन्ने उद्देश्यले आवश्यकताका आधारमा सट्टा शिक्षक व्यवस्थापनको लागि बजेट व्यवस्था गरेको छु ।
10. अध्यक्षकप खेलकुद प्रतियोगिता सञ्चालनका लागि रु.१२ लाखरुपैयाँ र राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई निरन्तरता दिँदै रु.८ लाख रुपैयाँ विनियोजन गरेको छु ।
11. विद्यालयका बिधार्थीहरुको लागि गृहकार्य डायरी र मूल्याङकन अभिलेखिकरण पुस्तिका, शैक्षिक क्यालेण्डर, शिक्षक पाठ्योजना डायरीको लागि आवश्यक वजेटविनियोजन गरेको छु ।
12. बालमैत्री कक्षाकोठा व्यवस्थापनको लागि आवश्यक वजेट विनियोजन गरेको छु ।
13. TEVT, Book Free Friday,सीप परीक्षणकार्यक्रमको लागि आवश्यक वजेट विनियोजन गरेको छु ।
उल्लेखित योजना र अन्य शिक्षा,युवा तथा खेलकुदसँग सम्बन्धित योजना तथा कार्यक्रम तर्फ जम्मा रु.2 करोड ३४लाख ७० हजार बजेट विनियोजन गरेको छु।
स्वास्थ्य, आरोग्यता
14. बाह्रै महिना औषधि तथा औषधिजन्य सामाग्री खरिद गरी वितरण गर्नका लागि रु. १० लाख विनियोजन गरेको छु ।
15. स्वास्थ्य संस्थाहरुलाई औजार उपकरणका लागि रु.४ लाख वजेट विनियोजन गरेको छु ।
16. लाहाचोक स्वास्थ्य चौकी (ग्रामिण स्वास्थ्य प्रवर्द्धन कार्यक्रम अन्तर्गत) एक्सरे मेशिन खरिदका लागि रु.८ लाख वजेट विनियोजन गरेको छु ।
17. ग्रामिण स्वास्थ्य प्रवर्द्धन केन्द्रमा वीमा कार्यक्रम संचालन गर्नका लागि रु.४ लाख वजेट विनियोजन गरेको छु ।
18. विद्यालय नर्स कार्यक्रमको लागि आवश्यक रकम विनियोजन गरेको छु ।
19. स्वास्थ्य संस्थालाई सूचना तथा प्रविधिमैत्री बनाउन आवश्यक रकम छुट्याएको छु ।
20. सबै वडाहरुमा मुख स्वास्थ्य कार्यक्रम सञ्चालनको लागि रकम विनियोजन गरेको छु।
21. गाउँपालिकाको एक वडा एक स्वास्थ्य संस्थाको अवधारणा अनुसार स्थापित सवै वडाका स्वास्थ्य संस्थाहरुबाट नेपाल सरकारले तोकेका निःशुल्क औषधी निरन्तर उपलब्धगराउन आवश्यक रकमको व्यवस्था गरेको छु ।
22. महिलाको पाठेघरको मुखको क्यानसरको रोग निदान गर्नPCR-DNAबिधिबाट परीक्षण गरिएको र पोजेटिभ देखिएका महिलाहरुलाई उपचार गर्न रु. १ लाख ५० हजारबजेट विनियोजन गरेको छु ।
23. सवै वडामा स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरी गरिव, विपन्न, हिसांमा परेका महिला, पुरुष एवं परिवार तथा दलित समुदायका विपन्न परिवारलाई नि:शुल्क स्वास्थ्य बिमाको ब्यवस्थाका लागि आवश्यक बजेट व्यवस्थागरेको छु ।
24. महिला स्वास्थ्य स्वंयम्सेविकाहरूको प्रोत्साहनका लागि जिवन वीमा कार्यक्रम गर्न रु.६ लाख ३६ हजार बजेटको विनियोजन गरेको छु ।
25. उपाध्यक्षसँग गर्भवती सुत्केरी पोषण कार्यक्रम, गर्भवती भिडियो एक्सरे तथा गाउँपालिकाका सबै प्रसुति गृहहरु (Birthing Center)मा कर्मचारी व्यवस्थापन, सुत्केरी चुलो व्यवस्थापनको लागि रु. ५ लाख बजेट विनियोजन गरेको छु ।
26. भेडावारी प्राथमिक स्वास्थ्य केन्द्रमा एकीकृत आयुर्वेद तथा स्वस्थ जीवनशैली कार्यक्रमको लागि रु.४ लाख रुपैयाँबजेट विनियोजन गरेको छु।
लैगिक तथा सामाजिक समावेशीकरण र लक्षित बर्ग
27. लक्षित वर्गसँग सम्बन्धित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरु मनाउन आवश्यक रकमको व्यवस्था गरेको छु ।
28. छुवाछुत तथा जातिय विभेदको अन्त्य, मानव अधिकारको प्रवर्द्धन तथा मेला उत्सव कार्यक्रम सञ्चालनको लागि रकम विनियोजन गरेको छु ।
29. गाउँपालिकामा स्थायी बसोबास भएका नागरिकबाट जन्मेका नवजात बालिकाको सुनौलो भविष्यको लागि उनीहरुको नाममा बैंक खाता खोल्ने कार्यक्रमका लागि रु. ५लाख रुपैयाँ बजेट विनियोजन गरेको छु ।
30. महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि सीप विकास तालिमहरु संचालन गर्नको लागिउपाध्यक्षसँग महिला तथा बालबालिका कार्यक्रमका लागि रु.१० लाख रुपैयाँ बजेट विनियोजन गरेको छु ।
31. आर्थिक अभावका कारण उच्च शिक्षाबाट बञ्चितिमा परेका छात्र छात्राका लागि सामुदायिक तथा सरकारी शैक्षिक संस्थाहरूमा अध्ययन गर्न उच्च शिक्षा शैक्षिक छात्रवृत्ति कार्यक्रमका लागि रु.३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छु ।
32. अपांगता भएका व्यक्ति, दलित, जनजाति, युवाहरुलाई स्वरोजगार बनाउनको लागि माग र आवश्यकतामा आधारित विभिन्न आय आर्जनमूलक तालिम तथा सहयोग कार्यक्रम सञ्चालनका लागि रु.१३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छु ।
33. महिलाहरुको सशक्तिकरण,क्षमता विकास,नेतृत्व विकास,उद्यम सहायता, स्वरोजगारी तथा लैंगिक हिंसा न्युनिकरण जस्ता विशेष कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
34. अपाङ्ग, दलित तथा जनजातीहरुको सशक्तिकरणका लागि माग र आवश्यकताको आधारमा विभिन्न सीपमूलक कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
35. समाजमा ब्याप्त अन्धविश्वास, कुरिती,लाल्छना, बोक्सी प्रथा, छुवाछुत प्रथा तथा बालहिंसा, बालविबाह, जस्ता विकृति हटाउन विशेष सचेतनामूलक कार्यक्रम संचालन गर्नका लागिआवश्यक बजेट विनियोजन गरेको छु।
36. जेष्ठ नागरिक दिवा मनोरञ्जन घरहरु स्थापना सहायता सामग्री वितरण तथा धार्मिक अवलोकनका लागिरु.७ लाख रुपैयाँ विनियोजन गरेको छु।
37. अभिभाबक विहिन वालावालिका र जोखिममा रहेका बालबालिकाको उद्धार तथा संरक्षण, बाल अधिकार समिति, बाल कल्व, बाल संजालका पदाधिकारीको क्षमता अभिबृद्धि, लक्षित वर्गको सचेतनाको लागि आबश्यक बजेट विनियोजन गरेको छु ।
38. माछापुच्छ्रे गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्नका लागि रु.४५ लाख २० हजार वजेट विनियोजन गरेको छु ।
पूर्वाधार विकास
सडक तथा भवन
39. सडक मर्मत संभारको लागि रु.३० लाख वजेट विनियोजन गरेको छु ।
40. गाउँपालिका प्रवेशद्धार निर्माणको लागि रु.१५ लाख वजेट विनियोजन गरेको छु ।
41. वडा नं. १ को स्वास्थ्य सेवा केन्द्र भवन सम्पन्न गर्न रु.३० लाख वजेट विनियोजन गरेको छु ।
42. वडा नं. ९ को स्वास्थ्य सेवा केन्द्र भवन सम्पन्न कार्यका लागि रु.२० लाख रकम विनियोजन गरेको छु ।
43. गाउँपालिकाको गौरवको योजनाको लागि डुडेखोला हेम्जाकोट र ठुलढुङ्गा ओखरी सडक स्तरोन्नतीको लागि रु.३० लाख वजेट विनियोजन गरेको छु ।
सिंचाई, खानेपानी तथा सरसफाई
44. सिंचाई कुलो मर्मतको लागि रु.२० लाख विनियोजन गरेको छु ।
आर्थिक विकास
कृषि सेवा
45. मौरी प्रवर्द्धन कार्यक्रमको लागि रु.१० लाख बजेट विनियोजन गरेको छु ।
46. गडयौले मल उत्पादनमा प्रोत्साहन कार्यक्रमको लागि रु. ५ लाखबजेट विनियोजन गरेको छु ।
47. कृषि संकलन केन्द्र स्थापनाका लागि रु.४ लाख बजेट विनियोजन गरेको छु ।
48. कृषि उत्पादन ढुवानीमा प्रोत्साहन अनुदान कार्यक्रमको लागि रु.५ लाख बजेट विनियोजन गरेको छु ।
49. जलवायुमैत्री कृषि कार्यक्रमको लागि आवश्यक वजेटको व्यवस्था गरेको छु ।
50. माटो परीक्षण प्रयोगशाला स्थापना, बाली उपचार शिविर, मसला बाली प्रवर्द्धन, कृषि उपकरण तथा औजार खरिद र कृषि बिमा प्रोत्साहन कार्यक्रमको लागि आवश्यक रकम छुट्याएको छु ।
पशु विकास
51. पशुदाना उद्योग स्थापनाका लागि रु. १ करोड विनियोजन गरेको छु ।
52. हलगोरु पाल्नेकृषकहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम अन्तर्गत रु १० लाख विनियोजन गरेको छु ।
53. आन्तरिक तथा बाह्य परजीवि नियन्त्रण र पशु उपचारको लागि औषधि खरिद गर्न रु.1२ लाख छुट्याएको छु ।
54. पशुमा बाँझोपन निवारण शिविर सञ्चालन कार्यक्रमको लागि रु.२ लाख विनियोजन गरेको छु ।
55. मौरी कार्यक्रमको निरन्तरता रु.१० लाख विनियोजन गरेको छु ।
56. कृषि उत्पादन ढुवानीमा प्रोत्साहन अनुदान कार्यक्रमको लागि रु.५ लाख विनियोजन गरेको छु ।
57. कृतिम गर्भाधानको लागि सामाग्री खरिद कार्यक्रमको लागि रु. २लाख ५० हजारबजेट विनियोजन गरेको छु ।
58. तरकारी वाली उत्पादनमा न्यूनतम समर्थन मूल्य अनुदान कार्यक्रम रु.५ लाख विनियोजन गरेको छु ।
59. गड्यौलो मल उत्पादनमा प्रोत्साहन कार्यक्रम रु.५ लाख विनियोजन गरेको छु ।
60. कृषकसँग अध्यक्ष कार्यक्रमको लागि रु.१० लाख विनियोजन गरेको छु ।
पर्यटन तथा संस्कृति
61. शिखर संकटमा हिमाल, प्रदुषण, हिमनदी, जलवायु, दिगो पर्यटट्टन मर्दीसेती र हाम्रो भविष्य संवाद कार्यक्रम, मर्दीखोला पोखरा र माछापुच्छ्रे संवादका लागि आवश्यक वजेट विनियोजन गरेको छु ।
62. पर्यटन आपत्कालिन खोज तथा उद्धार जनशक्ति उत्पादनको लागि रु ३ लाख वजेट विनियोजन गरेको छु ।
63. मिर्सा रुम्झा-करेवा-देउराली पर्यटन पदमार्गको लागि आवश्यक वजेट विनियोजन गरेको छु ।
सहकारी
64. सहकारी संस्थाको अनुगमन,कोपोमिस, अन्तक्रिया तथा समिक्षाकार्यक्रमहरु सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
उद्योग, श्रम तथा रोजगार
65. लघु उद्यम विकास कार्यक्रम तर्फ नयाँ लघु उद्यमी सृजना गर्नरु.८लाख रुपैयाँ विनियोजन गरेको छु।
सुशासन
66. गाउँपालिकाको समग्र वस्तुस्थिति झल्किने गरी भिलेज प्रोफाइलका लागि तथ्याङ्क संकलन तथा व्यवस्थापनकोलागिरु. १० लाख बजेट विनियोजन गरेको छु ।
67. न्यायिक समिति जिल्ला सम्मेलन, कानूनी साक्षरता तालिम, टोलटोलमा न्यायिक समिति, नि:शुल्क कानुनी सेवा, विद्यार्थीसँग न्यायिक समिति, मेलमिलाप पुनर्ताजगी तथा स्तरोन्नती अनुगमन तथा व्यवस्थापन, कानूनी सचेतना,प्रदेश सरकारसँगको साझेदारीमा कानूनी सहजकर्ता व्यवस्थापन तथा कानूनी परामर्श लगायत न्यायिक सुशासनको लागि आवश्यक वजेटविनियोजन गरेको छु ।
68. सामाजिक सुरक्षा भत्ता वितरण सहजीकरण, घुम्ती शिविर सञ्चालन तथा बजार अनुगमनको लागि आवश्यक बजेटविनियोजन गरेको छु ।
69. गाउँपालिकालाई सूचना प्रविधि मैत्री बनाई सेवा प्रवाह सरल तथा पारदर्शी बनाउन अनलाईन प्रणालीमार्फत कार्य सम्पादन गर्न, सफ्टवेयर इन्टरनेट जडान तथा नविकरण गर्न, वायोमेट्रिक डिभाइस व्यवस्थापन गर्न, सिसि क्यामेरा मर्मत तथा विस्तार गर्न, व्यवस्थापन, डिजिटल भिलेज प्रोफाइल निर्माणलगायतको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
70. सुशासन प्रवर्द्धनको लागि LISA/FRAसँग सम्बन्धित कार्यक्रम,सार्वजनिक सुनुवाई, सामाजिक तथा सार्वजनिक परीक्षण, लगायतमा आवश्यक बजेट विनियोजन गरेको छु।
गैर सरकारी संस्था
71. गाउँपालिकाभित्र क्रियाशील गैर सरकारी संस्थाहरूसँगको लगानी साझेदारीमा आधारित कार्यक्रमका लागिरु. ५ लाख विनियोजन गरेको छु।
वन, वातावरण तथा विपद् व्यवस्थापन
72. विपद व्यवस्थापन कोषको लागिरु. ६० लाखवजेट विनियोजन गरेको छु ।
73. विपद व्यवस्थापन तालिम तथा सामाग्री खरिद तथा जडानकोलागि रु. ३ लाख बजेट विनियोजन गरेको छु ।
74. नदि/खोलानालामा तटबन्धनको लागि रु.१५ लाख रकम छुट्याएको छु ।
75. फोहोरमैला व्यवस्थापनको लागि रु.१५ लाख विनियोजन गरेको छु ।
76. नव निर्मित प्रशासकीय भवनमा वृक्षारोपणको लागि रु.२ लाख वजेट विनियोजन गरेको छु ।
श्रद्धेय सभाध्यक्ष ज्यू,
अब म संघीय सरकार र गण्डकी प्रदेश सरकारको सशर्तर विशेष अनुदानबाट सञ्चालन हुनेगरी बाँडफाँड भएको योजना/कार्यक्रमहरुको खर्च अनुमान प्रस्तुत गर्न चाहन्छु।
संघीय सरकार सशर्त अनुदान
77. शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, कृषि तथा पशपंक्षी, राष्ट्रिय रोजगार कार्यक्रम, पर्यटन प्रवर्द्धन, पूर्वाधार निर्माण लगायतको लागि संघीय सरकारबाट प्राप्त रु.२७ करोड ९४ लाख बजेट विनियोजन गरेको छु ।
समपुरक अनुदान
78. संघीय सरकार समपूरक अनुदान तर्फ कोलचोक–रातोपानी पुल–भलावोट–पानपाते चौतारा–गा.पा केन्द्र लाहाचोक–जोगिचौर–पातिखोला–भिडाबारी–गैह्रागाउँ–धिताल–धम्पुस देउराली सडकको लागिरु ८१ लाखतथा प्रदेश सरकार समपूरक अनुदान तर्फ डाँडागाउँ मोहोरा र रिभान ग्रामिण सडक स्तरोन्नती योजनाको लागिएकमुष्ट रु. ६० लाख रुपैयाँ विनियोजन गरेको छु।
संघीय विशेष अनुदान
79. संघीय विशेष अनुदान तर्फ सार्दीखोला खानेपानी योजनाको लागि रु.५३ लाख विनियोजन गरेको छु ।
प्रदेश बिशेष अनुदान
80. प्रदेश सरकार बिशेष अनुदान तर्फ खोरामुख र इदीखोला खानेपानी योजनाको लागि रु. ४० लाख विनियोजन गरेको छु ।
विषयगत क्षेत्रगत (विषयगत तथा वडागत बजेट बाँडफाँट)
क्र सं
क्षेत्र
रकम
१
पूर्वाधार विकास
११ करोड ५० लाख ५० हजार
२
सामाजिक विकास
४ करोड ९४ लाख ३३ हजार
३
आर्थिक विकास
२ करोड ४४ लाख ८ हजार
४
वन वातावरण तथा विपद् व्यवस्थापन
९५ लाख
५
संस्थागत विकास सेवा प्रवाह तथा सुशासन
१ करोड ६४ लाख ५० हजार
6
गाउँपालिका कार्यालय तथा मातहत कार्यालय संचालन तथा व्यवस्थापन
१० करोड ८० लाख१० हजार
७
अन्य फिर्ता गर्नुपर्ने रकमहरु
२ करोड ३५ लाख
8
वडागत बजेट
५ करोड ४० लाख
9
सशर्त अनुदान
2७ करोड ९६ लाख
जम्मा
६७ करोड ९९ लाख ५१ हजार
सभाध्यक्ष ज्यू,
अब मउल्लेखित क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिबाट कायम हुन आएको स्रोत अनुमान र बजेट विनियोजन प्रस्तुत गर्न चाहन्छु।
क ) आय अनुमान
क्र.सं.
स्रोत /शिर्षकहरु
रकम रु.
१
आन्तरिक राजश्व
२ करोड १४ लाख
२
संघ राजश्व वाडफाँड
१२ करोड १९ लाख
३
प्रदेश राजश्व बाँडफाँड
१ करोड १२ लाख ४४ हजार
४
दहत्तर वहत्तर
२ करोड
५
घरजग्गा रजिष्ट्रेशन
१ लाख ६६ हजार
५
रोयल्टी
४३ लाख
७
संघ समानिकरण
११ करोड २४ लाख
८
प्रदेश समानिकरण
१ करोड २६ लाख ५९ हजार
९
संघ समपुरक
८१ लाख
१०
प्रदेश समपुरक
६० लाख
११
संघ विशेष अनुदान
५३ लाख
१२
प्रदेश विशेष अनुदान
४० लाख
१३
संघ शशर्त अनुदान
२७ करोड ९४ लाख
१४
प्रदेश शशर्त अनुदान१
२ लाख
१५
नगद मौज्याद
५ करोड ६४ लाख ४८ हजार
जम्मा
६७ करोड ९९ लाख ५१ हजार
ख) व्यय अनुमान :
आगामी आ.व. २०8२/८३ का लागि कूल रु.६७ करोड ९९ लाख ५१ हजार रुपैयाको व्यय अनुमान गरेको छु ।जसमध्ये कार्यालय संचालन तथा व्यवस्थापन खर्च १० करोड ८० लाख १० हजार र राजश्व तथा अन्य फिर्ता तथा भ्याट दाखिला गर्नुपर्ने रकम रु.२ करोड ३५ लाखरुपैयाँ रहेको छ। शसर्त अनुदान बजेट (शिक्षा सेवा,स्वास्थ्य सेवा, कृषि शाखा, पशु सेवा, प्रधानमन्त्री रोजगार, गरिवसँग विश्वेश्वर, लघुउद्यम, तर्फका कर्मचारीहरु तथा शिक्षकहरुको पारिश्रमिक खर्च र विकासात्मक क्रियाकलापहरु) तर्फ रु. २७ करोड ९४ लाखविनियोजन गरेको छु ।
➢ यो बजेटमा संघीय सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता लगायतका अन्य अन्तर सरकारी अख्तियारीमार्फत प्राप्त भई खर्च हुने भएकोले सो बजेट समावेश गरिएको छैन।
➢ गाउँपालिका अन्तर्गतको निजी जग्गा उत्खनन वापतको उठाउन बाँकी राजश्व प्रतिवेदनबाट एकीन गरी उठाउन थप पहल गरिने छ । उल्लेख्य राजश्व प्राप्त भएमा पुरक वजेट मार्फत नयाँ योजनाहरु समावेश गरी वजेट संशोधन गरिनेछ ।
सभाध्यक्षज्यू,
करका दरहरुसमेत उल्लेख भएको आर्थिक विधेयक, 208२ तथा खर्चलाई व्यवस्थित गर्न बनेको विनियोजन विधेयक, 208२ समेत पेश गरेको छु ।
आदरणीय सभाध्यज्यूएवं सभाका सदस्यज्यूहरू,
आर्थिक वर्ष 208२/8३ को लागीआय व्यय अनुमान प्रस्तुत गरिरहँदा संघीय तथा प्रदेश सरकारद्धारा प्राप्त मार्गदर्शन तथा ऐन नियमहरुको पूर्णरुपमा पालना गर्दै सिमित स्रोत साधनका वावजुद आर्थिक वर्ष 208२/8३ का लागि लिइएका नीति तथा कार्यक्रमहरुसँग तादाम्यता मिलाउने प्रयास गरेको छु ।यद्यपिस्थानीय सरकार प्रति नागरिकमा रहेका असिमित चाहाना र आकाँक्षा हुनु स्वभाविक रहेतापनि बजेटमार्फत सबै आवश्यकता र चाहानालाई सम्बोधन गर्न पक्कै पनि सम्भव हुँदैन ।
प्रस्तावित बजेट तर्जुमा गर्दासंघीय सरकारबाट प्राप्त बजेट, प्रदेश सरकारबाट प्राप्त बजेट, गाउँपालिकाको आन्तरिक आयलाई स्रोत मानी गाउँपालिकाका प्राथमिकताका क्षेत्रहरु,नागरिकबाट आवश्यक ठानिएका योजनाहरु, नागरिक समाज, गैर सरकारी संस्थाहरु लगायत सम्पुर्ण महानुभावहरु सबैको अमुल्य सुझावलाई उपलव्ध श्रोत साधनको सिमा भित्र रही समेट्ने प्रयास गरेको छु।
गाउँपालिकाको स्रोत र क्षमता अनुसार विभिन्न समिति, उपसमितिहरु र गाँउ कार्यपालिकामा व्यापक छलफल गरी बजेटलाई सन्तुलित र दिगो बनाउने प्रयास गरेको छु । गाउँपालिकाको स्रोत साधनले समेट्न नसकेका ठूला योजनाहरु प्रदेश सरकार र केन्द्रीय सरकारको सहकार्यमा संचालन गर्न स्रोतको व्यवस्था गरेको छु । थप योजनाहरु सञ्चालनको लागि प्रदेश सरकार र संघीय सरकारमा पहल गरिने व्यहोरा समेत अनुरोध गर्न चाहन्छु ।
अन्तमा, प्रस्तुत बजेट निर्माण कार्यमा आ–आफ्नो तर्फबाट सहयोग पुर्याउनुहुने सम्पूर्ण जनप्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारीहरु,बुद्धिजिबी, राजनैतिक दल, सरकारी तथागैर सरकारी संघ संस्थाहरु, उद्योगी/व्यवसायीहरु, नागरिक समाज, पत्रकार,उपभोक्ता समितिहरु लगायत सरोकारवाला सम्पूर्णमाहार्दिक आभार व्यक्त गर्न चाहन्छु। बजेट कार्यान्वयनमा सरोकारवाला सबैको साथ सहयोग रहने अपेक्षा गरेको छु। प्रस्तुत बजेट र अनुसूचीमा संलग्न आयोजना तथा कार्यक्रमहरुलाई यस सम्मानित सभाबाट गहन छलफलका साथ रचनात्मक सुझाबको अपेक्षा सहित हार्दिक कृतज्ञता प्रकट गर्दछु