
भरतपूर, चितवन । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको सल्लाहकार परिषदको बैठक चितवनमा सम्पन्न भएको छ ।

शुक्रवार चितवन भरतपूर–१०, स्थित होटल सिराईचुलीमा सम्पन्न बैठकमा लायन बर्ष २०२५/२६ का डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेद्वारा मनोनित डिष्ट्रिक्टका सिनियर लायन्स लिडरहरूको उपस्थिति रहेको थियो ।

डिष्ट्रिक्टका प्रमुख सल्लाहकार बिष्णुप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकमा सल्लाहकार परिषदका सदस्यले आफ्नो राय, सल्लाह तथा सुझाव पेस गरेका थिए । आफ्नो राय, सल्लाह तथा सुझाव पेस गर्नु हुनेमा विनय कुमार अग्रवाल, पूर्ण कार्की, तारानाथ ढुङगाना, कमला गुरूङ, संगीता शर्मा, विष्णु श्रेष्ठ, केदार न्यौपाने, शिवराज गौतम, शशिभुमी श्रेष्ठ, नारायण सुवेदी, बदन कुमार भण्डारी, नग़ेन्द्रराज बराल, सविता बराललगाएत रहेका थिए ।
सहभागीले उठाएका राय, सल्लाह तथा सुझावका बारेमा डिष्ट्रिक्ट गभर्नर पाण्डेले जवाफ दिएकी थिईन् ।

लायन्स अन्तर्राष्ट्रिय डाईरेक्टर (इन्डोर्सी) राजन लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न परिषद बैठकमा डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, निवर्तमान डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना, द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर शैलेन्द्र मोहन भट्टराई, पूर्व डिष्ट्रिक्ट गभर्नरद्वय राम बहादुर बसेल र इन्दु लम्साल, डिष्ट्रिक्ट गभर्नर खरेलद्वारा मनोनित क्याविनेट सेक्रेटरी राम बहादुर श्रेष्ठ, ट्रेजरर महेन्द्र कुमार राठी, डिष्ट्रिक्टका सिनियर लिड़रसहित ८० जनाको उपस्थिति रहेको प्रमुख सल्लाहकार भण्डारीले बताए ।

कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर पाण्डेले आफ्नो बार्षिक कार्यक्रम, डिष्ट्रिक्ट र अन्तर्राष्ट्रियका महत्त्वपूर्ण भावी योजना साथै आगामी बर्ष डिष्ट्रिक्टमा लागू हुने नीति नियम तथा पालना गर्नुपर्ने नयाँ निर्देशनबारे जानकारी गराउनु भएको भण्डारीले बताए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालले डिष्ट्रिक्ट ३२५ आई नेपाल उत्कृष्ट बनाउन तपाई तमाम लायन्स लिडर पुर्रायाउनु भएको योगदानले नै प्रतिफलको उपज रहेको बताईन् । डिष्ट्रिक्ट संचालनमा स-साना समस्या आउँनु स्वाभाविक हो । त्यसलाई नयूनिकरण गर्न कमी कमजोरी सुधार्न एडभाईजरी कमिटी मिटिंगको आयोजना गरिने बताईन् ।
त्यस्तै पूर्व डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेलले तत्कालीन अवस्थामा डिष्ट्रिक्ट बाईफर्गेसन पछि बनेको डिष्ट्रिक्टले तय गरेका बिधि बिधानलाई पालन गर्दै आएको स्मरण गरेका थिए । एडभाईजरी कमिटीबाट आएका सुझाव मनन योग्य रहेका र त्यसलाई समयानुकुल परिमार्जन गर्दै लैजानु पर्नेमा जोड दिएका थिए ।
निवर्तमान डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले एडभाईजरी मिटिंग राम्रो कार्यको मोडल बनेको बताए । उनले एडभाईजरी मिटिंग समीक्षात्मक मिटिंग भएको प्रतिक्रिया दिदैं डिष्ट्रिक्ट गभर्नरले प्रदान गरेका जिम्मेवारी उत्कृष्ट तवरले सम्पादन गर्न थप प्रेरित गर्नु रहेको भनाई राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रहेका लायन्स अन्तर्राष्ट्रिय डाईरेक्टर (इन्डोर्सी) राजन लम्सालले क्लब संचालनका बिधि बिधान बारे प्रष्ट पारेका थिए । बिगतका कमी कमजोरी औल्याएर आगामी दिनमा सुधार गर्दै जानको लागि सल्लाहकार परिषदको मिटिंग हुने गरेको बताएका थिए ।
लम्सालले डिष्ट्रिक्ट आई ले गरेका कार्य अन्य डिष्ट्रिकटले अनुशरण गर्ने गरेको बताउदै लायन्स अन्तराष्ट्रियको उत्कृष्ट डिष्ट्रिक्ट नतिजा निकाल्ने डिष्ट्रिक्टको रूपमा क़ायम रहिरहन सुझाव दिएका थिए ।









