
पोखरा । ढिकूपोखरी समाज पोखराले एक दिवसीय सकारात्मक सोच एवं क्षमता बिकाश प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलवार पोखरा-२, बिन्धवासिनीस्थित अनन्त सामुदायिक भवनमा सम्पन्न कार्यक्रम अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोग र समन्वयमा सम्पन्न भएको समाजका सचिव गणेश प्रसाद अधिकारीले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष बिष्णु बहादुर केसीले सकारात्मक सोचले ब्यक्तीको जिबनमा सकारात्मक ऊर्जा पैदा गर्ने बताऊदै सकारात्मक सोचले नै व्यक्तिलाई सफल बनाउने बताए । उनले सकारात्मक सोचको कमि हुदा आजको समाज बिखण्डन, बिग्रह तथा कुलतको बाटोमा गएको छ, सकारात्मक सोच जिवनको लागी अपरिहार्य रहेकोमा जोड दिएका थिए ।
समाजका अध्यक्ष लक्ष्मी अधिकारीले सकारात्मक सोचले आफ्नो क्षमता बिकास हुने र क्षमता बिकास भए आत्मनिर्भर हुन सकिने भन्दै सफल हुनको लागी सकारात्मक सोच निकै महत्वपूर्ण रहेको कुरा बताईन् । उनले हरेक घर परिवारमा महिलाले क्षमता बिकास गर्दै आत्मनिर्भर बन्ने हो भने पारीवारीक तथा सामाजिक जिवन सुन्दर हुने कूरामा जोड दिईन् ।
कार्यक्रममा सहजकर्ताको रुपमा बरिष्ठ पत्रकार दीपेन्द्र श्रेष्ठले सोच जस्तो छ दृष्टि त्यस्तै हुने भन्दै संसार सृष्टिमा नभई दृष्टिमा भर पर्ने बताए। साथै बस्तु जस्तो छ त्यस्तो देखीदैन हामिले जस्तो सोच्छौ त्यस्तो देखिन्छ भन्दै जिवनमा जहिले पनी सकारात्मक सोच राख्नुपर्ने उनको भनाई थियो ।
साबिक ढिकुर पोखरी घर भई पोखरा बस्दै आएका दिदिबहिनीलाई लक्षित गरी संचालन गरिएको कार्यक्रममा करिव १०० जनाको उपस्थिति रहेको सचिव अधिकारीले जानकारी दिए ।
कार्यक्रममा अन्नपूर्ण गाऊपालिकाका उपाध्यक्ष चन्द्रा देबकोटा अधिकारी, ढिकुर पोखरी समाज पोखराका संस्थापक अध्यक्ष रामचन्द्र पौडेल, पूर्व अध्यक्ष बाबुराम भण्डारी, निवर्तमान अध्यक्ष सोमनाथ पौडेल, अन्नपूर्ण बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष इन्द्र प्रसाद पौडेल, ढिकुर समाज पोखराका अक्षयकोष संरक्षक कुल बहादुर गुरुङ कुलु, ढिकूर पोखरी समाज पोखराका सल्लाहकार मनपती अधिकारी लगायतले बोलेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष लोकनाथ भण्डारीले र संचालन सचिव गणेश अधिकारीले गरेका थिए ।









